Blog

  • खोर्साने केराबारी सडकमा चर्को भाडा असुलिएको भन्दै केराबारी गाउँपालिकामा ज्ञापन

    खोर्साने केराबारी सडकमा चर्को भाडा असुलिएको भन्दै केराबारी गाउँपालिकामा ज्ञापन

    युवा संघ र वाइसीएल सम्बद्ध संयुक्त युवा कार्यदल केरावारी गाउँ संगठन कमिटीले केरावारी खोर्साने केराबारी सडकको गाडी भाडा घटाउन माग गर्दै केराबारी  गाउंपालिकामा ज्ञापनपत्र बुझाएको छ ।

    नेपाल सरकारले तोकिएको पक्की सडकको भाडा दर कायम हुनुपर्ने र जेष्ठ नागारिक तथा विद्यार्थी वर्गलाइ सरकारले तोके बमोजिमको छुट हुनुपर्ने लगायतका माग राखी गाउँपालिका अध्यक्ष रोहित कार्कीलाई  ज्ञापनपत्र बुझाइएको हो ।

    केरावारी गाउपालिकास्थित बजार क्षेत्र तथा आसपासका क्षेत्रमा बसोबास गर्ने आम जनताहरुलाइ खोर्साने केरावारी ११ किमिको सडकखन्ड कालोपत्रे हुदा समेत कच्ची सरह नै प्रती व्याक्ती रु ३५ अनि विद्यार्थी वर्गलाइ रु २५ र जेस्ठ नागारिकलाइ पुरै भाडा लिदै आएको गुनासो रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको युवा संघ नेपाल केरावारी गाउँ संगठन कमिटीको अध्यक्ष विवेक भुजेलले बताए ।

    पालिकाको सम्पुर्ण विद्युतका समस्यालाइ समेटेर पनि नेपाल विद्युत प्राधिकरण बेलबारी शाखालाइ पनि संयुक्त युवा कार्यदलले गत १४ गते ज्ञापन पत्र बुझाएको छ ।  अब केरावारी गाउपालिकामा रहेका समस्या  विरुद्धमा संयुक्त युवा कार्यदल लाग्ने र त्यस्ता विकृति कु संस्कारको अन्त्य समेत गर्ने  युवा संघ नेपाल मोरङ जिल्ला कमिटी सद्स्य सुमन मिरिङ्चिङ मगरले बताए  ।

  • पश्चिमको यार्सागुम्बाभन्दा कम छैन निगुरो खोज्नेहरूको भीड

    पश्चिमको यार्सागुम्बाभन्दा कम छैन निगुरो खोज्नेहरूको भीड

    हरी कोईराला, लेटाङ मोरङ। उत्तरी मोरङको चारकोशे झाडीमा यतिबेला निगुरो खोज्नेहरूको भीड हुने गरेको छ  ।

    पूर्व पश्चिम राजमार्गको मोरङ खण्ड अन्तरगत पर्ने सुनझोडा पूल पश्चिम र बेतना सीमसार पूर्वको उत्तरी क्षेत्रमा निगुरो खोज्नेको भीड सजिलै देख्न सकिन्छ । लेटाङ कानेपोखरी सडकको विचमा दैनिक सयौको हुलमा निगुरो टिपेर वेच्ने र खरिद गर्नेको भिड लाग्ने गर्छ । पूर्वपश्चिम राजमार्गमा समेत निगुरो वेच्न वसिरहेको प्रसस्त देख्न पाईन्छ । वर्खाको समयमा जंगलमा निगुरो प्रसस्त पाईने र व्यापारीहरु जंगलमै आएर निगुरो खरिद गरिदिने भएपछि आम्दानीको गतिलो माध्यम निगुरो वनिरहेको छ ।

    अधबंैसे र वुढापाका मात्र होइन,विद्यालय विदा रहेको यो समयमा स्कुलका विद्यार्थी पनि निगुरो सङ्कलनमा ब्यस्त छन् । सरकारी मात्र होइन, नीजि विद्यालय पढ्ने बालबालिका पनि निगुरो टिपेर पैसा कमाउँछन् । लेटाङको ग्रीनभेली वोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत रोहित राईले भने–‘स्कुल छुट्टी छ, दैनिक १५/१६ मुठा निगुरो खोज्छु । हाता हाती पैसा पाइन्छ । उनले दैनिक २ सय २५ रुपियाँ कमाइरहेको बताए ।
    उनी मात्र होइन, उनका साथी कक्षा ८ मा अध्ययनरत रोहन राई पनि दैनिक निगुरो खोजेर दैनिक ३ सय भन्दा बढी पैसा कमाउँछन् । रोहनले भने–विद्यालयले दिएको गृहकार्य एकैदिनमा सकेर भोलिपल्ट देखि निगुरो खोज्न थालेका हौं । उनले २९ गते विदा भएको विद्यालय ८ गतेबाट लाग्ने बताए । अझ सरकारी विद्यालय त १६ गते सम्म बिदा छन् । श्री आधारभूत विद्यालयमा कक्षा ५ मा अध्ययनरत देवराज राईले भने–विद्यायल छुट्टी भएको अवधि भरिमा ५ हजार रुपियाँ कमाउने बताए । उनले कापी किन्न र टिफिन खर्चका लागि निगुरो खोजेको बताए ।

