Blog

  • पाराङ्हाबाट सात बर्षमा ७ सयभन्दा बढीले कोरियन भाषा परिक्षा पास गरिसकेका छन्

    पाराङ्हाबाट सात बर्षमा ७ सयभन्दा बढीले कोरियन भाषा परिक्षा पास गरिसकेका छन्

    तपाइले कोरियन भाषा केन्द्र सञ्चालन गर्नुभएको कति बर्ष भयो ?
    मैले सन् २०११ बाट कोरियन भाषा काक्षा सञ्चालन गरेको हो । म त्यतिबेल घरमा नै ट्युसनको रुपमा पढाउँथें । स्थापित भएर सञ्चालन गरेको भनेको सन् २०१६ देखि हो ।

    यस भाषा केन्द्रबाट हालसम्म कति विद्यार्थी पास गराइ सक्नु भयो ?
    ठ्याक्कै त भन्न गाह्रो हुन्छ होला, अहिलेसम्म हामीले जम्मा ७ सय विद्यार्थी पास ग¥यौ होला । त्यसमा ५ सय कोरिया गइसके । योे अनुमानित कुरा हो, डाटामा हेर्दा पनि सत प्रतिशत नभएतापनि ९९ प्रतिशत सत्य हो ।

    दिन चर्या कसरी बिताइ रहनु भएको छ ?
    अहिले इ.पि.एस कक्षा नयाँ सेसन सुरु हुन लागेको छ । कक्षा सञ्चलनका लागि विज्ञापन, पाठ्यपुस्तकको तयारी साथै पुरानो ब्याकरणहरुलाई नयाँ संस्करणमा परिमार्जित गरि त्यसैमा लागिपरि रहेको छु । अहिले २/३ वटा कक्षा सञ्चलन भैरहेको छ यहि काममा ब्यस्त नै छु ।
    पाराङ्हा कोरियन भाषा केन्द्रमा कुन कुन भाषा पढाई हुन्छ ?
    हाम्रो पाराङ्हा कोरियन भाषा केन्द्रमा बिशेष गरि कोरियन भाषा मात्र पढाइ हुन्छ । यसमा थप जापानिज भाषा पनि हुन्छ र अहिले चाहि जापानिज भाषाको कक्षामा विद्यार्थी कम नै छन् । यस भाषा केन्द्र बिशेष कोरियन भाषाको लागि नै हो ।
    हाम्रो अहिले ३ वटा कक्षा सञ्चालन भइरहेको छ । पछि स्पेशल कक्षा र नर्मल कक्षा गरी जम्मा ७/८ वटा कक्षा सञ्चालन हुन्छ ।

    यस भाषा केन्द्र बेलबारीमा मात्र हो कि अन्य शाखा पनि छन् ?
    शाखा भन्दा पनि हामी गु्रप मिलेर खोलेका छौं । हामीले सहकार्य गरेर पारङ्हा भाषा केन्द्रको नाममा शाखा खोलेका छौं । जस्तै बेलबारीमा म आफैंले सञ्चलन गरिरहेको छु, धरानमा प्रदिप गुरुङ भाइले चलाइरहनु भएको छ, पथरीमा याकुब राई सरले चलाइरहनु भएको छ र बिर्तामोडमा मिलन सरले चलाइरहनु भएको छ । वहाँहरुलाई पढाउन सहयोग गर्न नभ्याए पनि टेक्निकल सपोर्ट चाहीं गर्छु ।

    कोरिया जाने विद्यार्थीले भाषा सिक्न जरुरी हो कि सिप सिक्न जरुरी हो, तपाई केमा फोकस गराउनु हुन्छ ?

    कोरिया जाने विद्यार्थीले भाषा पनि सिक्नु जरुरी छ र सिप पनि सिक्नु जरुरी छ । दुबै कुरा महत्वपूर्ण छ । म पनि कोरिया ७ बर्ष बसेको हो र यहाँको सिप त्यहाँ खासै महत्वपूर्ण हुँदैन तर भाषा चाहि अति आवश्यक छ । सूचनाहरु आदान प्रदान गराउँदा, काम गराउँदा बुझ्नु प¥र्याे अनि अलि दह्रो र काम गर्दा टिकाउ क्षमताको भयो भने काम गर्दा सहयोग हुन्छ । त्यसैले म भाषामा नै फोकस गराउँछु ।

    तपाइको ७ बर्ष कोरिया बसाइको अनुभब बताइदिनुहोस् न ?

