Blog

  • सार्वजनिक शौचालयबिहिन भयो बेलबारीको राजमार्ग क्षेत्र

    सार्वजनिक शौचालयबिहिन भयो बेलबारीको राजमार्ग क्षेत्र

    अम्बिका भण्डारी / पुर्व पश्चिम सडक बिस्तारका क्रममा बेलबारी राजमार्गमा जोडिएको  एकमात्र सार्वजनिक शौचालय भत्काइएपछि बेलबारी बजारको अग्र भाग सार्वजनिक शौचालय बिहिन बन्न पुगेको छ ।

    बेलबारी नगरपालिकाको पश्चिम सिमाना किस्ती पुलदेखि साढे ८२ फुटभित्रका घर टहरा लगायतका संरचना भत्काउंदै पुर्व जाने  क्रममा बुधबार बेलबारी बजारको पश्चिमपट्टी लोहोन्द्रा खोला छेउमा रहेको शौचालय स्काबेटर लगाएर भत्काइएपछि बेलबारीको राजमार्ग क्षेत्र सार्वजनिक शौचालयबिहिन बन्न पुगेको हो ।

    धेरै पहिले बनाइएको भएपनि सो शौचालय दुई चार बर्षयता मर्मत अभावमा अलपत्र अबस्थामा थियो । अरु दिन दैनिक दुई चार जनाले शौचालय प्रयोग गरेपनि हरेक सोमबार लाग्ने सोमबारे हटियाका दिन भने दिशा पिसाब गर्नेहरूको भिड हुन्थ्यो । सो शौचालयको रेखदेख र सरसफाइका लागि छेउमा टहरा बनाएर राधा मल्लिकको परिवार बस्दै आएको भएपनि उनीहरूले परिवार धान्न पनि धौ धौ परेको बताउने गरेका थिए । त्यसबाट  नगरपालिकाले एक सुको पनि आम्दानी लिएको थिएन । पुर्व पश्चिम् सडक नजिकै रहेको शौचालय र टहरा भत्केपछि मल्लिकको परिवार बिस्थापित भएको छ । त्यसैगरी रांगा, भैंसी आदि पशुको बध र सोमबार मासु बेच्न बनाइएको बधशाला पनि भत्काईएको छ ।

    हुन त बेलबारीमा अर्को शौचालय नै नभएको होईन तर राजमार्ग भन्दा करिब सय मीटर उत्तरमा नयाँ हटिया क्षेत्रमा अर्को शौचालय त छ तर उक्त शौचालय सोमबार हटियाको दिन बाहेक अरु दिन प्रयोग बिहिन हुने गरेको छ । अचम्म त के भने  बजार क्षेत्रबाट र राजमार्ग दुवैबाट अपायक पर्ने सो शौचालय रहेको अधिकांश स्थानीयबासीलाइ पनि थाहा छैन ।

    भत्काइयो मलामी खाजाघर पनि

    त्यसैगरी लोहोन्द्रा खोलाको पश्चिमपट्टि लोहोन्न्द्रा पुलदेखि दक्षिणपट्टी रहेको मलामी खाजा घर पनि स्काबेटर लगाएर भत्काइएको छ ।

    लोहोन्द्रा खोलामा मलामी आएकालाई बस्न केही बर्षअघि बनाइएको मलामीघर भत्काइएको छ । मलामीघर सडकलाई असर गर्ने स्थानमा नभएकोले सो भत्काएकोमा धेरैले नगरपालिकाले गलत काम गरेको टिप्पणी गरेका छन् ।

    भत्कियो मन्दिर पनि

    त्यसो त सडक बिस्तारका क्रममा इलाका प्रहरी कार्यालय अगाडि रहेको मन्दिर पनि भत्काइएको छ । सडक क्षेत्रमा पर्ने प्रहरी कार्यालयका टहरा भत्काउने क्रममा मन्दिर भत्काइएको हो ।

    भत्किए थुप्रै घर

    त्यसो त राजमार्गको क्षेत्र सफा गर्ने क्रममा लालभित्तिदेखीका केही घर पनि भत्काइएका छन् ।  त्यसबाहेक लालभित्तिमा प्रदिप गुरुङ र लोकनाथ ढकाल लगायतका घरका अगाडि जोडेर कर्कटपाता हाली बनाइएका संरचना भत्काइएका छन् । बेलबारी बजारको  उत्तरका केही घरका अघिल्ला भाग भत्काइएका छन् ।

    थापा चोकको फलैंचा स्थानीय लक्ष्मण थापाले केही दिनमा भत्काउने शर्त गरेपछि छाडिएको छ । लोहोन्द्रा पुल छेउमा मलामी घरको उत्तरपट्टी लालालभित्तिका  केही घर बेलबारी २ का वडाध्यक्ष घनश्याम गौतमले जिम्मा लिएर तत्काल भत्काइएका छैनन् ।

  • करोडौं लागतमा बिराटचोकमा बन्ने भयो अत्याधुनिक र नेपालकै नमूना वाकिङ स्ट्रीट

    करोडौं लागतमा बिराटचोकमा बन्ने भयो अत्याधुनिक र नेपालकै नमूना वाकिङ स्ट्रीट

    केही  समय अघि नगरका विभिन्न ठाउँमा अन्तर्राष्ट्रिय मापदण्डको अत्याधुनिक शौचालय निर्माण अभियान थालिएको सुन्दरहरैंचामा फेरि अर्को नमुना काम सुरु गरिने भएको छ ।

    स्थानीय व्यवसायी तथा समाजसेवी र नगरपालिकाको सहकार्यमा सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा पूर्वमै पहिलोपटक वाकिङ स्ट्रीट बनाउन सुरु गरिएको हो । यो वाकिङ स्ट्रीट पनि अन्तर्राष्ट्रिय स्तरको नेपालकै नमुना हुने निर्माण समितिका सदस्य नारायण कार्कीले जानकारी दिए ।

    कस्तो बन्नेछ वाकिङ स्ट्रीट ? 