    देवराजसँगै उनको विद्यालयमा पढ्ने अनील राई र सुनील राई पनि निगुरो खोज्न जङ्गल पस्ने गर्छन् ।
    लेटाङको शान्ति भगवती माविमा कक्षा –५ मा पढ्ने पर्वत शंकर आमासँगै निगुरो खोज्न जङ्गल जान्छन् । पर्नतले भने–दैनिक २०÷२२ मुठा खोज्छु । तर, पर्वतले भने आफ्नो पैसा आफै खर्च गर्न पाउँदैनन ।उनले भने– आमाले घर खर्च चलाउनु हुन्छ ।
    आर्थिक रुपमा विपन्न परिवारका लागि निगुरो सङ्कलन आर्थिक उपार्जनको गतिलो माध्यम बनेको छ । पर्वतकी आमा जसोदाले भन्नुभयो–‘जागीर छैन,खेतीपाती छैन,कृषि मजदुरीको काम पनि पाउन छोड्यो । उहाँले निगुरो ब्यापारले ६÷७ महिना घर चलाउने गरेको सुनाउनु भयो ।
    जंगलमा निगूरो खोज्न जाँनु सजिलो भने त्यति छैन । निगूरो टिप्ने क्रममा जंगली जनवारहरुको जोखिम छ भने सर्प लगायतको डर उत्तिकै हुन्छ । वर्षाको याममा निगूरो टिप्नु पर्ने भएकाले पानीले समेत दुख्ख दिने गरेको जसोदाले वताउनुभयो ।

  • करोडौं लागतमा पथरीमा बन्यो स्वास्थ्य चौकी भवन ,दुई बर्षभित्र ५० शैयाको अस्पताल बनाइने

    करोडौं लागतमा पथरीमा बन्यो स्वास्थ्य चौकी भवन ,दुई बर्षभित्र ५० शैयाको अस्पताल बनाइने

    पथरीशनिश्चरे /मोरङको पथरीशनिश्चरे २ छयालिस विघेमा निर्मित स्वास्थ्य चौकी भवनको बहुँसांस्कृतिक झाँकी सहित  उद्घाटन गरिएको छ ।

    भर्खरै नगरपालिकाले घोषणा गरेको नगरको पहिलो जाती धिमालको धिमाल नृत्यका साथै सन्थाल, साकेला, च्याब्रुङ, संगीनी र बालन प्रस्तुतिका साथ भवनको उद्घाटन् गरिएको हो । सो अवसरमा नगरकै पहिलो प्रसुति केन्द्रको पनि उद्घाटन् भएको छ ।

    १ करोड १२ लाखको लागतमा १८ कोठे २ तले भवनको १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले उद्घाटन् गर्नुभयो । यसअघि १ नम्वर वडाको पथरी बजारमा रहेको सानो भवनमा सञ्चालन हुँदै आएको थियो ।

    स्थानीयको ठूलो उत्साहमा आयोजित समारोहमा ४ करोड बढी मुल्य पर्ने साढे १२ कठ्ठा जग्गा दान गर्ने ११ जना जग्गादातालाई ताम्रपत्र र दोसल्लाले सम्मानित गरिएको छ । बाबुराम राई र सुनाहाङ्ग सवेन्हाङ्गले ३/३ कठ्ठा, श्रीनारायण ढकाल, टंकप्रसाद गिरी, जध्दु शाह, केशवप्रसाद दाहालले १/१ कठ्ठा तथा होमबहादुर गुरुङ, रामबहादुर गुरुङ्ग, यक्षप्रसाद ढुङ्गेल, छविलाल अधिकारी र मानबहादुर थापाले १०/१० धुर जग्गा दान गर्नुभएको थियो ।

    १ नम्वर प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला सहितले सम्मानित गर्नुभयो । स्वास्थ्य चौकीको भवनको पहल गर्ने तात्कालिन मोरङका जनस्वास्थ्य अधिकृत डाक्टर नवराज सुब्बा, हसन्दह निवासी सन्तोष घिमिरे र पथरी गाविसका पूर्व सचिव मोहन भट्टराईलाई सम्मानपत्रले सम्मानित गरिएको छ ।

    स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवम् २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईंको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालिकाका स्वास्थ्य संयोजक मुरारी आचार्यले अबको २ बर्ष भित्रमा ५० सैयाँको पथरी प्राथमिक अस्पतालको समेत निर्माणको पहल भइरहेको बताउनु भयो । अस्पताल निर्माणका लागि पनि जग्गादाताहरुले जग्गा दान गर्ने बचनबद्घता दिएको आचार्यले जनाउनु भयो ।

    कार्यक्रममा बोल्दै नगर प्रमुख राईले जग्गादाता दानवीरहरुको साथ र सहयोगमा आज नगरले स्वास्थ्य केन्द«को भवन निर्माण गर्न सफल भएको भन्दै सवैमा धन्यवाद दिनुभयो ।