    दक्षिण कोरिया भनेको एकदम अनुसाशन भएको देश हो । कोरियामा एउटा चेन अफ कमाण्ड भन्ने संस्कार छ । यहाँ हाम्रो आर्मी, पुलिसमा नियम कडा भए जस्तो पहिला कोरियामा देशको सम्पूर्ण पुरुषहरुले ३ बर्ष आर्मी ट्रेनिङ लिनु पथ्र्यो । त्यही कारणले ठूला मान्छेहरुले केही कुरा भनेका सीरोधार्य नै गरेर मान्नु पर्ने त्यस्तो अनुशासन छ । त्यहाँ चाहीं अनुशासन एकदमै हुनु पर्छ । ठूला मान्छेले भनेको मान्न र काममा साह्रो गाह्रो चाहीं पचाउनु पर्छ नभए त्यहाँ गाह्रो छ ।

    मान्छे डिप्रेशनमा परेका छन्, काहीं झुन्डिएर मरेका छन् । कोही फर्केर आएका छन् । त्यो चाहीं के भको भनें नयाँ जेनेरेसनका भाइ बहिनीहरुले पढेर पास गरिरहेका छन् । घरमा सुःख– दुःख भोगेको छैनन् । मानसिक रुपमा ती कुराहरुमा तयार भएको छैनन् । यस्ता विद्यार्थीहरुलाइ गाह्रो हुन्छ । कोरिया कम्पनी र कामलाई पुज्ने देश हो । काम गर्नुभयो भने टिक्नु हुन्छ । मानसिक रुपमा र शारिरिक रुपमा सक्छु भनेर जानु भयो भनें गाह्रो छैन । नयाँ ठाउँ नयाँ काम सुरुमा अलिकति घुलमिल हुन त गाह्रो भइहाल्छ नै । हामीलाई नै पहिला त्यहाँ बस्दा गाह्रो भयो । अहिलेको जेनेरेसनलाई त अलि गाह्रो त भइहाल्छ नि तर पहिला नै शिक्षक र अभिभावकले कोरियन भाषा पढ्ने विद्यार्थीलाई जानकारी गराउनु पर्दछ ।
    यही पेशा रोज्नुको कारण के होला ?
    पहिला बेलबारीमा भाषा केन्द्र थिएन । समयको माग अनुसार भाइ बहिनीहरुले हामीलाई जान गाह्रो भयो तपाईले पढाइदिनु प¥र्याे भने र त्यति बेला घरमा ट्युसनको रुपमा सिकाउथें । त्यतिकैमा सिस्टम बस्यो र अहिले पनि कोरियन भाषा पढाउन गाह्रौ छ । शिक्षक नै पाउन गाह्रो छ, त्यति बेला त झन् कोरियन शिक्षक भेटाउन सियो खोजेको जस्तो हुन्थ्यो । पहिला कोरियामा बसेको अनुभबले घरमै ट्युसन पढाए र अहिले त्यही नै व्यवसाय भयो र जीवन धान्ने माध्यम बनेको छ ।

    विदेश पलायन भैरहेका युवाहरुलाई के सुझाव दिनुहुन्छ ?
    वैदेशिक रोजगारमा जानु हाम्रो बाध्यता हो । हुनत मान्छेले यही गरी खाइन्छ भन्छन् तर त्यो अवस्था छैन । यहाँको रोजगारीले सबैलाई धान्ने अवस्था छैन । लगभग नेपालका ६० प्रतिशत युवाहरु बाहिर देशमा पसिना बगाएर पैसा कमाइरहेका छन् । त्यो नराम्रो कुरा होइन र त्यहाँ कमाएको पैसा अनावश्यक खर्च नगरी त्यहाँ सिकेको सिप यहाँ प्रयोग गर्नु प¥र्याे ।

    अन्त्यमा केही भन्नु छ ?
    सबै सरहरुलाई पाराङ्हा लगायत नेपाल भरिका इन्स्टिच्युटबाट पास भएका विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिंदै सबैको इस्यु होस् । कोरिया जान पाउन्, कमाइ राम्रो होस्, कोहिपनि दुर्घटनामा नपरुन् र नयाँ विद्यार्थीहरुलाई पनि समयमा साथीभाइहरुलाई सोधपुछ गरेर समयमा नै राम्रो विश्वसनीय भाषा केन्द्रमा भर्ना भएर सत प्रतिशत नाम निकाल्नुहोस् भन्ने कामना छ ।
    — प्रस्तुति ः नगिन्द्र श्रेष्ठ

