खोर्साने केराबारी सडकमा चर्को भाडा असुलिएको भन्दै केराबारी गाउँपालिकामा ज्ञापन
Uttari Morang
युवा संघ र वाइसीएल सम्बद्ध संयुक्त युवा कार्यदल केरावारी गाउँ संगठन कमिटीले केरावारी खोर्साने केराबारी सडकको गाडी भाडा घटाउन माग गर्दै केराबारी गाउंपालिकामा ज्ञापनपत्र बुझाएको छ ।
नेपाल सरकारले तोकिएको पक्की सडकको भाडा दर कायम हुनुपर्ने र जेष्ठ नागारिक तथा विद्यार्थी वर्गलाइ सरकारले तोके बमोजिमको छुट हुनुपर्ने लगायतका माग राखी गाउँपालिका अध्यक्ष रोहित कार्कीलाई ज्ञापनपत्र बुझाइएको हो ।
केरावारी गाउपालिकास्थित बजार क्षेत्र तथा आसपासका क्षेत्रमा बसोबास गर्ने आम जनताहरुलाइ खोर्साने केरावारी ११ किमिको सडकखन्ड कालोपत्रे हुदा समेत कच्ची सरह नै प्रती व्याक्ती रु ३५ अनि विद्यार्थी वर्गलाइ रु २५ र जेस्ठ नागारिकलाइ पुरै भाडा लिदै आएको गुनासो रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको युवा संघ नेपाल केरावारी गाउँ संगठन कमिटीको अध्यक्ष विवेक भुजेलले बताए ।
पालिकाको सम्पुर्ण विद्युतका समस्यालाइ समेटेर पनि नेपाल विद्युत प्राधिकरण बेलबारी शाखालाइ पनि संयुक्त युवा कार्यदलले गत १४ गते ज्ञापन पत्र बुझाएको छ । अब केरावारी गाउपालिकामा रहेका समस्या विरुद्धमा संयुक्त युवा कार्यदल लाग्ने र त्यस्ता विकृति कु संस्कारको अन्त्य समेत गर्ने युवा संघ नेपाल मोरङ जिल्ला कमिटी सद्स्य सुमन मिरिङ्चिङ मगरले बताए ।