    पहिलो चरणमा विराटचोकको मुख्य चोकबाट दक्षिणतर्फ ५ सय मिटर लामो वाकिङ स्ट्रीट बनाउन लागिएको हो । जसअन्तरगत अहिले रहेको हरैंचातर्फ जाने बाटो टु वे हुने छ । जुन ७ मिटर चौडाइको रहनेछ । यस्तै दुवैतर्फ १५–१५ फिट चौडाइको फुटपाथ र बगैँचा निर्माण गरिनेछ ।

    जहाँ विभिन्न आकर्षक बिरुवाहरू, पानीको फोहोरा, बस्ने फलैंचा लगायत निर्माण गरिनेछ । वाकिङ स्ट्रीट धूलोमुक्त हुनेछ भने यस क्षेत्रमा रहेका घरहरूमा एउटै प्रकारको रङ लगाइने छ । एउटै रङ लगाउने निर्णय भए पनि कुन रङ लगाउने भन्ने बारे निर्णय भई नसकेको कोशीहरैंचा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज चापागाईंले जानकारी दिए ।

    वाकिङ स्ट्रीट क्षेत्रमा अपरान्ह ४ बजेपछि रातको ११ बजेसम्म बजार लाग्नेछ । जुन समयमा सवारी साधन सञ्चालनमा रोक लगाइने छ । साना निजी सवारी साधन भने सञ्चालन गर्न पाइने चापगाईंले बताए । सो समयमा ठुलो सवारी साधनले खोर्साने, हरैंचामोड तथा बुधबारेको बाइपास बाटो प्रयोग गर्न सक्नेछन् ।

    कति लाग्छ लागत ? 

    वाकिङ स्ट्रीट बनाउन १ करोड ३७ लाख ५० हजार रुपैयाँ लागत लाग्नेछ । जसअन्तरगत नगरपालिकाबाट ५०,००,००० उपभोक्ताबाट ४९,२०,००० र  अन्य श्रोतबाट ३८,३०,००० गरी जम्मा १,३७,५०,००० लागत जुटाउने निर्माण समितिले जनाएको छ । वाकिङ स्ट्रीटका लागि जेठ १ गतेदेखि प्राविधिक काम सुरु भइसकेको छ ।  अब आउँसो असार २५ गते भित्र नै वाकिङ स्ट्रीट निर्माण सम्पन्न हुने समितिको दाबी छ ।

    यसरी वाकिङ स्ट्रीट निर्माण भएपछि यस क्षेत्रको व्यापार व्यवसायमा वृद्धि हुने स्थानीय व्यवसायीको अपेक्षा छ । यस क्षेत्रमा रातीको ११ बजेसम्म बजार लाग्ने छ । जसका कारण असपासका इटहरी, विराटनगर, बेलवारी, पथरी लगायतका क्षेत्रबाट मानिसहरू किनमेलका लागि आउनसक्ने अपेक्षा गरिएको छ ।

    अन्य विभिन्न मुलुकको भ्रमणका क्रममा देखेपछि विराटचोकमा पनि वाकिङ स्ट्रीट निर्माण गर्ने अवधारणा आएको अध्यक्ष चापागाईंको भनाइ छ । यसअघि सुरु गरिएको अत्याधुनिक सार्वजनिक शौचालन निर्माणको अभियान समेत अहिले जारी रहेको उनी बताउँछन् । खोर्साने, विराटचोक, हरैंचा र सलकपुरमा शौचालय निर्माणको काम तीव्र गतिमा अघि बढेको उनले जानकारी दिए । – रेवती निरौला

  • बेलबारीमा बन्ने भो ट्राफिकको आफ्नै भवन, १३ सदस्यीय समिति गठन

    बेलबारीमा बन्ने भो ट्राफिकको आफ्नै भवन, १३ सदस्यीय समिति गठन

    लामो समयदेखि भाडामा कोठा लिएर संचालन हुँदै आएको ट्राफिक प्रहरी पोष्ट बेलबारीको आफ्नै भवन बन्ने भएको छ ।

    तामाङ घेदुङ गुम्बा बेलबारी र तमु गुम्बा बेलबारीले ट्राफिकलाई बेलबारी नगरपालिका १ दुर्गा मन्दिर नजिकै बन कार्यालय उत्तरपट्टि आफ्नो स्वामित्वमा रहेको जग्गा दिएपछि  भवन बन्ने भएको हो । ट्राफिक प्रहरीका असइ लिला श्रेष्ठले दिएको जानकारी अनुसार तामाङ गुम्बाले करिब ८ कठ्ठा जग्गा दिएको छ । त्यसैगरी तमु गुम्बाले समेत सोही स्थानमा १ कट्ठा जग्गा उपलब्ध गराएको छ । दुई संस्थाले उपलब्ध गराएको ९ कठ्ठामा भवन बनाउने तयारी थालिएको श्रेष्ठले बताए ।

    ट्राफिक प्रहरी पोष्ट बेलबारीको आयोजनामा बुधबार भएको सर्वपक्षीय भेलाले समाजसेवी प्रताप थापाको अध्यक्षतामा १३ सदस्यीय ट्राफिक भवन निर्माण समिति गठन गरेको छ । बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी समेतको उपस्थितिमा भएको भेलाबाट गठित समितिको उपाध्यक्षमा माधब थापा, सचिव लीला श्रेष्ठ, कोषाध्यक्ष रुक्मिणी धिमाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कन्चन राई, धर्म गुरुङ, शान्ता तामाङ, कृष्ण गुरुङ, भोला गौतम, राजेन्द्र अधिकारी, सन्देश तामाङ र बाबुराम श्रेष्ठ रहेका छन्  ।

