अमना सिसौली सामुदायिक वन उपभोक्ता समूह, बेलबारीको बार्षिक साधारणसभा सम्पन्न भएको छ ।
मोरङको बेलबारी नगरपालिका १ मा अवस्थित वन समुहको नवनिर्मित भवनमा बुधबार विभिन्न कार्यक्रमसहित साधारणसभा भएको हो । बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाको प्रमुख आतिथ्यता र सबडिभिजन वन कार्यालय बेलबारीका प्रमुख सत्यनारायण झाको विशेष आतिथ्यतामा साधारण सभा भएको थियो ।
साधारण सभामा सबडिभिजन वन कार्यालय बेलबारीका रेन्जर कुमार यादव।, बेलबारी नगरपालिका वडा नम्बर ३ का कार्यवाहक अध्यक्ष चन्द्रबहादुर राई, सामुदायिक वन उपभोक्ता महासंघ बेलबारीका अध्यक्ष लीला आचार्य, देवीथान सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष मोहन पौडेल, बेतना सिमसारकी कोषाध्यक्ष बिन्दुकला गुरुङ, बेलबारी ३ का वडा सदस्य भोगेन्द्र राई, बेलबारी वडा नं १ कि वडा सदस्य सन्चमाया लिम्बु, बेलबारी ४ का वडा सदस्य दिनेश चौधरी लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि हरूको आतिथ्यता थियो ।
सामुदायिक वन अन्तर्गत विभिन्न परिषद् सदस्य तथा उपभोक्ताहरूको सहभागिता रहेको साधारण सभामा सामुदायिक वन उपभोक्ता महासंघ बेलबारीका अध्यक्ष तथा अमला सिसौली सामुदायिक वनका पूर्व अध्यक्ष लीला आचार्य , बेलबारी ३ का वडा सदस्य भोगेन्द्र राई, वेतना सिमसारकीको सदस्य बिन्दुकला गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। साधारण सभामा उपाध्यक्ष रामहरि कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए। साधारण सभामा अमना सिसौली सामुदायिक वनका अध्यक्ष भोजराज बस्नेतले अध्यक्षको प्रतिवेदन, सचिव शर्मिला मगरले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष बिमला राईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सामुदायिक वनका अध्यक्ष भोजराज बस्नेतले प्रस्तुत गरेको प्रतिवेदनमा एक्कासी लाख रुपैयाँको लागत इस्टिमेटमा अघिल्लो वर्षदेखि निर्माण भइरहेको भवन अन्तिम चरणमा पुगेको, सिसौली पर्यटन क्षेत्र विकासका लागि बगैँचा निर्माण, टनेल निर्माण, पैदल मार्ग निर्माण लगायत विभिन्न काम गरिनुका साथै डिपिआर निर्माण गरिएको र विभिन्न सामाजिक काम गर्नुभएको लगायतका कारण आम्दानीभन्दा खर्च बढी भएको उल्लेख गरिएको छ। प्रतिवेदन अनुसार सामुदायिक वनले आर्थिक वर्ष २०८२ ८३ को अवधिमा ९१ लाख ४३ हजार ९३६ र १ करोड २३ लाख १० हजार ४७१ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
सिसौली पर्यटन क्षेत्र विकासका लागि संघीय सरकारको पर्यटन मन्त्रालयबाट ५ करोड रुपैयाँ बजेट विनियोजन भएको र सो बजेटबाट विभिन्न संरचना तथा स्थल निर्माणका लागि टेन्डर प्रक्रिया अगाडि बढिसकेको वनका अध्यक्ष भोजराज बस्नेतले जानकारी दिए ।
त्यसैगरी प्रतिवेदन प्रस्तुत गर्दै वनकी कोषाध्यक्ष बिमला राईले वनको कुल आम्दानीमध्ये आन्तरिकतर्फ ६० लाख १६ हजार ९३६ रुपैयाँ आम्दानी भएको, बेलबारी नगरपालिकाबाट १७ लाख ५० हजार रुपैयाँ र डिभिजन वन कार्यालय र चुरे उत्थानशील बाट १३ लाख ७७ हजार प्राप्त भएको जानकारी दिइन वनले आर्थिक वर्ष ८३८४ को अवधिमा सदस्यता विस्तार, घाटगद्दी निर्माण, सांस्कृतिक तथा मौलिक फुड फेस्टिवल कार्यक्रम आयोजना, अवलोकन भ्रमण लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य लिएको छ ।
यस सामुदायिक वनले आर्थिक वर्ष २०७३८४ को अवधिमा रेडियो वेतनालाई रु. लाख, विद्यालय सहयोग २ लाख, महिलाहरूका विभिन्न संघसंस्थालाई २ लाख, विद्यालय स्तरीय वन तथा वातावरण अभिमुखीकरण कार्यक्रमका लागि ४ लाख, फुटबल क्लबहरूका लागि २ लाख ५० हजार लगायत सिसौली पर्यटकीय क्षेत्रमा बत्ती जडा, घाटगति जाने बाटो निर्माण, अवलोकन भ्रमण लगायतका लागि पनि बजेट छुट्याएको छ। त्यसैगरी वनको नवनिर्मित भवन का लागि फर्निचर तथा स्टेसनरी खरिद मा पनि बजेट विनियोजन गरेको छ। वनले विपन्न विद्यार्थीहरूलाई छात्रवृत्तिका लागि ५ लाख, विपन्न बिरामीहरू को उपचारका लागि २ लाख, वन्यजन्तु रात कोषका लागि ५ लाख, आगलागि पीडितको सहयोगका लागि २ लाख, एक करोड विपन्न नागरिकहरूका लागि पशु चौपाया वितरणका लागि १ लाख विपन्नको घर निर्माणका लागि २ लाख ३५ हजार र इन्डक्सन चुलो वितरणका लागि ३ लाख विनियोजन गरेको छ।
