खोर्साने केराबारी सडकमा मोटरसाइकल दुर्घट्ना , चारजना घाइते
Editor
खार्साने केराबारी सडक खण्ड अन्र्तगत सोमबार साँझ भएको दुई छुटा छुटै दुर्घट्नामा परी केराबारीका ३ सहित ४ जना घाइते भएका छन् ।
विश्वकर्मा मन्दिर नजिकै अन्दाजी ५ बजेको समयमा भएको मोटरसाइकल दुर्घट्नामा परी मोरङ केराबारी १० का रोहित कट्वाल, संखुवासभा सिलिङचोङ गाउँपालिका १ बस्ने वर्ष ४० का गणेश राई र सोही ठाउ बस्ने वर्ष ४८ को लवकुमार राई घाइते भएका हुन् । घाइतेहरु मध्य कट्वालको विराट नसिंग होममा उपचार भइरहेको छ ।
दुर्घट्नामा संलग्न मोटरसाइकलहरुलाई ट्राफिक पोष्ट बेलबारीको नियन्त्रणमा राखिएको छ ।
त्यसैगरी खोर्साने केराबारी सडक खण्डमा सोमबार साँझ तिर विश्वकर्मा मन्दिर नजिकै भएको सवारी दुर्घट्नामा परी मच्छिन्द्र माबिका शिक्षक दिल कुमार राई घाइते भएको इलाका प्रहरी कार्यलय केराबारेद जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार खोर्सानेबाट केराबारी आउँदै गरेको मोटरसाइकल र केराबारीबाट रमाइलो मोरङ तर्फ जादै गरेको स्कुटी ठक्कर हुदा मच्छिन्द्र मावि केराबारीका शिक्षक दिलकुमार राई घाइते भएका हुन। घाइतेको अवस्था सामान्य रहेको बताइएको छ ।