    भेलाले तिलक राई, महेन्द्र सुवेदी, शिवप्रसाद बराल, धर्म कट्टेल अम्बिका भण्डारी, डिल्ली पुरी, गोबिन्द निरौला, पुर्ण गुरुङ र गंगा श्रेष्ठ रहेको  अनुगमन समिति गठन गरेको छ ।

    भवन बनाउन समिति निर्माण भएपनि हालसम्म कुनै बजेट बिनियोजन भएको छैन । नगरपालिकाले सहयोग गर्ने वचन दिएको र अन्य स्रोतबाट समेत सहयोग जुटाएर भवन निर्माण गरिने नवगठित समितिका अध्यक्ष प्रताप थापाले बताए । – केशु विरही 

  • बेलबारी हत्याकाण्डको १२ बर्ष : न राहत र क्षतिपूर्ति , न दोषीलाई कारबाही

    बेलबारी हत्याकाण्डको १२ बर्ष : न राहत र क्षतिपूर्ति , न दोषीलाई कारबाही

    मोरङ । “बाह्र बर्षमा बगेको खोला पनि फर्किन्छ”भन्ने नेपालीमा एउटा उखान छ तर मोरङको बेलबारीमा भएको एउटा दर्दानाक र कहालीलाग्दो हत्याकाण्ड भएको १२ बर्ष बितिसक्दा समेत न त पिडितले न्याय नै पाए न त दोषीलाई कारबाही नै भएको छ ।

    घटना भएको यतिका समय बितिसक्दा समेत पिडितहरुले उचित न्याय पाएका छैनन । अझै उनीहरु न्यायको पाउने झिनो आशामा रहेका छन । घटनाका मुख्य दोषीलाई कारबाही भएको हेर्ने पिडितको रहर जिवितै छ तरपनि कारबाही हुन्छ या हुन्न त्यो रहस्यको गर्भमै छ ।

    यसरी भएको थियोे बेलबारी हत्याकाण्ड

    लोकतन्त्र प्राप्तिका लागी सबै नेपालीहरु सडकमा थिए । त्यहि बेला जनआन्दोलन समेत उत्कर्षमा पुगेको थियो । ठिक त्यति नै बेला मोरङको बेलबारीमा नेपाली सेनाले गरेको नरसंहारकारी घटना गरायो । सोही घटना भएको १२ बर्ष पुरा भईसकेको छ तरपनि अझैसम्म पनि बेलबारीबासीहरुले त्यो कालो दिन भुल्न सकेका छैनन । र पिडितले अझै न्याय पनि पाउन सकेका छैनन । न्यायको अभाबमा पिडितहरु अझै भौतारिरहेका छन । तर जिम्मेवार निकाय अझैपनि पिडामा मल्हम बन्न सकेको छैन ।

    बि.स.२०६३ बैशाख १२ गते राति बेलबारी ३ की स्थानीय २२ बर्षीया सपना गुरुङको नेपाली सेनाले बलात्कारपछि हत्या गर्यो । बैशाख १३ गते सोही घटनाको बिरोधमा उत्रिएका हजारौ स्थानीय माथी सेनाले अन्धाधुन्द गोली चलाँउदा ६ जनाको ज्यान जानुका साथै ५२ जना निर्दोष सर्बसाधारण घाईते भए । तत्काल मृत्यु हुनेमा बेलबारी ३ का सुनिता ऋषिदेब बेलबारी २ का प्रसाद गुरुङ,इन्द्रपुर ३ का फुर्बा तामाङ,इन्द्रपुर ४ का प्रभुनाथ भटराई,मृगौलिया ८ का छत्र बहादुर परियार रहेका थिए भने सो घटनामा घाईते भएका बेलबारी ४ का गोपालचन्द्र गौतमले पनि पिडा सहन नसकेपछि २०६६ चैत १४ गते आत्माहत्या गरे ।

    के भयो घटनापछि ?

    यो नरसंहारकारी घटनापछि बिपि प्रतिष्ठान धरानमा एकैचोटी साईरन बज्यो । बिरलै हुने यस्ता घटनामा सकंटको अबस्था जानकारी गराउनका लागी अस्पतालले साईरन बजाउने गर्दछ । घटनाको छानविन गर्न तत्कालिन सांसद परी थापाको संयोजकत्वमा गठित छानवीन समितिले मृतकका परिवारलाई १० लाख, अङगभङग् भई घाइते भएकालाई ६ लाख, घाइतेलाई ७५ हजार र सामान्य घाइतेलाई २५ हजार  क्षतिपूर्ति दिन सरकारलाई सिफारिस गरेको थियो । सरकारले भने मृतक परिवारलाई जनही ३ लाख, अङगभङ्ग भई घाइते भएका १० जनालाई जनही ७५ हजार, घाइते २२ जनालाई जनही २५ हजार र सामान्य घाइतेलाई १० हजारका दरले क्षतिपूर्ति दिएको थियो । सरकारले पटक पटक गरी मृतकका परिवारलाई १० लाख रुपैया उपलब्ध गराएपनि घाईतेहरुलाई भने बेवास्ता गरिरहेको छ । सपनाका छोराछोरीलाई उच्च शिक्षा सम्म पढाई दिने भनिएपनि त्यो हुन सकेको छैन ।

    के छ पिडितको अबस्था ?