  • दुइ मेगावाटको सोलार प्लान्ट बनाउने जिम्मा अपि पावर कम्पनीलाइ

    दुइ मेगावाटको सोलार प्लान्ट बनाउने जिम्मा अपि पावर कम्पनीलाइ

    अपि पावर कम्पनीले निर्माण गर्न लागेको दुई सौर्य परियोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक अपि पावर कम्पनीबीच आइतबार विद्युत् खरिद सम्झौता भएको हो ।
    कम्पनीले धनुषाको ढल्केरबरमा १ मेगावाट र बाराको सिमरामा १ मेगावाटको सोलार प्लान  निर्माण गर्न लागेको हो । ती आयोजनासँग प्रतियुनिट ७.३० रुपैयाँमा २५ वर्षको लागि पिपिए भएको हो । पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ ।

    विद्यूत परवानीपुरको ११ केभी परवानीपुर सबस्टेसनमा जोडिनेछ । ‘प्राधिकरणले १० महिना तोके पनि हामीले ७ महिनामै पूरा गर्ने लक्ष्य राखेका छौं,’ कम्पनीका प्रबन्ध निर्देशक संजिव न्यौपानेले भन्नुभयोे– ‘ भदौ महिनाभित्र चिनियाँ कम्पनीले काम सुरु गर्नेछ ।’
    कम्पनीले यस अघि साउन २७ गते पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको गरी १२ मेगावाट क्षमताको दुई सौर्य परियोजनाको विद्युत खरिद सम्झौता नेपाल विद्युत प्राधिकरणसँग गरिसकेको छ ।
    अपिले रिडी पावर कम्पनी सहित प्राधिकरण सबस्टेसन नजिक सौर्य विद्युत जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ ।
    सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९.६१ देखि ८.४५ रुपैयाँ ‘बेन्चमार्क’ तोकी पिपिए आह्वान गरेको थियो ।
    तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धी कार्य्विधि २०७४’ लागू भएपछि सोलार पिपिएको दर प्रतियुनिट ७.३० रुपैयाँ कायम गरियो ।
    यसअघि अपि पावर कम्पनीले छोटो समयमा करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । त्यसैगरी कम्पनीले हाल निर्माण गरिरहेको सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको छ ।
    कम्पनीले भविश्यमा ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने तयारी गरिरहेको छ । यसका लागि अपि पावर कम्पनी र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभाग विच साउन २५ गते ४० मेगावट क्षमताको माथिल्लो चमेलियाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भैसकेको छ ।
    यसरी हेर्दा अपि पावर कम्पनीले छोटो समयमा धमाधम जलविद्युत आयोजनाहरु निर्माण गरी सेयरधनीहरुलाई उचित प्रतिफल दिने हेतुल अगाडि बढीरहेको छ । नीजि जलविद्युत क्षेत्रबाट देशको चरम लोडसेडिङ अन्त्य गर्न अपि पावर कम्पनीले महत्वपूण भूमिका खेल्दै आएको छ ।

  • एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे आराेप

    एतिहासिक बाघझाेडा पोखरीको संरक्षणमा जुटे स्थानीयहरु, जनप्रतिनिधिले नै सहयाेग नगरेकाे आराेप

    केशु विरही, सुन्दरहरैचा, माेरङ/ पर्यटकीय स्थलहरुकाे संरक्षण र संवर्धनमा कुनै कमी हुन नदिने राज्यकाे नीति भएकाे वताईरहँदा सुन्दरहरैचामा रहेकाे, ऐतिहासिक र पुराताात्त्विक  महत्वकाे बाघझाेडा पाेखरी भने लामाे समयदेखि संरक्षण र संवर्धनकाे अभावमा छ ।

    पाेखरी पूर्व पश्चिम राजमार्गबाट करिव २ किलाे मिटर उत्तरमा पर्छ । त्यसाे त कालाेपत्रे बाटाे भएरै याे पाेखरीमासम्म पुग्न सकिन्छ । राजमार्गबाट यति नजिकै रहेर, यातायातकाे सहज पहुच भएर पनि याे पाेखरी लामाे समयदेखि ओझेलमा पर्दै आएकाे हो ।

    कतैबाट पनि सहयाेग नआएकाे भन्दै केहिदिनदेखि स्थानीयहरुकाे सहयाेगमा पाेखरीकाे सरसफाईमा लागिरहेकाे पूर्व सांसद चन्द्रबहादुर गुरुङ वताउँछन ।

    बागझाेडा सिमसार संरक्षण समितिका अध्यक्ष समेत रहेका गुरुङ नगरपालिकाले कुनै सहयाेग नगरेकाे वताउँछन् । उनी जनप्रतिनिधिहरु आफैले वुझेर यस्ता क्षेत्रकाे संरक्षणमा वजेट छुट्याउनु पर्नेमा देखेर पनि नदेखे झैँ गरिरहेकाे आराेप लगाउँछन् ।