    स्वास्थ्य चौकीमा सरकारी दरबन्दीमा ८ जना स्वास्थ्यकर्मीहरु रहने भएका छन् । नगरको श्रोतबाट ४ जना प्रसुति सेवाका लागि दक्ष स्वास्थ्यकर्मी र अन्य ४ जना कार्यालय सहयोगीहरु समेत रहने बताईएको छ । स्वास्थ्यचौकी हुँदै अस्पताल निर्माणको योजना अघि बढेको सो क्षेत्रमा नगरपालिकाले नमूना शहरको अवधारणा अघि सारेर केही काम थालेको छ ।

  • करोडभन्दा बढी लागतमा उधमशील युवाहरूले गोठगाउँमा खोले दूध संकलन तथा प्रशोधन उद्योग

    करोडभन्दा बढी लागतमा उधमशील युवाहरूले गोठगाउँमा खोले दूध संकलन तथा प्रशोधन उद्योग

    गोठगाउँमा एक करोड रुपियाँको लागतमा दूध प्रशोधन तथा दूधजन्य सामग्री संकलन उद्योग सञ्चालन भएपछि यहाँका किसान उत्साहित भएका छन् ।

    सो क्षेत्रका दूध उत्पादक किसानले दूधको मूल्य नपाइरहेको गुनासो गरिरहेको बेलामा मोरङको गोठगाउँमा दूधजन्य सामग्री प्रशोधन तथा संकलन उद्योग सञ्चालनमा ल्याइएपछि किसान उत्साहित बनेका हुन् । स्थानीय सीताराम भट्टराई, पेशल पोखरेल, नवराज पोखरेलको संयुक्त लगानीमा सो दुग्ध उद्योग सञ्चालनमा ल्याइएको हो ।

    सो क्षेत्रका किसानले दूधको मूल्य राम्रो पाउने भएका छन् । साना किसान सहकारी संस्था सुन्दरपुरका अध्यक्ष रवीन्द्र आर्चायका अनुसार पूर्वी मोरङमै दूध उत्पादन बढी हुने गोठगाउँका किसानको दुग्ध उत्पादनले बजार पाउने भएको छ । किसानबाट संकलन हुने दूधबाट आफ्नै ठाउँमा दूध प्रशोसन गरी दूधजन्य सामग्री उत्पादन हुने भएपछि संस्थाले समेत सहयोग पु¥याएको आचार्यको भनाइ छ ।

    गत जेठ महिनादेखि सञ्चालनमा आएको उद्योगबाट दैनिक दूध प्रशोधन गरी प्याकेजिङ गर्ने, दही, मोही, नौनी उत्पादन गर्ने काम गर्ने गरेको उद्योगका सञ्चालक सीताराम भट्टराईले जानकारी दिए । साउन महिनामा दैनिक एक हजार दुई सय लिटर दूध संकलन तथा चार सय लिटर दूध प्याकेजिङ गरी बजारमा बिक्री गर्ने गरिएको भने दही मोही र नौनीसमेत बिक्री गर्न थालिसकेको छ । उद्योगले किसानसँग राम्रो मूल्य दिएर गाई र भैँसीको दूध खरीद गर्दै आएको छ ।

  • भगवती स्कुल बेलबारीमा गएर हेर्दा जे देखियो

    भगवती स्कुल बेलबारीमा गएर हेर्दा जे देखियो

    अम्बिका भण्डारी

    राजमार्गको निषेधित क्षेत्रमा ब्यापारिक सटर बनाएर बिबादित भएको बेला नै जेठको सक्रान्तितिर बेलबारीस्थित भगवती स्कुलमा गएका थियौं हामी एक दुइजना सन्चारकर्मी । हामी त्यहाँ जानुको तात्पर्य थियो सटर बिवादले उब्जाएका केही प्रश्न र स्कुलभित्रका प्रसासनिक काम कारबाहीको वास्तविकता बुझ्नु र उजागर गर्नु ।

    हामी त्यसदिन शुरुमा स्कुलका प्रधानाध्यापक मान बहादुर खड्कालाई भेट्यौं । सटर विवादले अलि तनाव र बिवादमा रुमल्लिएका खड्कालाई हामीले विद्यार्थी संख्या, पुस्तकालय, कम्प्युटर प्रयोगशाला आदिको बारेमा सोध्यौं । उनले माथिल्लो तलामा सहायक प्रधानाध्यापकसंग भेटेर बुझ्न आग्रह गरे । त्यसैले हामी माथि गयौं । स्कुलका सबै शिक्षकहरुसंग अफिस कोठामा हामी पुग्यौं , सहायक प्र. अ. नारायण आचार्य त्यही कोठामै थिए । त्यसैले हामीले पहिले उनलाई कक्षा ५ सम्मका विद्यार्थीहरुको बिवरण माग्यौं । त्यस समयमा त्यहाँ भएका शिक्षकहरू अलि तिल्मिलाए जस्ता भए । एक दुई जना त अलि झिक्किएर प्रस्तुत हुन खोजे । हामीले सहजै प्रतिवाद गरेपछि त्यस्ता मास्टर साबहरु भक्कानिएर बाहिर निस्कए । त्यही बेला  नारायण सरले अलि अन्कनाउंदै त्यो बिवरण गोरेलाल खवाससंग भएको बताए । मैले त्यसको प्रतिवाद गर्दै यो स्कुलको प्रधानाध्यापक गोरे कि तपाईं भनेर प्रतिप्रश्न गरें अनि जिम्मेवार शिक्षकको भन्दा तल्लो तहका कर्मचारीको चुरीफुरी र चलखेलको चकरमा स्कुल फस्दै गएको भनी हुने गरेका बाहिरी टीका टिप्पणी सुनाइदिएं ।