    घटना भएको यतिका बर्ष बितिसक्दा समेत घटनाका पिडितले अझै न्याय पाउन सकेका छैनन । अझ सपनाका २ जना नानीहरुको लालनपालन गर्दै बसिरहेकी उनकी आमा बेलबारी १ की ५३ बर्षीया शोभा गुरुङले त थुप्रै आश्वासन आएपनि काम कहीबाट नभएको गुनासो गरेकी छिन । सोही घटनामा घाईते भएका ब्यापारी फिरोज खान अझैपनि राम्रो सँग हिँडडुल गर्न सक्दैनन । चुरी ब्यापार गरेर राम्रै कमाई गर्दै आएका फिरोजका खुट्टामा चोट लागेका कारण अझैपनि उनी बैशाखीको सहारामा हिँडडुल गर्छन । घाईते भएपछि उनको बिवाह समेत हुन सकेको छैन । उनको सरकार र सम्बन्धित पक्षले आफुहरुको माग पुरा नगर्दा जिबन जिउँन गाहे भएको गुनासो गर्छन ।

    सपना गुरुङ् हत्या काण्डका  दाेशीलाई तत्काल कारवाही घाईतेलाई Ôतिपूर्ति उपचारको माग राखेर पीडितले थुप्रैपटक आन्दोलन गरे । सङघर्ष समिति पनि बन्यो तर केही पनि राहत मिल्न नसकेको पिडितहरु बताउँछन । सात जनाको ज्यान जाने गरी भएको हत्या काण्डका पीडितले पटक–पटक सरकारको ध्यानाकशर्ण गराउँदा पनि वास्ता नगरेकाले आन्दोलन गर्नका लागि घाइते हेमसागर ढकालको संयोजकत्वमा पीडित सघर्È समिति गठन गरी पटक पटक गिरिजा प्रसाद कोइराला,माधब कुमार नेपाल,पुष्पकमल दहाल नेतृत्वको सरकार समक्ष समितिले गृहमन्त्रालय र शान्ति मन्त्रालयमाः आफना मागको वारेमा ध्यानाकर्Èण गराएको संयोजक ढकालले वताए । शान्तिपूर्ण ढंगले जायज माग राख्दा कुनै वास्ता भएको छैन। घटनाका घाईते समेत रहेका ढकालले गुनासो गरेका छन ।

    के कारबाही भयो घटनाका दोषीलाई ?

    सोही घटनाका मुख्य दोषी भनिएका नेपाली सेनाका तत्कालीन क्याप्टेन प्रल्हाद थापा मगरलाई के कारबाही गरियो या गरिएन ? उनी अहिले कहाँ के गर्दैछन ? सो को जानकारी कसैलाई छैन । शुरुमा सरकारले नै दोषीलाई कारबाही गरिने बताएको थियो तर मगरलाई के कारबाही गरियो त्यो भने अहिलेसम्म जानकारी आएको छैन ।

    आफ्नो छोरीको हत्या गर्ने योजनाका मुख्य नाईके मगर नै भएको र उनलाई हदैसम्मको कारबाही भएको देख्न र सुन्न पाएमात्रै आफनो छोरीको आत्माले शान्ति पाउने सपनाकी आमा बताउँछिन । आफु जिवितै हुँदा दोषीलाई कारबाही भएको सुन्ने र देख्ने उनको ठुलो सपना छ । टुहुरा नातिनातिनाकी अभिभावक बनेर लालनपालन र शिक्षादिक्षा दिईररहेकी उनको अझै झिनो आशा छ दोषीलाई छोरीको आँसुले पिरोलोस र उनलाई कारबाही होस । घटनाका पिडितहरु अझै पनि न्याय पाउने झिनो आशमा बसेका छन ।

    के गर्दैछ स्थानीय सरकार ?

    देशमा स्थानीय सरकार निर्बाचित भएको १ बर्ष बितिसकेको छ । यो बिचमा स्थानीय सरकारले सोही हत्याकाण्डका बिषयमा केही बोलेको पाईएको छैन । तत्कालीन बेलबारी गाबिस वडा नम्बर ३ रहेको सो स्थान हाल बेलबारी नगरपालिका वडा नम्बर ३ कायम भएको छ । सोही घटनाको बिषयमा नगरपालिकालाई कति जानकारी छ या छैन । त्यो समेत बाहिर आऊन सकेको छैन । पिडितले न्याय पाउँछन या पाउँदैनन त्यो समेत अनिश्चित बनेको छ ।

  • कहिले न्याय पाउलान् संयन्त्र सहकारीको स्थापनाकालका शेयर सदस्यहरुले

    मोरङ । लामो समयदेखि हिसाबकिताब नदेखाइएको र साधारणसभा समेत नगरिएको कारण  मोरङको बेलबारीस्थित रेडियो बेतनाका करिब डेढ सय जना शेयर सदस्यहरूको लगानी जोखिममा परेको छ ।

    रेडियो संचालक समितिको बेबकुवीका कारण दुई बर्षभन्दा लामो  समयदेखि साधारणसभा नहुदा लगानी जोखिममा परेको हो । हाल रेडियो संचालक समितिको  मनोमानी कतिसम्म छ भने हालसम्म रेडियोमा कतिजना शेयर सदस्य छन् भन्ने कुनै रेकर्ड नै छैन । त्यतिमात्र होईन, कतिजना शेयर सदस्य छन् भन्ने कुरा अध्यक्ष बाहेक अरु कुनै पदाधिकारीलाई थाहै छैन । अझ कर्मचारीलाई तलब खुवाउन पैसा नपुगेको भन्दै पुराना  शेयर सदस्यहरुबाट उठाइएको थप १५ हजार रुपैयाँको रेकर्ड समेत कार्यालयमा छैन ।