    आन्तरिक पर्यटनलाई वढाउँने अभिप्रायका साथ स्थानीयकै पहलमा केही दिन अघिदेखि पाेखरीमा डुङ्गा संचालनमा ल्याईएकाे थियाे । तर पाेखरीमा झार र लेदाेले गर्दा डुङ्गा संचालनमा समस्या आउने देखेर स्थानीयहरु डुङ्गा संचालनलाई राेकेर सरसफाईमा जुटिरहेका छन् ।

    सर्वसाधारणकै सुविधाका लागि डुङ्गा संचालनलाई राेकेर पाेखरीकाे सफाई गर्नु परेकाे स्थानीय वताउँछन् ।

    उनीहरु स्थानीयपालिकाले पाेखरीकाे संरक्षण तथा संवर्धनमा चासाे दिनुपर्ने वताउँछन् । र स्थानीयपालिकाले सरसफाईमा केही सहयाेग गरिदिई हुने थियाे भन्ने पनि चाहन्छन् ।

    अहिले त्यहाँ दैनिक रुपमा ३०-३५ जना श्रमिक लगाएर पाेखरी भित्र भएका मटका तथा अन्य झारहरु निकाल्ने काम भैरहेकाे छ । याे काममा स्थानीयकाे ठूलाे याेगदान  दिएका छन्  ।

    साथै पाेखरीकाे सरसफाईमा  स्थानीयलाई जलजला क्रसर उद्याेगले नि:शूल्क रुपमा दिएकाे एउटा जेसिवि प्रयाेग भैरहेकाे छ ।

    एउटा व्यपारिक प्रयाेजनमा स्थापना भएकाे कम्पनीले पाेखरीकाे संरक्षणमा नि:शूल्क जेसिवि दिइरहँदा नगरभित्र भएका यस्ता क्षेत्रकाे संरक्षण र सम्वर्धनकाे मूख्य जिमेवार रहेकाे स्थानीयपालिका र त्यसका जनप्रतिनिधिहरुले चासाे समेत नदिदा स्थानीयवासीहरु दुखित छन ।

    सात विगाहा क्षेत्रफलमा फैलिएकाे याे पाेखरीकाे वरिपरि तारघेरा गरिए पनि संरक्षण हुन नसक्दा ती भत्किएकाे अवस्थामा भेटिन्छन् ।

    केही दिन अघि मात्र आन्तरिक पर्टनमा टेवा दिने उद्देश्यका साथ स्थानीयले आफ्नै लगानीमा निर्माण गरेर संचालनमा ल्याएका थिए । त्यही जम्बाे  डुङ्गाले पाेखरी सरसफाईमा ठूलाे सहयाेग पुर्याईरहेकाे छ ।

    स्थानीयहरु चाँडाे सफाईकाे काम सकेर डुङ्गा संचालनमा आओस भनेर उनीहरु पनि सरसफाईमा जुटिरहेका छन् ।

    आफ्नै गाउँकाे पाेखरीमा डुङ्गा संचालनमा आएपछि स्थानीयहरु पनि खुसी देखिएका छन्  ।  उनीहरु पाेखरीकाे सरसफाई चाँडै सकेर सर्वसाधारणलाई वाेटिङ खुल्ला गर्नु पर्ने वताउँछन् ।

    आफ्नै घर अघिकाे पाेखरीमा डुङ्गा संचालनमा अाए पछि स्थानीय डाेमा उराव दङ्ग छन । उनी अब गाउँमा पर्यटक वढ्ने र आफूहरुले राेजगार पाउनेमा ढुक्क छन् ।उनी भन्छन “अब भने काम खाेज्न टाढा जानु नपर्ने भयाे । गाँउमै राेजगार पाईने भयाे ।”

    नगरपालिकाले पाेखरीकाे संरक्षणमा चासाे नदिएकाे भन्ने आरोपबारे प्रश्न गर्दा सुन्दरहरैचा नगरपालिका वाड नं १० वाडाध्यक्ष राजेन्द्रबहादुर थापा भने नगरभित्रका पर्यटकीय क्षेत्रकाे संरक्षणमा नगरपालिका लागिरहेकाे र त्यसकाे लागि नगरपालिकाले वजेट समेत छुट्याएकाे वताउँछन ।

