२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang

हाम्रो बारे

बिक्रम सम्बत २०६३ सालमा जिल्ला प्रशासन कार्यालय  मोरङमा दर्ता भई २०६४ को शुरुतिरैबाट संयन्त्र साप्ताहिक  पत्रिका प्रकाशन गर्न थालेदेखि संयन्त्र नाम  ब्राण्डको   रूपमा बिकास हुन थाल्यो । त्यसपछि संयन्त्र संचार सहकारी स्थापाना भयो, जसले रेडियो बेतना संचालन गरिरहेको छ । बिक्रम सम्बत २०६९ सालमा उत्तरी मोरङकै पहिलो अनलाइनको रुपमा संचालित अनलाइन हो – संयन्त्र डटकम । २०७३ सालमा संयन्त्र मिडिया प्रालिको स्थापना भयो, जसले संयन्त्र साप्ताहिक, संयन्त्र डटकम हुँदै हाल नाम परिवर्तित उत्तरी मोरङ डटकम संचालन गर्दै आएको छ  ।

uttarimorang.com संयन्त्र मिडिया एण्ड कल्चर प्रा. लि. द्वारा संचालित न्युज पोर्टल हो । विश्वको जुनसुकै कुनामा रहेका नेपालीहरुलाई सुचना र मनोरंजन दिदै आएको  छ ।  युट्युब च्यानल Uttari Morang हाम्रो अर्को सञ्चार माध्यम (Media)  हो ।

उत्तरी मोरङ  डटकम  बिश्वभर छरिएर विभिन्न देशमा रहेका नेपालीहरुको पहुँच हुने गरी गाउँ, टोल, छरछिमेक र समाजमा घट्ने बिभिन्न  घटना र परिस्थितिको जानकारी दिने मुलतः पुर्वी नेपाललाई फोकस गरी संचालन गरिएको एक शसक्त संचार माध्यम हो  ।

मोरङ बेलबारीमा संयन्त्र संचार सहकारी संस्था खोलेर रेडियो बेतनाको स्थापना पनि हाम्रै टिमको अगुवाइमा भएको हो तर त्यो अलग्गै संस्था हो ।

बिक्रम सम्बत २०८० जेठ १ गतेदेखि हामीले खासगरी पुर्वीय कला, साहित्य र लोक संस्कृतिको संरक्षण, प्रबर्द्धन र बिकास गर्ने जुनेली दोहोरी नामक लाइभ दोहोरी कार्यक्रम पनि सञ्चालन गर्न थालेका छौँ ।  युट्युब च्यानल Juneli Dohori (juhari) मार्फत हरेक १५ दिनमा प्रसारण हुने यो कार्यक्रम मार्फत कला र क्षमता भएका तर ओझेलमा रहेका प्रतिभाहरुलाइ प्राथमिकता दिने गरिएको छ ।

“कुना काप्चा कन्दरामा बेली चमेली, लोक संस्कृति जगाउँदै आयो जुनेली” भन्ने नारासहितसंचालित योकार्यक्रमले कला र लोक संस्कृतिकोइतिहासमा पुर्वमा एउटा छुट्टै इतिहास रचेको ।छ