    रेडियो बेतना संयन्त्र सन्चार सहकारीद्वारा संचालित सामुदायिक रेडियो हो । कानुनी रुपले सहकारीको संचालक समिति नै रेडियो संचालक समिति हो । त्यसैले सहकारी र रेडियोको संचालक समिति एउटै छ । संचालक समितिमा बिगत दुई कार्यकाल अर्थात् ६ बर्ष देखि राजकुमार  लिम्बू अध्यक्ष छन् । दोश्रो कार्यकालमा लिम्बू निर्वाचित भएपछि २०७२ साल चैतमा साधारणसभा गरिएपनि त्यसयता साधारणसभा गरिएको छैन । त्यसबेला पनि रेडियोमा ठुलो घाटा देखाइएको थियो । दोस्रो कार्यकाल पनि यस अघि नै सकिइसकेको छ ।

    दुई बर्षअघि गरिएको  साधारणसभामा कुल १ सय ६ जना शेयर सदस्यहरुको बिवरण देखाइएको थियोे । तर त्यस समययता शेयर सदस्य  थपेर अध्यक्षले करिब देढ सय पुर्याएको रेडियो संचालक समितिका एक सदस्यले बताए । तर को को शेयर सदस्य थपिएका छन् भन्नेबारे अध्यक्ष लिम्बू बाहेक अरु कसैलाई थाहा नभएको उनले बताए । लामो समयदेखि संचालक समितिको बैठक नबसेको र बसेका बैठकहरुमा पनि अध्यक्षले त्यसबारे जानकारी नदिएको नाम नबताउने सर्तमा ती सदस्यले बताए । रेडियोमा हर हिसाब हेर्न खटाइएका (एकाउन्टेन्ट) कुल प्रसाद बरालले समेत रेडियोमा कति शेयर सदस्य छन् भन्नेबारे आफुलाइ जानकारी नभएको बताउने गरेका छन् । बराल अध्यक्ष राजकुमार लिम्बुका निकट पात्र मानिन्छन् ।

    अझ लाजमर्दो कुरा त के भने  संयन्त्र सन्चार सहकारी तथा रेडियो बेतनाको संचालक समितिका  सचिब लीला आचार्यलाई समेत शेयर सदस्यको संख्याबारे थाहा रहेनछ । उनलेे पनि त्यसको जानकारी अध्यक्षलाई मात्र भएको स्वीकार गरे । साधारणसभा कहिले हुन्छ भन्ने प्रश्न गर्दा आचार्यले यकिन गरी भन्न सकेनन् तर  साधारणसभाको आन्तरिक तयारी भइरहेकोले चाडै साधारणसभा हुने दाबी गरे ।

    शुरुमा  सय वाट क्षमताको रेडियोलाइ हालकै समितिले ५ सय वाट स्वीकृत गराएर सोही अनुसार सन्चालन गरिरहेको छ । पछिल्लो पटक शेयर थपिएको पनि त्यही प्रयोजनका लागि नै हो । तर थपिएका शेयर सदस्यहरुको रकम कति हो र कतिजना थपिएका छन् भन्नेबारे संचालक समितिको बैठकमा पनि जानकारी गराइएको छैन । यधपी अध्यक्ष राजकुमार लिम्बूले अबको साधारणसभाबाट आफुले रेडियोको नेतृत्व छाड्ने घोषणा गरिसकेका छन् ।

     हुन त अध्यक्ष लिम्बू स्वच्छ छबि भएका मानिन्छन् । उनी लोभीपापी नभएकै कारण सहकारीको न्युनतम ज्ञान नभए पनि  रेडियोको पहिलो कार्यकालमा उनलाइ अध्यक्ष बनाइएको थियो । तर अरुको कुरा सुन्नै नमान्ने , कामको जस एकलै मात्र लिन खोज्ने र गलत मान्छेहरुको प्रभावमा परेर उनीहरूको कुरा मात्र मान्ने बानीका कारण पछिल्लो समय उनको छवि बिग्रदै गएको छ ।  गत स्थानीय तहको चुनावमा काङ्ग्रेसबाट बेलबारी नगरको मेयरका लागि चुनाव लडेका लिम्बुले दुई सय भोटले चुनाव हारेका थिए ।

    त्यसो त आफू निकटका  मानिसहरूलाई च्याप्ने लिम्बुको बानीको कारण समेत पछिल्लो समय रेडियो धराशायी बन्दै गएको छ । तीन बर्ष अघि केही कर्मचारीले रेडियोमा ठुलो हिनामिना र फटाइ गरेपनि तीनीहरुको फटाइ गुपचुप पार्ने कोशिश गरिएको थियो । दबाब झेल्न नसकेपछि ती कर्मचारीलाई रेडियोबाट निकालिएपनि हिनामिना भएको रकम त्यत्तिकै गुपचुप पारिएको थियो । त्यस यता रेडियोमा स्टेसन म्यानेजर समेत छैन । केही कर्मचारीकै भरमा रेडियो चल्दै आएको छ ।

    हालसम्म सहकारी स्थापना कालदेखिका कुनै शेयर सदस्यले शेयर प्रमाणपत्र समेत पाएका छैनन् । सहकारीद्वारा संचालित रेडियो भएपनि न चारखाता बनाइएको छ, न त ब्यबस्थित लेखा प्रणाली नै छ ।

    अर्कोतिर रेडियोको माउ संस्था संयन्त्र सन्चार सहकारी संस्था लि. को स्थापना गर्ने शेयर सदस्यहरु आफुहरुलाइ पछिल्लो सन्चालक समितिले  अन्याय गरेको भन्दै बिगतदेखि नै आन्दोलित छन् । पटक पटक रेडियोको सन्चालक समितिलाई ज्ञापनपत्र बुझाउदा र छलफलका लागि आग्रह गर्दा पनि  अध्यक्ष राजकुमार लिम्बुले सुनुवाइ गर्न इन्कार गरेको आरोप उनीहरूले लगाउदै आएका छन् ।