  • बढ्दैछ अलैची खेति, तर घट्दैछ बजार भाउ

    बढ्दैछ अलैची खेति, तर घट्दैछ बजार भाउ

    तेह्रथुम जिल्लाको ग्रामिण भेगमा अलैची खेती पछिल्लो समय बढ्दो रहेको छ । किसानहरुले परम्परा देखी खेती गर्दै आएको अन्नबालीलाई मास्दै अलैची खेतीलाई बिस्तार गर्न थालेका छन ।

    अन्नबालीबाट राम्रो आम्दानी लिन नसकेका यहाँका किसानहरु खेतीयोग्य जमिन मासेर अलैची खेतीलाई रोज्न थालेका हुन । ४ बर्षअघी प्रति मन १ लाख माथी पुगेको अलैचीको मुल्य बर्षेनी गिरावत आएको छन । भारतीय बजारमा निकासीमा समस्या भए सँगे अलेचीको मुल्यमा गिरावट आएको अलैची ब्याबशायीहरुले बताउने गरेका छन ।

    मुल्यमा निरन्तर गिरावट आएपनी किसानहरुले अलैची खेतीलाई बिस्तार गर्न कमी गरेका छैनन । पछिल्लो समय जिल्लाको ग्रामिण क्षेत्रमा रहेका पाखोबारी खोलाखोल्सी खेती योग्य जमिनका साथै करेसाबारीमा अलैचीलाई बिस्तार गर्दै आएका छन । लालीगुराँस नगरपालिकाकी लिला लिम्बु भन्छीन् मुल्य कमै भएपनी अन्नबाली भन्दा राम्रो आम्दानी भएकाले हामीले अलैची खेती नै रोजेका हौ । गतबर्ष ४० हजारमा प्रतिमन बिक्री गरेका यहाँका किसानहरुले यस बर्षपनी खेतीलाई बिस्तार गरीरहेका छन । सेपिलो र पानीको श्रोत भएको जमिनमा राम्रो उत्पादन हुने भएकाले पनी किसानहरुको रोजाईमा अलैची खेती पर्दै आएको ब्याबशायीहरुले बताउने गरेका छन ।

    अलैची बिक्रीबाट लाखौ आम्दानी गर्दै आएका किसानहरुमा निराशा छाए पनी खेती बिस्तार भने बढेको जिल्ला कृषी बिकास कार्यालय तेह्रथुमले जनाएको छ । अलेची खेतीलाई बगानको रुपमा बिकास गर्दै यहाँका किसानहरुले नर्सरी बिक्रीबाटै बर्षेनी लाखो आम्दानी गरेको बताउने गरेका छन । ५ रोपनीको जमिन देखी ५० रोपनी सम्म खेती गर्दै आएका छन । बर्षादको सजिन सुरु भए सँगै अलैचीको नर्सरी खरीद तथा बिक्री गर्दै किसानहरुले खेतीलाई बिस्तार गर्दै आएको फेदाप गाउँपालिकाका गजाधर दुलालले बताए ।

    जिल्लाको साबिकका गाबिसहरु ईवा, ह्वाकु,संग्रान्ती, खाम्लालुङ, सम्दु, ईसिबु ओयाक्जुङ, जलजले, सिम्ले, मोराहाङ श्रीजुङ, पौठाक, आङबुङ, जिरीखिम्ती , ,सोल्मा, सुङनाम फुलेक दाँगपा,बसन्तपुर सुदाप आङदिम लगायतका स्थानमा बगानको रूपमा अलैची खेती किसानहरुले गर्दै आएका छन । कृषकहरुले ७ सय २३ हेक्टर क्षेत्रफलमा अलैचीको खेती गर्दै आएका छन ।

  • शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता

    बाँकेको बैजनाथ गाउँपालिकाले शिशु जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गराए एक हजार भत्ता दिने भएको छ । जन्म, मृत्युलगायत हरेक कुरामा कर लगाएको भन्दै स्थानीय सरकारको चौतर्फी आलोचना भइरहेको बेला बैजनाथपूर गाउँपालिकाले भने प्रोत्साहन भत्ता दिने भएको हो ।

    यद्यपी गाउँपालिकाले ३५ दिन कटेमा भने ५० रुपैयाँ जरिवाना गर्ने भएको छ । जन्मदर्ता र मृत्यु दर्ता गराउँदा ३५ दिन कटेमा ५० रुपैयाँ जरिवाना तिर्नुपर्ने छ भने नागरिकतालगायत अन्य सिफारिसमा भने पुरानै शुल्क तोकिएको छ ।

    यसगरी सो गाउँपालिकाले जन्मदर्ता गर्न आउँदा स्वास्थ्य केन्द्रमै अनिवार्य सुत्केरी भएको हुनुपर्ने जनाएको छ ।