    केहिबेरपछि विद्यार्थीको रेकर्ड भएका रजिस्ट्रर ल्याइयो । हामी हाजिरी पुस्तिका हेर्दै गयौ । रेकर्ड अनुसार कक्षा १ देखि  ५ सम्म सरदर डेढ दर्जन हाराहारी मात्रै विद्यार्थी रहेछन् । अर्थात् कुनै कक्षामा सोह्र सत्र जना त कुनैमा बीस एक्काईस जना मात्रै विद्यार्थी रहेछन् । हामीले अरु कक्षाको विद्यार्थी रेकर्ड पनि माग्यौं । कक्षा ६ देखि १० सम्म कुनैमा पचास साठी त कुनै कक्षामा सयभन्दा बढी  विद्यार्थी रहेछन् । आधारभुत तहमा विद्यार्थी अझै भर्ना भइ रहेको एक दुई जनाले स्पष्टीकरण दिइरहेका थिए । त्यसपछि पुस्तकालयमा लामो समयदेखि पुस्तहरु अध्याबधिक नभएको बारेमा नारायण सरसंग सोध्यौं । उनले पुस्तक परिवर्तन हुन लागेकोले गत बर्ष नयाँ पुस्तक नल्याइएको स्विकार्दै हल्ला चलेजस्तो पुराना पुस्तक मात्र नभएको बताए ।

    त्यसपछि हामीले कम्प्युटर ल्याबबारे सम्बन्धित शिक्षकसंग जानकारी माग्यौं । उनले कक्षा ३ माथिका विद्यार्थीहरुलाइ ल्याबमा कम्प्युटर सिकाएको र कक्षा    देखि सम्म कम्प्युटर कोर्षमै भएको बताए । त्यसपछि कम्प्युटर ल्याब देखाइयो । कक्षा १० सम्मका विद्यार्थीका लागि प्लान नेपालले दिएका १० कम्प्युटर चालू अबस्थामा रहेछन् । तर बेलबारी क्याम्पस पनि  त्यहीँ संचालन भएकोले कक्षाकोठाको अभाव भने प्रष्ट देखियो, जब कम्प्युटर कोठा कक्षा ११ र १२ का विद्यार्थीले प्रयोग गर्ने कम्प्युटर रुमको एक साइडमा देखियो ।

    त्यसपछि मैले स्कुलको श्रीसम्पत्तिको विवरण मागें । त्यसमा पनि शिक्षकहरू अलि अल्मलिएजस्ता भए । प्रधानाध्यापक खड्का पनि त्यहीँ हुनाले उनलाई पनि ठ्याक्कै उत्तर दिन गार्‍हो नै परेझैं देखियो । केहिबेरपछि सहायक प्र. अ. नारायण आचार्यले स्कुल रहेको  जग्गा बाहेक पुर्व बस स्टेसन नजिकै आठवटा सटर भएको स्थानमा १ रोपनी जग्गा भएको सुनाए । त्यहाँका सटर एक ठेकेदालाइ बार्षिक ९५ हजारमा मात्रै ठेक्का दिइएको रहेछ ।

    स्कुलको अरु क्षेत्रमा पनि प्रसस्तै जग्गा रहेछ । अहिले पशु हटिया  लाग्ने क्षेत्रमा भएको स्कुलको ८ कट्ठा जग्गा भैंसी बाध्न प्रयोग भएको रहेछ । त्यसैगरी त्यसभन्दा अलि तल पनि ६ कठ्ठा जमीन रहेछ , जहाँ  सिसौ घारी छ ।