    सहकारीका करिब ३५ जना संस्थापक शेयर सदस्यमध्ये  आधाजसोको हाल शेयर कायम भएपनि अरुलाइ शेयरको रकम थपका लागि जानकारी पनि  नगराइएको, शेयरको रकम फिर्ता पनि नदिइएको र शेयर सदस्यबाट बन्चित गराइ साधारणसभामा पनि नबोलाइने गरिएको संयन्त्र सन्चार सहकारीका पुर्व अध्यक्ष तथा पुर्व सांसद नरेन्द्र बस्नेतले बताए ।

    केही महिनाअघि सहकारीका संस्थापक शेयर लसदस्य तथा पुर्व पदाधिकारीहरुले रेडियोको पछिल्लो संचालक समिति समक्ष ७ बुदे ज्ञापनपत्र पनि बुझाएका थिए । सोही समयताका उनीहरूले संचालक समितिले सुनुवाइ नगरेको भन्दै डिभिजन सहकारी कार्यालय मोरङमा उजुरी पनि दिएका थिए । डिभिजन सहकारीले पटक पटक फोनबाट छलफल गरी विवाद मिलाउन निर्देशन दिदा पनि संचालक समितिले अटेर गरेपछि लिखित पत्राचार समेत गरेको थियो । तर सहकारी डिभिजनको त्यो निर्देशनको अवज्ञा गरिदै आएको छ ।

  • तेस्रो मुलुक पुनर्बासपछि शिविरमा रहेका शरणार्थीहरुको हरिबिजोग

    तेस्रो मुलुक पुनर्बासपछि शिविरमा रहेका शरणार्थीहरुको हरिबिजोग

    तिन दशकदेख राष्ट्रियता गुमाउनुको पीडा, त्यसमाथि वर्षौंदेखि आश्रय लिएर बसेको थातथलोबाट पनि परिवारका सदस्यलाई छानीछानी तितरवितर र छिन्नभिन्न पारिएको अर्थात् सात समुद्रवारि र पारि बनाइएको अवस्था । गरिखान सक्नेहरू त जसोतसो जिएकै छन् तर बेहाल छ, बूढाबूढी र केटाकेटीको ।


    हो, अधिकांश तेस्रो मुलुक गएर जनसंख्या घटेपछि झापा र मोरङको शिविरमा रहेका भुटानी शरणार्थी समस्यै समस्याले पिरोलिन थालेका छन् । पथरीस्थित शनिश्चरे शिविर व्यवस्थापन समितिका सचिव चम्पासिङ राईका अनुसार जनसंख्या घटेसँँँगै विश्व खाद्य कार्यक्रमले हरेक व्यक्ति र परिवारलाई दिँदै आएको सुविधामा पनि कटौती गरेको छ । पहिले विश्व खाद्यले दिनको दुई केजी चामलसहित दाल, चिनी, नुन तेल, पौष्टिक आहारलगायत सबै खाद्यान्न दिन्थ्यो । तरकारी र खाना पकाउन इन्धन पनि दिने गरिएको थियो तर यसमा करौंती चलाइएको छ ।
    पहिले दुई जिल्लाका ७ वटा शिविरमा गरी करिब एक लाख १५ हजार शरणार्थी थिए । अमेरिकालगायत विभिन्न मुलुक गएर शिविर खाली हुन थालेपछि केही वर्षयता दमकको बेलडाँगी र मोरङको शनिश्चरे शिविरमा मात्र राखिएको छ । हाल त्यहाँ करिब ७ हजार र कागजात नमिलेर छुट भई परिचयपत्र नपाएकासमेत गरी करिब ९ हजार शरणार्थी मात्रै बाँकी छन् । तीमध्ये करिब ३ देखि ४ हजारजति तेस्रो मुलुकमा पुनर्वास जान इच्छुक छन् तर कतिपय तेस्रो मुलुकले पृष्ठभूमिका आधारमा लैजान अस्वीकार गरेका कारण पनि पीडित बनेका छन् । खासगरी बुढेसकालमा पुगेका शरणार्थी स्वदेश फर्केर मर्ने धोको पूरा गर्नका लागि देउता पुकारी बसिरहेका छन् ।
    केपी ओलीसहित ३ जना प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेका छन् । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राई र मन्त्री हिक्मत कार्कीलगायतलाई समेत भेटिसकेका छन् तर स्वदेश फिर्तीलगायतका मागमा नेपाल सरकार गम्भीर नभएको गुनासो गर्छन् । हजारौं भारतीयले प्रवेश गर्नासाथ नेपालको नागरिकता लिएको तर तीन दशकसम्म बस्दा पनि भुटानीलाई बेवारिसे बनाइएको उनीहरूको दुखेसो छ ।
    परिवारका अरू सदस्यलाई पुनर्वासका लागि तेस्रो मुलुकमा लगिएपछि सबैभन्दा बढी बृद्धावृद्धा, एकल महिला र बालबालिकाको बिजोग भएको छ । धेरैजसो डिप्रेसनको शिकार भएको र कतिपयले आत्महत्या गरेको राई बताउँछन् । जनसंख्या घटेपछि शिविरस्थित विद्यालयसमेत बन्द हुने अवस्थामा पुगेका छन् ।
    – अम्बिका भण्डारी

  • सरकारी रबैयाका कारण डुबेेेेको डुब्यै भो समाजसेवा गर्न खगेन्द्रले खर्चेको लाखौं रुपैयाँ

    सरकारी रबैयाका कारण डुबेेेेको डुब्यै भो समाजसेवा गर्न खगेन्द्रले खर्चेको लाखौं रुपैयाँ