    बैजनाथ गाउँपालिका प्रमुख मानबहादुर रुचालले भने, ‘हामीले आमाको स्वास्थ्यलाई मध्यनजर गरी प्रोत्साहन भत्ता दिने निर्णय गरेका हौं । भत्ता पाउन स्वास्थ्य केन्द्रको सिफारिस अनिवार्य गरेका छौं ।’

  • ८० बर्षे उमेरमा पनि दैनिक २० किलोमिटर साइकल कुदाउछन् ‘इङ्लिस बाजे’

    ८० बर्षे उमेरमा पनि दैनिक २० किलोमिटर साइकल कुदाउछन् ‘इङ्लिस बाजे’

    हरि कोइराला, पथरीशनिश्चरे(मोरङ) । उमेरले ४ कोरी पुगेपनि मोरङको पथरीशनिश्चरे १० का टङ्कनाथ गौतम अझै साइकल मै  यात्रा गर्नुहुन्छ । २७ वर्षको छँदा भारत, पश्चिम वङ्गालको मादरीहाटमा साइकल कुदाउन सिक्नुभएका उहाँले त्यसयता साइकल छोड्नु भएको छैन । उहाँ अझै दैनिक २० किलोमिटर साइकल कुदाउनु हुन्छ ।

    साइकल कुदाउने मात्र होइन । घरका सबै काम उहाँ आफैं भ्याउनु हुन्छ । उहाँले गाई पालेर दूधको ब्यापार गर्न थालेको २२ वर्ष भयो ।उहाँले भन्नुहुन्छ , पानी आफैं गर्छुृ । आफै दुहुन्छु र आफै ग्राहकका घर घरमा लगेर बिक्री गर्छु । ठूलो साइकलमा एउटा झोला । त्यो झोला भित्र आधा लिटर, १ लिटर र २ लिटरका स–साना भाडामा दूध लगाएर उहाँ साइकलको घण्टी बजाउँदै बजार निस्कनु हुन्छ । त्यति मात्र होइन । खेतीपातीको काममा पनि उहाँको सक्रियता घटेको छैन । खन्ने आली लगाउने ,धान मकै गोड्न पनि उहाँ आफै निस्किनु हुन्छ ।
    उहाँलाई स्थानीयले इङ्लिस वा भनेर चिन्ने गरेका छन् ।केटाकेटीमा भूटान बस्दा कक्षा ८ सम्म पढ्नु भएका गौतम अझै पनि फरर अंङग्रेजी बोल्नु हुन्छ । खास गरी बोर्डिङ पढ्ने बाल बालिका र किशोर किशोरीहरू उहाँ अंग्रेजी भाषा मै सम्वाद गर्नुहुन्छ । मुखमा एउटै दाँत छैनन् । न टाउकोमा कालो कपाल । तर पनि उहाँमा २०÷२५ वर्षको टिठाको जस्तै जोश र जाँगर छ । उहाँ भन्नुहुन्छ–‘हामीले ग्रामर मिलाएर अहिलेका विद्यार्थीले बोल्दैनन ।
    २०३५ सालमा शनिश्चरे आउनु भएका गौतमलाई स्थानीय सिंहवाहिनी माविले अङ्ग्रेजी पढाउन बोलाएको थियो । तर, उसबेलाको तलवमा गौतमलाई स्कुल पढाउने भोक जागेन । गौतमले आसाम रेजिरेन्टमा ७ वर्ष जागिर पनि खानुभयो । तर त्यहाँ पनि उहाँ टिक्नु भएन । उहाँले भन्नुभयो –‘तलव नै थोरै थियो ,त्यसैले छुट्टीमा घर आएको बेला जागीरमा गइन । ८० वर्ष पुग्नै लाग्दा पनि उहाँलाई कुनै रोगले भेटेको छैन । गौतमले साइकल कुदाएकै कारण रोग नलागेको सङ्केत गर्नुभयो ।

     

