२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा सम्पन्न

Author Uttari Morang
बुधबार, आश्विन ०९, २०८१
देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा सम्पन्न

.मोरङ केराबारी ९ देवीझोडास्थित देवीझोडा सामुदायिक वन उपभोक्ता समुहको २५ औं साधारण सभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।शनिबार आफ्नै नवनिर्मित कार्यालय भवन परिसरमा वनले विभिन्न कार्यक्रमसहित साधारणसभा गरेको हो । साधारणसभा कार्यक्रममा केराबारी ९ का वडाध्यक्ष गोपाल याक्खा प्रमुख अतिथि थिए भने स्थानीय विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अतिथि थिए ।
कार्यक्रममा समुहका अध्यक्ष गोबिन्द बस्नेतले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आशा लिम्बूले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी समुहका सह-सचिव विमल विष्टले आ.व.०८१/८२ को बार्षिक अनुमानित आम्दानी तथा खर्चको कार्य योजना प्रस्तुत गरेका थिए ।
साधारणसभामा लेखा समिति संयोजक अविषेक राईले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सो अबसरमा १०८० सालको SEE परिक्षामाउत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाइ पुरस्कारसहित सम्मान गरिएको थियो । साधारणसभामा गोपाल मेमोरियल बोडिङ स्कूलका विद्यार्थीहरू‌ले आकर्षक नृत्यहर प्रस्तुत गरेका थिए । २५ औ साधारणसभा १० जना जेष्ठ उपभोक्ता सदस्यहरुलाइ सम्मान गरिएको थियो । गत बर्ष जिल्लाकै उत्कृष्ट सामुदायिक वनको रूपमा पुरस्कृत भएको यस सामुदायिक वनले उपभोक्ता हित तथा सामाजिक क्षेत्रमा विभिन्न कामहरू गर्दै आएको छ ।