    अन्ततिर स्कुलको पुर्वपट्टी पोहोर सडक बिस्तार गर्दा  बनाइएका ब्यापारिक सटरको कुरा उठ्यो । त्यो सुन्ने बित्तिकै शिक्षकहरु अलि जांगरिला देखिए । उनीहरूले खुलेरै त्यसबेला दलका नेताहरूले स्कुल प्रसासनलाइ थाहै नदिइ रातारात एक दुई जनाको घर बचाउनका स्कुलको जग्गा बाटोलाई बेचेर पैसाको सौदाबाजी गरेको आरोप लगाए । स्कुलका भएजति शिक्षकहरु बिरोधमा उत्रदा पनि दलिय निरंकुशताले जितेको भन्दै उनीहरूले आक्रोश पोखे । अझ के पनि खुल्यो भने पोहोर ब्यक्तिको घर बचाउन स्कुलको जग्गा मिचेबापत घरधनीले दिन कबुल गरेको पैसा अझै दिइसकेका रहेनछन् ।  अरुले बोलेपछि अन्त्यमा हेडसर मानबहादुर खड्कालाई राजमार्ग किनारमा निर्माणाधीन सटर र पोहोर बनाइएको सटरबारे सोध्यौं । यसपाली बन्दै गरेको सटरको बिवाद ब्यबस्थापन समिति र बिरोध गर्नेहरुको संयुक्त बैठक बोलाएर टुंगो लगाउने भन्दै उनी बोले -’ पोहोर स्कुलको जग्गा मिचेर सडक बनाएको बिरोध गर्दा विवाद भएको हुनाले त्यो सडक निर्माण समितिका अध्यक्ष शेषराज भन्ने मान्छे ( घिमिरे) संग अझै बोलचाल छैन ।’

    त्यसपछि आफुहरुको योगदानको दलका नेताहरुले अबमुल्यन गरेको दुखेसो गर्दै अर्का एक शिक्षक जंगिए ” कस्तो दलिय निरंकुशता , हामीले त बोल्नै नहुने रे , पोहोर दुइटाको घर बचाउनकै लागि स्कुलको जग्गा मिचिएकोमा बिरोध गर्दा एक दुई वटा नेताले तिमी जागिरे हौ चुप लाग भन्दै हप्काए । “

  • स्वस्थ भए मानसिक सन्तुलन गुमाएका सन्तबहादुर लिम्बू (साेल्टी), उपचार खर्च सार्वजनिक

    स्वस्थ भए मानसिक सन्तुलन गुमाएका सन्तबहादुर लिम्बू (साेल्टी), उपचार खर्च सार्वजनिक

    केशु विरही, बेलबारी, माेरङ/ विगत १५-१६ वर्षदेखि मानसिक राेगबाट ग्रसित भएर मानसिक सन्तुलन समेत गुमाई सकेका बेलबारी -२ का “साेल्टी” नामले परिचित सन्तबहादुर वाेखिम लिम्बू पछिल्लाे समयमा राम्ररी वाेलचाल गर्न सक्छन । र अाएका मानिसहरुलाई ठम्याउँन पनि पछि पर्दैनन् ।अाजकाे उनकाे याे अवस्था देखेर सबैजना चकित छन् । उनी याे अवस्थामा अाउलान भन्ने कसैले पनि साेचेका थिएनन् ।

    बेलबारी नगरपालिका वार्ड नं २ की स्थानीय जनप्रतिनिधि खिना थापा र “मायालु हातहरु” तथा “हेल्पिङ हेन्डस” नामक सामाजिक संस्थाकाे अहाेरात्र खटाईका कारणले मात्र सन्तबहादुरलाई अहिलेकाे अवस्थामा ल्याउन संभव भएकाे हाे ।

    ३६ वर्षीय सन्तबहादुर विगत १६-१७ वर्षदेखि मानसिक सन्तुलन गुमाएर त्यसै बाटाेमा हिडि रहन्थे । पुलमूनि सुत्थे, वाटामा भेटेका फाेहर चिज खाँदै हिड्थे । धेरैलाई उनकाे वारेमा थाहा थिएन । अाफ्नै परिवारलाई नै मतलव नभए पछि वाँकीलाई मतलव हुने कुरै थिएन । ठिक त्यस्तै भयाे । थाहा हुनेले पनि मतलव गर्दैनथे । तर साे दृष्य स्थानीय  समाजसेवी एवम् पूर्व सांसद समेत रहेका हर्कमान तामाङकाे अाँखामा पर्याे । उनले धेरै जनासँग साेधखाेज गरे । लामाे समय पश्चातकाे साेधखाेजबाट सन्तबहादुरकाे परिचय खुल्याे ।  उनले स्थानीय जनप्रतिनिधि एवम् मायालुहातहरु नामक सामाजिक संस्थाकी सल्लाहकार समेत रहेकी खिना थापासँग सल्लाह गरे ।

    उनकै सक्रियतामा मायालु हातहरु र हेल्पिङ हेन्स नामक संस्थाले सन्तबहादुरकाे उपचारमा ठूलाे याेगदान दिएका छन् ।

    उनीहरुले फेसवुकमार्फत सन्तबहादुर उपचार अभियान नै संचालन गरेका थिए ।

    फेसवुकमार्फत संचालन गरिएकाे उपचार अभियानमा विशेष गरेर विदेशमा रहने महानुभावहरुले ठूलाे सहयाेग पुर्याएका छन् ।

    लालभिती घर भै राेजगारीकाे सिलसिलामा दाेहा कतारमा रहेका लालभित्ती युवा संघ दाेहा, कतारमा अावद्ध नियम भुजेल लगायतका धेरै दयालु मनहरुले ठूलाे सहयाेग पुर्याएका छन् ।