  • दश वर्ष बित्दा पनि राहत पाएनन् कोशी पिडितले

    दश वर्ष बित्दा पनि राहत पाएनन् कोशी पिडितले

    सप्तकोशी नदीको पूर्वी तटबन्ध फुटेको (भदौ २) शनिबार १० वर्ष पूरा भएको छ । विनाशकारी बाढी आएको र करोडौँको धनजन क्षति भएको घटना अझै पनि पीडितले भुल्न सकेका छैनन ।
    विसं २०६५ भदौ २ गते १३ बजेर २६ मिनेट जाँदा कोशीनदीको पूर्वी तटबन्धको मूल फुटेर गाउँमा पानी पस्दा सुनसरीको तत्कालीन पश्चिम कुशाहा, श्रीपुरजब्दी र हरिपुर गाविस पूर्णरुपमा तथा लौकही गाविस आंशिकरुपमा प्रभावित भएका थिए । कोशीको पानी गाउँमा पसेपछि त्यहाँका स्थानीय विस्थापित भएका थिए । विस्थापित भएका पीडित विस्तारै आफ्नो पुरानो दैनिकी अवस्थामा फर्किन थालेको छ । बाढीबाट क्षति भएको जग्गा अहिलेसम्म पूर्ण अवस्थामा आउन नसकेको तथा सरकारले घोषणा गरेको राहत पूर्णरुपमा समेत पाउन नसकेको गुणासो कोशी गाउँपालिका–६ का बिन्देश्वर मेहताको छ ।

    यो दिनलाई कोशी बाढी पीडितले कालो दिनका रुपमा लिँदै आएका छन् । अहिले पनि कोशीमा पानी बढेको हल्ला सुन्दा उनीहरुलाई त्रास उत्पन्न हुने गरेको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले कोशी पीडितलाई घर मर्मतका लागि ३५ क्युवी काठ दिने निर्णय गरेको थियो तर अहिलेसम्म पनि त्यो परिमाण काठ नपाएको गुणासो कोशी–६ का टङ्कनाथ झाको छ ।

    सुनसरीको साविक पश्चिम कुशाहा–४ र अहिले कोशी गाउँपालिका–३ स्थित कोशी नदीको पूर्वी तटबन्धकोे स्पर नम्बर १२ दशमलव १० तथा स्पर नम्वर नम्बर १२ दश्मलव ९० बीचमा पानीको धक्काले फुटेर विनाशकारी बाढी गाउँमा पसेको थियो । कोशीको भङ्गालो गाउँमा पसेकाले सात हजार ५६३ परिवारका ४२ हजार ७६५ जना स्थानीय विस्थापित भएको दिन भदौ २ गते १० वर्ष पूरा भएको छ । तर विस्थापित भएका कोशी पीडितको जनजीविका अझै पूर्वावस्थामा फर्कन नसकेर अधुरै छ ।
    सुनसरीको कोशी बाढी पीडितको राहत, क्षतिपूर्ति तथा पुनःस्थापनाका विषयमा २०६५ पुस १ गते तत्कालीन गृहमन्त्री र पीडितपक्षसंँग वार्ताको भएको थियो । त्यही वार्ताका आधारमा उपप्रधानमन्त्रीस्तरीय पुस २२ गतेको निर्णयबाट सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा एक एकाइ गठन गरेको थियो । त्यसको केहि समयपछि तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले देशवासीको नाममा सम्बोधन गर्ने क्रममा कोशी बाढी पीडितको समस्या समाधानका लागि एक उच्चस्तरीय कार्यदल गठन गर्ने गरेको प्रतिबद्धताअनुसार विसं २०६५ फागुन २२ गते मन्त्रिपरिषद्को निर्णयबाट तत्कालीन सभासद् नन्दनकुमार दत्तको संयोजकत्वमा २० सदस्य कोशी बाढी पीडित व्यवस्थापन उच्चस्तरीय कार्यदल गठन गरेको थियो ।
    सो कार्यदलले यर्थात प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको १० वर्ष बित्दासमेत कार्यदलको प्रतिवेदन पूर्णरुपमा कार्यान्वन नभएको बाढी पीडितको गुनासो छ ।

