कृषि/सहकारी
केराबारी साकोसको दोश्रो बार्षिक साधारण सभा सम्पन्न
Uttari Morang
सोमबार, आश्विन २६, २०८३
केराबारी साकोसको दोश्रो बार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ ।
साधरण सभाको अबसरमा साकोसले सबैभन्दा ज्येष्ठ सदस्यको प्रमुख आतिथ्यतामा असल ऋणी,बालबचत कर्ता र जेस्ठ बचत सदस्यलाइ सम्मान गरेको छ। सस्थाको सबैभन्दा जेस्ठ सदस्य बिश्नुमाया मगरको प्रमुख आतिथ्यता र शेयर सदस्यहरुको आतिथ्यतामा सम्पन्न भएको साधरण सभा बिन्दा श्रेस्ठको सभापतित्वमा सम्पन्न भएको हो।
२बिक्रम सम्बत ०५० सालमा स्थापित सामुदायिक साकोस,केराबारी पालिकामा दर्ता भएको खदम हिल साकोस,लक्षित समृद्धि बहुदेशिय साकोस र शुभारम्भ साकोस मर्ज भै बनेको केराबारी साकोसले सस्थाको भवन निर्माण गर्ने योजना बनाएको छ।