    उनकाे उपचारकाे लागि संचालन गरेकाे अभियानले १ लाख ६६ हजार ५०१ उठेकाेमा  खर्च कटाएर रु १ लाख ३५ हजार रहेकाे अाज सार्वजनिक गरिएकाे कार्यक्रममा वताईयाे ।

    साथै उक्त वाँकी रकम उनकै उपचारमा खर्च गर्नेगरी उनकी छाेरीकाे नाममा वैंकमा जम्मा गर्ने जानकारी पनि हिसाब सार्वजनिक कार्यक्रममा दिईएकाे थियाे

    साे हिसाब सारणवजनिक कार्यक्रममा स्थानीय समाजसेवी एवम् पूर्व सांसद हर्कमान तामाङ, प्रताप थापा, स्थानीय भाेला गाैतम, मायालु हातहरुकी अध्यक्ष सन्जु हुमागाई, वार्ड नं का जनप्रतिनिधि कृष्णबहादुर लिम्बू, रमिते सामूदायिक वनका अध्यक्ष प्रेम राई, लालभित्ती वचत तथा ऋण सहकारीका अध्यक्ष सिताराम न्याैपाने लगायतका महानुभावहरुकाे सहभागिता रहेकाे थियाे ।

    खर्च सार्जनिक कार्यक्रमा वाेल्दै पूर्व सांसद हर्कमान तामाङले सन्तबहादुरकाे समस्या भनेकाे समाजकै समस्या भएकाेले यसकाे समाधानमा पनि हामीले नै लाग्नु पर्ने वताए । साथै उनले सन्तबहादुर लिम्बूकाे उपचारका संलग्न सबैलाई धन्यवाद पनि दिए ।

    सन्तबहादुर हाल बेलबारी -२ लालभित्तीमा अाफ्नी भाउजुसँग बस्दै अाएका छन।

    हिसाब सार्वजनिक तथा परिवारलाई हस्तान्तरणमा सन्तबहादुरी भाउजू कविता लिम्बूले उपचारमा सहयाेग पुर्याउने सबैलाई धन्यवाद दिईन ।

  • नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

    नगरभित्रका उत्कृष्ट विद्यालय तथा शिक्षकहरु सम्मानित

    केशु विरही, बेलबारी, मोरङ/ बेलबारी नगरपालिकाले एक कार्यक्रम गरी उत्कृष्ठ परीक्षाफल दिने नगरपालिका भित्रका सामूदायिक विद्यालय र तिनका विषयतग शिक्षकहरुलाई पुरस्कृत तथा सम्मान गरेको छ ।

    नगरपालिकाले साँस्कृतिक हलमा कार्यक्रममा संचालन गरेर नगरपालिकाको सुचांकमा उत्कृष्ठ देखिएका विद्यालय तथा शक्षकहरुलाई सामाजिक विकास मन्त्री जीवन घिमिरेको हातबाट पुरस्कार तथा सम्मान गरेको हो । सम्मान तथा पुरस्कार वितरण कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सामाजिक विकास मन्त्री जीवन घिमिरेले शिक्षकहरुले परिवर्तित अवस्थालाई वुझेर अगाडि वढ्नु पर्ने कुरामा जोड दिए । राम्रो काम गर्नेलाई सम्मान तथा गल तगर्नेलाई दण्डित गरिने वताए ।

    कार्यक्रमका अध्यक्ष एवम् बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले आफू र सिङ्गै नगरपालिका नगरको समग्र शैक्षिक अवस्थालाई माढि उठाउँने योजनामा रहेको । नगरप्रमुख सुवेदीले पुरस्कृत विद्यालय तथा विषयगत शिक्षकहरुलाई हार्दिक वधाई पनि दिएका थिए । नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रममा पूर्व सांसद हर्कमान तामाङ, प्रदेशसभा सांसद विजय विस्वास, नगरपालिकाकी उपप्रमुख ढाकाकुमारी पराजुली लगायत विभिन्न राजनैतिक पार्टीका प्रतिनिधिहरु, विद्यालयका प्रधानाध्याप तथा व्यवस्थापन समितिका अध्यक्षहरुको सहभागिता रहेको थियो ।

    नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले कार्यक्रमको औचित्यको वारेमा वताउँदै उपस्थित सबैलाई स्वागत गरेका थिए भने शिक्षकहरुको संस्थाको तर्फबाट गोविन्द भण्डारी, राजनैतिक दलको तर्फबाट पर्शुराम सुवेदी, पूर्व सांसद हर्कमान तामाङ, प्रदेशसभा सांसद विजय विस्वासले आ आफ्ना मन्तव्य राख्ने क्रममा कार्यक्रमले शिक्षकहरुमा उत्प्रेरणा जगाउने आसा व्यक्त गरेका थिए । साथै उनीहरुले नगरपालिकालाई धन्यवाद पनि दिएका थिए । २