  • सुन्दरपुरमा साना किसान तथा कृषि सहकारी संस्थाहरुको  गोष्ठी

    सुन्दरपुरमा साना किसान तथा कृषि सहकारी संस्थाहरुको गोष्ठी

    शिव भट्टराई / मोरङको सुन्दरपुरमा साना किसान तथा समान प्रकृतिका कृषि सहकारी संस्थाहरुको भावी कार्यदिशा सम्बन्धि अन्तक्र्रिया गोष्ठी विहीवार सुरु भएको छ ।
    देशमा तीन तहको सरकार बनेसँगै अब सहकारीहरुलाई स्थानीय सरकारले नियमन कसरी गर्छ भन्ने सवालमा पनि सहकारीकर्मीहरुबीच अन्तक्र्रिया भइरहेको छ । साथै प्रदेश सरकार र संघिय सरकारले कसरी सहकारीलाई सजिलो हुने गरी ऐन बनाउदै छन् भन्नेबारेमा पनि छलफल गरिएको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।
    साना किसानलाई कसरी संगठित गर्ने, उनीहरुको आर्थिक बिकास, सिप बिकासबारे पनि छलफल गरिएको छ । कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि सहकारी खेति गर्न सकिने प्रतिनिधिहरुलाई सहजकर्ताहरुले बताएका छन् ।
    अन्तक्र्रियामा स्वास्थ्य, शिक्षा, महिलाको संलग्नतालाई पनि सहकारीमार्फत सहजता प्रदान गर्न सकिने सवालमा छलफल भएको छ । कृषिमा युवा सहभागिता बढाएर वेरोजगारी घटाउने र एकीकृत कृषि बजार स्थापना गर्ने कृषि यान्त्रिकरण हब स्थापनामा साना किसानलाई कसरी सहजता प्रदान गर्ने बिषयमा पनि छलफल भएको छ ।
    कार्यक्रममा सहभागीहरुले क्षमता विकासको लागि श्रोतको अभाव, थोक कृषि बजारको अभाव र सूचनाको अभाव साना किसानले भोगिरहेको समस्याबारे छलफल भइ त्यसको समाधानको विषयमा छलफल भएको छ । साना किसानलाई कृषि औजार र प्रविधिको अभाव कसरी टार्ने विषयमा सहभागीहरुले संघका केन्द्रीय प्रतिनिधिसंग जिज्ञासा राखेका छन् ।
    सो कार्यक्रम साना किसान कृषि सहकारी संस्था सुन्दरपुरको सभाहलमा भइरहेको छ । कार्यक्रम शुक्रबारसम्म संचालन हुने साना किसान कृषि सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रविन्द्र आचार्यले जानकारी दिएका छन् । कार्यक्रमको आयोजना नेपाल कृषि सहकारी केन्द्रीय संघले गरेको हो । यो कार्यक्रममा १ नम्बर प्रदेशका साना किसान कृषि सहकारी संस्थाका प्रतिनिधिहरु सहभागि छन् । यस किसिमका कार्यक्रम ६ वटा प्रदेशमा सम्पन्न भइसकेको आयोजकले जनाएको छ ।

  • खोलामा पुल नहुदा यातायातका साधन चलाउनै मुश्किल 

    खोलामा पुल नहुदा यातायातका साधन चलाउनै मुश्किल 

    तुलसी राम धमला तेह्रथुम /तेह्रथुम जिल्ला सदरमुकाम म्याङ्लुङ जाेड्ने अाठराई म्याङ्लुङ सडक अन्तगत काेयाखाेला र खा]रुङ्गा खाेलामा पुल नहुदा सवारी सञ्चालनमा समस्या भएको छ।
    यी दुई खाेलामा माेटरेवल पुल नहुदा हिउदकाे समयमा खाेला बिचबाट जाेखिम माेलेर सवारी सञ्चालन गरिदै अfएका] भएपनि , बर्षा यामकाे समयमा पानीको बाहाप बढेपछि यातायात सञ्चालनमा समस्या हुने गरेकाे फिदिम अाठराई म्याङ्लुङ ट्याक्सी चालक प्रेम तामाङले बताउनु भयाे ।
    यस सडक अन्तरगत खाेलामा पुल नहुदा यातायातका साधन अवरुद्ध हुने गरेका छन ।
    अाठराई गाउँपालिका अन्तरगत सक्रान्ति , थाेक्लुङ्ग ,चुहानडाडा, छातेढुङ्गा , इवा , हवाकु,खाम्लालुङ  साथै फेदाप गाउँपालिका अन्तरगत सिम्ले ,जलजले ,ईसिवु ,सम्दु अाेयाक्जुङ् लगायतका ठाउँकाे सडक सम्पर्क टुट्ने गरेकाे छ।
    करिब १ दशक यता सडक निर्माण कार्य सुरु गरिएपनि भरपर्दो यातायातकाे सुविधा पाउन नसकेकाे यहाँका नागरिकहरुले गुनासाे गरेका छन ।
    राष्ट्रिय गाैरवकाे अायाेजना मध्यपहाडि लाेक मार्ग समेत यसै क्षेत्र हुँदै विस्तार भईरहेकाे छ ।
    त्यस्तै अाठराईकाे चुहाँनडाडा मंसारी , थाेक्लुङ्ग काेयाखाेला ,ढाेडेदाेबान ,पाेक्लाबुङ्ग सडक समेत ठेक्का प्रकृयाबाट धमाधम निर्माण कार्य भईरहेकाे छ।
    यस सडककाे निर्माण कार्यले तिब्रता पाएपनि खाेलामा पुल नहुदा नागरिकले सहज ढङ्गबाट यातायातकाे सुविधा पाउन सकिरहेका छैनन् ।