२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

मोरङ फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण कार्यक्रम 

Author Uttari Morang
मंगलबार, साउन २९, २०८१
मोरङ फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण कार्यक्रम 

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मोरङले फोनिजको स्थापना दिवस तथा रजत जयन्तीमा वृक्षारोपण तथा शुभकामना आदनप्रदान गरेको छ ।
संस्थाको रजत जयन्तिको अवसरमा फोनिज मोरङले पथरी शनिश्चरे–१० मा रहेको पशुपति सामुदायिक वन उपभोक्ता समितिको वन क्षेत्रमा फलफूल लगायत विभिन्न प्रजातिको विरुवा रोपेको हो ।
फोनिज मोरङका जिल्ला अध्यक्ष दिनेश सुब्बाको सभापतित्वमा भएको कार्यक्रममा संगठनको संघीय अनुशासन आयोगको संयोजक अर्जुन जम्नेली राईको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जम्नेली, नेपाल पत्रकार महासंघ मोरङ जिल्लाको कार्यवाहक अध्यक्ष मोहन भट्टराई, फोनिज प्रदेश समितिको सल्लाहकार सदस्य फिपराज बेघा, पशुपति समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष पुष्पबहादुर शाही र धिमाल जातीय अभियान्ता प्रकाश धिमाल लगायतले शुभकामना दिएका थिए । आयोजक समितिको सचिव अनिल श्रेष्ठद्वारा सञ्चालन भएको कार्यक्रम उपाध्यक्ष अशोक गुरुङले स्वागत मन्तव्य राखेका थिए ।
शुभकामना दिने क्रममा राईले आम पत्रकारहरुलाई व्यवसायिक र भौतिक सुरक्षा चुनौती कायम रहेको प्रसंश उल्लेख गर्दै राज्य गम्भीर हुनुपर्ने बताए । अर्को प्रशंगमा राईले राजनीतिक पार्टीहरु विचार, दर्शन, सिद्धान्तलाई तिलान्जली दिएर भ्रष्ट्राचारको दलदलमा फस्दै गएको, पद र पैसाको लागि जे पनि गर्नुपर्ने सन्देस प्रवाह गरिरहेको आरोप लगाउदै जनता सचेत बन्नु पर्ने बताएका छन । राईले प्रदेश नं.१ को नाम कोशी खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण गरिए मात्र देशमा शान्ति कायम रहने दाबी गरे ।
शुभकामना आदानप्रदान पछि उपस्थित पत्रकारहरु तथा पशुपति सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष बालकुमार मगर, सचिव, कोषाध्यक्ष, सल्लाहकार लगायतको सहभागितामा वृक्षारोपण गरेका थिए ।
फोनिजको कार्यक्रम पश्चात पथरी शनिश्चरे नगरमा सञ्चार ग्राम स्थापित गर्ने गरी जग्गा व्यवस्थापन गर्न १० नं. वडा अध्यक्ष जीवन खतिवडासँग भेटेर छलफल गरेका छन । इलाइबेरी, समाचार कक्षा, पत्रकार सम्मेलन लगायतको सञ्चार कर्मी र नगरबासीको सहजताको लागि सञ्चार ग्राम स्थापित गर्न पहल गर्न आफ्नो तर्फबाट सहयोग गर्ने वडा अध्यक्ष खतिवडाले प्रतिबद्धता व्यक्त गरेका छन ।

फोनिजको २५ औं स्थापना दिवस संघीय समिति काठमाडौं, युरोप, अमेरिका, नेपालको हरेक प्रदेश र जिल्लाहरुमा विभिन्न कार्यक्रम गरेर मनाइएको प्रमुख अतिथि अर्जुन जम्नेली राईले बताए ।