    ०७३ सालको माध्यमिक शिक्षा परीक्षामा विद्यार्थीले प्राप्त गरेको जिपिएको आधारमा लक्ष्मी मावि बेलबारी –११ र गत सालको कक्षा ८ को परीक्षाफको आधारमा रामजानकी आधारभूत विद्यालय बेलबारी –७ लाई उत्कृष्ठ विद्यालय घोषण गरी तिनीहरुलाई १÷१ लाख रुपैया वरावरको चेक र प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि मन्त्री घिमिरेले पुरस्कृत विद्यालयलाई चेक तथा प्रशंसा पत्र प्रदान गरेका थिए । साथै सोहि अवसरमा विभिन्न १० जना विषयगत शिक्षकहरुलाई रु १० हजारका साथमा प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन बेलबारी नगरपालिकाका शिक्षा शाखा प्रमुख जीवन गड्तौलाले गरेका थिए ।

  • पाँच सयभन्दा बढी महिलालाई ब्यबशायिक तालिम दियो बेलबारी नगरपालिकाले

    पाँच सयभन्दा बढी महिलालाई ब्यबशायिक तालिम दियो बेलबारी नगरपालिकाले

     

    बेलबारी नगरपालिकाले ५ सय भन्दा वढि महिलाहरुलाई ब्याबसायिक बन्ने खालका तालिम दिएको छ । महिलाहरुलाई ब्याबसायिक बनाउनका लागी फर्नीचर पेन्टीङ देखि खाजा बनाउने सम्मका तालिम दिएको छ । जुत्ता चपल बनाउने सिलाई कटाई तथा लोक सेवा सम्बन्धी तालिमको आयोजना गरी महिलाहरुलाई सहभागीता गरेको छ ।

    महिलाहरुलाई क्ष्मता अभिबृद्धि गर्ने उदेश्यका साथ उदघोेष्ण तालिमको समेत आयोजना गरीएको बेलबारी नगरपालिका कार्यापालिका सदस्य खिना बस्नेतले बताईन । राजनिति ब्याबसाय देखी राष्ट्रसेवक कर्मचारी बन्नका लागी नगरपालिकाले तालिमको आयोजना गरेको प्रबत्ता योगेन्द्र सुबेदीले बताए । आदीवासि जनजाति पिछडा बर्गलागी बिनियोजित बजेटमा समेत महिला सहभागीतालाई पहिलो प्राथमीक्ता मानिएको छ ।

  • बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन

    बेलबारी क्याम्पसलाई सरकारले दियो चार बिघाभन्दा बढी जग्गा, बन्नेभो आफ्नै भवन

    अम्बिका भण्डारी / बिगत १० बर्ष देखि संचालनमा रहेको बेलबारी बहुमुखी क्याम्पसलाई  नेपाल सरकारले चार बिघाभन्दा बढी जग्गा उपलब्ध गराएको छ ।

    नेपाल सरकारको मन्त्री स्तरीय निर्णयबाट हालै सो जग्गा उपलब्ध गराइएको हो । सरकारले भोगाधिकारका लागि  उपलब्ध गराएको जग्गा बेलबारी नगरपालिका ३ स्थित पुरानो बेलबारीको सेक्टर बन कार्यालयभन्दा दक्षिणपट्टी छ । क्याम्पसले बिगत पाँच बर्षदेखि रोकेर राखेको जग्गा नै सरकारले उपलब्ध गराएको र मन्त्रीपरिषदको निर्णयपछि भोगाधिकारको लागि कागजात समेत उपलब्ध भइसकेको  बेलबारी क्याम्पस सन्चालक समितिका अध्यक्ष तथा बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले बताए ।

    वन मन्त्रालय अन्तरगत वन बिभागको स्वामित्वमा रहदै आएकोमध्ये चार बिघा तीन कठ्ठा सात धुर जग्गा  भोगाधिकारको लागि स्वीकृत भएको सुवेदीले जानकारी दिए । पाँच /छ बर्षअघि स्थानीय स्तरमा सोही जग्गा क्याम्पसले प्रयोग गर्ने सहमति भएको थियो ।  जग्गा भोगाधिकारको अनुमतीका लागि क्याम्पस संचालक समितिले बिगत पाँच बर्षदेखि पहल र ताकेता गर्दै आएको थियोे । यसअघि लामो समयसम्म पनि जग्गाको अनुमती लिन नसकेको भन्दै टीका टिप्पणी समेत हुन थालेको थियोे ।

    क्याम्पसको भवन लगायत भौतिक संरचना निर्माणका लागि बेलबारी नगरपालिकाले आर्थिक बर्ष २०७५/०७६ को बजेटमा १ करोड रुपैयाँ बिनियोजन गरेको छ । बिनियोजित बजेटबाट नगरपालिकाकै पहलमा टेण्डर आब्हान गरी ठेक्का लगाएर भवन निर्माणको काम शुरु गराउने  क्याम्पसका अध्यक्ष तथा मेयर सुवेदीले बताए ।
    क्याम्पसको भवन निर्माणका  लागि यसअघि मौज्दात ५० लाख मौज्दात रहेको क्याम्पस प्रमुख खगेन्द्र प्रसाद लुइँटेलले जानकारी दिएका छन् । जस अनुसार क्याम्पसको भवन निर्माणका लागि नगरपालिकाले दिएको १ करोड समेत गरी करिब डेढ करोड बजेट भएको छ  ।