    बेलबारी २ मोरङ निबासी खगेन्द्र नेउपानेले २०७२ सालमा आफ्ना बाबू स्वर्गीय बिष्णुप्रसाद नेउपानेको स्मृतिमा कुनै सामाजिक काम गर्ने सोच बनाए । उनले सामाजिक कामका लागि १२/१५ लाखसम्म खर्च गर्ने योजना पनि गरे । तर सामाजिक कामको लागि कुन क्षेत्रमा अनि कुन बिषय र शिर्षकमा लगानी गर्दा उपयुक्त हुन्छ भन्ने अन्योल भयो । केही समयको आफनै अध्ययनपछि उनले निधो गरे एम्बुलेन्स खरिद गरेर समाजलाई हस्तान्तरण गर्ने । उनले नजिकै रहेको लालभित्ति बचत तथा ऋण सहकारी संस्था रोजे र त्यही संस्थालाई एम्बुलेन्स किनेर हस्तान्तरण गर्ने निधो गरे ।

    २०७२ पुसमा आफ्नै  घरमा खगेन्द्रले सप्ताह महापुराणको आयोजना गरेका थिए । त्यही पुराणमा उनले करिब साढे तीन सय वृद्ध वृद्धालाइ १५ सयका दरले नगद र दोसल्लाले सम्मान पनि गरे ।

    पुराणको समापनपछि तत्कालीन भुमिसुधार मन्त्री रामकुमार सुब्बाको उपस्थितिमा लालभित्तिमै एक भब्य कार्यक्रम गरियो ।  त्यही कार्यक्रममा एम्बुलेन्सको चाबी बनाएर सहकारीलाई हस्तान्तरण गरियो भने खगेन्द्र मन्त्रीको हातबाट सम्मानित भए ।

    आफ्नै  ठाउँमा पहिलोपटक एम्बुलेन्स आउने कुराले स्थानीयबासी पनि हर्षित थिए । त्यसैले खगेन्द्रलाई बधाई र आभार व्यक्त गर्नेको ओइरो नै थियो त्यसबेला ।

    आफ्नै ठाउँमा एम्बुलेन्स आएको देख्न स्थानीयबासी हतारिएका हुनाले खगेन्द्रले त्यसैबेला नै एम्बुलेन्स खरिदका लागि करिब  एक तिहाइ रकम अर्थात् ९ लाख ६७ हजार रुपैयाँ कएम्बुलेन्सको आयात तथा बिक्री गर्ने धरानमा अबस्थित टाटा शोरुमलाई भुक्तानी गरे । बिक्रेताले पनि एम्बुलेन्स आयात गर्ने प्रक्रिया अगाडि बढायो । एम्बुलेन्स सन्चालन गर्न लागेको सहकारीले तत्काल एम्बुलेन्स  स्वीकृति लिन पहल गर्न सकेन । केही समयपछि एम्बुलेन्स संचालन गर्ने स्वीकृतीका लागि पहल त थाल्यो तर प्रक्रियागत ढिलाइका कारण त्यो आर्थिक बर्षभित्र एम्बुलेन्स संचालन गर्ने स्वीकृति मिलेन । त्यत्तिकैमा २०७३ साउनदेखि सहकारीलाइ एम्बुलेन्स नदिने निति ल्यायो । त्यसपछि सरकारी रबैयाका कारण गाउँमा एम्बुलेन्स ल्याउने खगेन्द्रको सपना हालसम्म अधुरै छ ।

    कुनै पनि संस्थाले एम्बुलेन्स चलाउन जिल्ला प्रसासन कार्यालय र त्यसपछि जनस्वास्थ्य कार्यालयको स्वीकृति चाहिन्छ । तर खगेन्द्रले हस्तान्तरण गर्ने भनिएको एम्बुलेन्सका लागि हालसम्म सिडियोले नै स्वीकृति दिएका छैनन् । खगेन्द्रका अनुसार सिडिओले स्वीकृत नगर्दा  एम्बुलेन्सको फायल जिल्ला जनस्वास्थ्यमा जान पाएकै छैन । जसका कारण एम्बुलेन्स भन्सारमै थन्किएको छ ।

    हुन त खगेन्द्रको परिवारको आफ्नै मेडिकल पनि नभएको होइन । उनले आफनै स्वास्थ्य संस्थाबाट एम्बुलेन्स ल्याएर चलाउन पनि सक्थे । तर उनले नाफारहित तबरले सामाजिक ध्येयले एम्बुलेन्स संचालन होस्  भन्ने सोचेर सहकारी संस्था रोजेका थिए । तर चाबी र पैसा बुझाएको दुई बर्ष नाघिसक्दा पनि एम्बुलेन्स आउन सकेको छैन । पावर र पहुँच भएकाहरुले अहिले पनि एम्बुलेन्स ल्याइरहेको दाबी गर्दै खगेन्द्र प्रतिप्रश्न गर्छन्  – “समाजका लागि लाखौं पैसा खर्चेर सामाजिक सेवा गर्छु भन्दा पनि नपाइने राज्यको कस्तो नीति हो ? राज्यको रबैयाका कारण आफू निरुत्साहित भएको खगेन्द्र सुनाउंछन् । – अम्बिका भण्डारी 

  • नौ करोड लगानीमा सुन्दरहरैंचाका विभिन्न ठाउँमा बन्ने भए सातवटा अत्याधुनिक शौचालय

