सुकुना क्याम्पसमा जीवनदृष्टि एवम् जीवनशैली बारे कार्यशाला सम्पन्न
Uttari Morang
नेपालमै सुपरिचित एवम् स्थापित लोकप्रिय सामुदायिक सुकुना बहुमुखी क्याम्पसले शनिबार जीवनदृष्टि एवम् जीवनशैली विषयमा एक दिवशीय कार्यशाला आयोजना गरी सम्पन्न गरेको छ ।
शिक्षक, कर्मचारी, सञ्चालक समिति, लेखा समिति, पुनरावेदन समिति, सल्लाहकार समिति, विद्यालयका प्रधानाध्यापकहरू र सङ्घ/संस्थाका प्रतिनिधिहरूका लागि क्याम्पस परिसरमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा जीवनशैली, वैज्ञानिक अध्यात्म तथा योग आदिबारे योग प्रशिक्षक, लेखक, अनुसन्धानकर्ता र वातावरण संरक्षक तथा अन्तर्राष्ट्रिय स्तरमा योग आयुर्वेदविज्ञ एवम् प्रशिक्षक डा. राजु अधिकारीले जीवनदृष्टि एवम् जीवनशैलीका विषयमा प्रस्तुतीकरण गरेका थिए ।
सहजकर्ता अधिकारीले जीवन स्वस्थ्य बनाउन अपनाउनु पर्ने उपायहरू र सकारात्मकम सोचको विकास गर्ने तरिकाहरूपनि प्रस्तुत गरेका थिए ।
सहजकर्ता डा. अधिकारीले बिचबिचमा योग अभ्यास समेत गराएका थिए । जीवन सुखि र समृद्ध बनाउने विषयमा कार्यक्रमको अन्तमा प्रश्नोत्तर र छलफलसमेत गरिएको थियो । क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले औपचारिक रूपमा सञ्चालन गरेको कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष केशव अधिकारीले सहजकर्तालाई स्वागत/सम्मान गर्नुभएको जानकारी क्याम्पसका अधिकृत नवराज कोइरालाले बताए ।