    क्याम्पसले नगरपालिकाबाट ६० प्रतिशत र अन्य स्रोतबाट ४० प्रतिशत लगानी गरेर क्याम्पसका संरचना बनाउन प्रस्ताव गरेको र त्यस बिषयमा छलफल गरिने मेयर सुवेदीले बताए ।
    बेलबारी बहुमुखी क्याम्पसले आर्ट्स, कमर्स, र एजुकेसनको पढाई संचालन गर्ने अनुमती पाइसकेको छ । तर कक्षा कोठा तथा विद्यार्थीको कमी लगायत विभिन्न कारणले हाल कमर्स र एजुकेसनको मात्र पढाई हुंदै आएको क्याम्पस प्रसासनले जनाएको छ । क्याम्पसमा हाल २ सय ९६ जना विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख लुइँटेलले बताए । उनका अनुसार क्याम्पसमा हाल कर्मचारी र प्राध्यापक समेत गरी २३ जना स्टाफ छन् ।

    आफ्नै भवन नहुंदा बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक विद्यालयमा क्याम्पस संचालन गरिदै आएको छ । भगवती स्कुलमा बिहान क्याम्पसको पढाई र दिउँसो स्कुलको पढाइ हुने गरेको  छ । बेलबारी बहुमुखी क्याम्पस २०६५ सालमा स्थापना भएको थियोे ।

  • वडाध्यक्षलाइ मेयरको निर्देशन, ‘ सटर तुरुन्त भत्काउनु, नत्र डोजरले भत्काउंछ’

    वडाध्यक्षलाइ मेयरको निर्देशन, ‘ सटर तुरुन्त भत्काउनु, नत्र डोजरले भत्काउंछ’

    अम्बिका भण्डारी , बेेलबारी  । बेलबारी ३ मा अबस्थित भगवती माध्यमिक बिद्यालयको अगाडि राजमार्ग मिचेर ब्यापारिक सटर बनाएर बिबादित  भएपछि विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदीले निर्माणाधीन सटर तुरुन्त भत्काउन निर्देशन दिएका छन् ।
    विद्यालय ब्यबस्थापन समितिका एक दुई पदाधिकारी र कर्मचारीको मिलेमतोमा आफुुखुुुशी राजमार्ग क्षेत्रमा ब्यापारीक सटर बनाएपछि मेयरको यस्तो निर्देशन आएको हो ।
    विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तथा  बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतम र प्रधानाध्यापक मानबहादुर खडका सहित केही ब्यक्तिले आफुखुशी पुर्ब पश्चिम सडकको क्षेेेत्राधिकार मिचेर बनाउन थालेको भन्दै केहीदिन देखि स्थानीयबासिन्दाबाट व्यापक बिरोध हुँदै आएको थियोे । साथै ब्यापारीक सटर बनाउनस्कुलका जग्गादाता र स्थानीयबासीलेे   अबरुद्द गरेपछि केही ब्यापारीबाट कोठा भाडा बापत लिइएको पेश्की सहित निर्माणको लागि खर्चिएको झण्डैे १० लाख रुपैयाँ जोखिममा परेको छ ।
    बिद्यालयको ब्यबस्थापन समितिका एक दुई जना पदाधिकारी र विद्यालयका प्रधानाध्यापकको मिलेमतोमा मनखुशी सडकको ८५ फिटमै ईटा लगाएर सटर निर्माण गरेपछि बिद्यालयका जग्गादाता समेत रहेका राजनीतिज्ञ तथा समाजसेवी प्रतापकुमार थापाको नेतृत्वमा स्थानीयले आइतबार निर्माण कार्य अबरुद्ध गरेका थिए । स्थानीयले अवरोध गरेपछि निर्माण कार्य अनिश्चितकालका लागि रोकिएको छ ।
    सडक मिचेर सटर निर्माण भएको बारे विभिन्न सञ्चार माध्यममा समाचार आएपछि सो कार्य रोक्न नगरपालिका लगायत सम्बन्धित निकायमा जानकारी गराउँदा पनि  बेवास्ता गर्दै सडककको जग्गामा नाफा कमाउने नियतका साथ निर्माण कार्य नरोकेको भन्दै आईतबार थापा सहित बेलबारीका स्थानीय बासिन्दाले निर्माण कार्य अबरुद्ध गरेका थिए । निर्माण कार्य नरोकिए बनाइएका संरचना भत्काउने उनीहरूले चेतावनी दिएका छन ।

    नगरपालिकालेे मौखिक  र लिखित रुपमा सटर भत्काउन भगवती स्कुल र ब्यबस्थापन समिितिलाई  निर्देशन दिइएको र अटेर गरे नगरपालिकाले आफैं  डोजर लगाएर भत्काउने मेयर सुवेदीले संयन्त्रलाई बताए ।