    नौ करोड लगानीमा सुन्दरहरैंचाका विभिन्न ठाउँमा बन्ने भए सातवटा अत्याधुनिक शौचालय

    मोरङको सुन्दरहरैंचा नगरपालिकामा ९ करोडको लागतमा अत्याधुनिक सार्वजनिक शौचालय बनाइने भएको छ । सुन्दरहरैंचा नगरपालिका क्षेत्रका ७ स्थानमा शौचालय निर्माण गर्न लागिएको हो । नगरपालिकाको हरैंचा बजार, विराटचोक, सलकपुर, गोठगाउँ, खोर्साने, बलिया र गछिया बजारमा शौचालय बनाउन लागिएको हो ।
    सात स्थानमध्ये ५ स्थानमा सोमबार शौचालयको शिलान्यास समेत गरिएको छ । शौचालय बनाउनका लागि कतिपय ठाऊँमा जग्गा खरिद गरिएको छ भने कतिपय ठाऊँमा सार्वजनिक जग्गाामा शौचालय निर्माण गरिनेछ ।
    यी हुन् शौचालय बनाउने ७ ठाऊँ
    खोर्सानेमा सुकुना माविको छेउमा, विराटचोकमा पश्चिम बस स्टेण्ड दक्षिणपट्टि, हरैंचामा हात्तीसारको सार्वजनिक जग्गामा, सलकपुरमा वन विभागको जग्गामा र बलियामा बाटो उत्तरुपट्टि पैनीको छेउमा रहेको सार्वजनिक जग्गामा शौचालय निर्माण गरिने प्रदेश सांसद् राजकुमार ओझाले जानकारी दिए ।
    विराटचोक र खोर्सानेमा भने शौचालय निर्माणका लागि जग्गा खरिद गरिएको हो । विराटचोकमा ७७ लाख ५० हजार र खोर्सानेमा २१ लाखमा शौचालय निर्माणका लागि जग्गा खरिद गरिएको हो । यस्तै गछिया र गोठगाऊँमा विद्यालयको जग्गामा शौचालयन बनाउने कुरा भइरहेपनि छिनोफानो भइसकेको छैन । अन्य ५ स्थानमा भने सोमबार नै शौचालयको शिलान्यास गरिएको छ ।
    मोरङ क्षेत्र नम्बर ३ का सांसद् भानुभक्त ढकाल, प्रदेश सांसद् राजकुमार ओझा, लोकप्रसाद संग्रौला, मेयर शिवप्रसाद ढकाल, उद्योग वाणिज्य संघ सुन्दरहरैंचाका अध्यक्ष नवराज चापागाईं लगायतले शौचालयको शिलान्यास गरे ।
    यसरी जुटाइने छ बजेट
    सात वटै स्थानमा २ वर्ष भित्र शौचालय निर्माण गर्ने बताइएको छ । जसका लागि नगरपालिकाले ३५ प्रतिशत लगानी गर्ने छ भने अरु ६५ प्रतिशत स्थानीयबासीबाट संकलन गरिनेछ ।
    सार्वजनिक शौचालय निर्माणका लागि भनेर गतवर्ष उद्योग वाणिज्य संघले सुन्दरहरैंचामा महोत्वस समेत लगाएको थियो । महोत्सवबाट बचत भएको ८० लाख रुपैयाँमा उद्योग वाणिज्य संघबाट थपथाप गरि विराटचोक र खोर्सानेको जग्गा खरिद गरिएको संघका अध्यक्ष नवराज चापागाईले जानकारी दिए । अब अन्य रकम नगरबासी बाटै संकलन गर्ने र त्यसले समेत नपुगेमा प्रतिनिधिसभाका सांसद् र प्रदेश सांसद्सँग समेत माग गरिने बताइएको छ । चापागाईका अनुशार शौचालय निर्माणका लागि सोमबार उद्घाटनको अवसरमै ५० लाख भन्दा बढी रकम संकलन भइसकेको छ ।
    यस्तो बन्ने छ शौचालय 
    शौचालय भन्ने वित्तिकै हामी फोहोर र दुर्गन्धित सम्झन्छौं । जहाँ बसेर हामीलाई केही खान त परै जाओस् शौच गर्न समेत समस्या पर्ने गर्छ । तर सुन्दरहरैंचामा बन्ने शौचालय यति सफा हुनेछन् की, शौचालय छेउमै बसेर खाना खान समेत सकिनेछ ।
    यस्तै शौचालय प्रयोग गर्नका लागि ५ रुपैयाँको सिक्का आवश्यक पर्नेछ । शौचालयको ढोकामा जडान गरिएको मेसिनमा ५ रुपैयाँको सिक्का छिराएपछि मात्र ढोका खुल्नेछ । शौचालयमा पस्तकालय र शैलुन समेत निर्माण गरिनेछ भने मोवाइल चार्ज गर्ने र नुहाउने सेवा पनि प्रदान गरिने छ । शौचालयको सरसफाईका लागि सोहि भवनमा कर्मचारी बस्नेछन् । शौचालयको व्यवस्थापन उद्योग वाणिज्य संघको मातहतमा हुनेछ । – रेवती निरौला

  • पुर्वी नेपालको अर्को पर्यटकीय गन्तव्य बन्दै रमिते डांडा

    पुर्वी नेपालको अर्को पर्यटकीय गन्तव्य बन्दै रमिते डांडा

    अम्बिका भण्डारी, बेलबारी, मोरङ । मोरङको  बेलबारी नगरपालिका २ लालभित्तिमा अबस्थित रमिते सामुदायिक वनले रमिते डांडामा यस बर्ष करिब १२ लाख लगानी गरेर आकर्षक पर्यटकीय स्थल  बनाएको छ ।

    खासगरी बनभोज अर्थात पिकनिकका लागि अति नै उपयुक्त रमिते डांडामा रमिते सामुदायिक वनले सडक, खानेपानीका धारा, शौचालय  तथा कटेजहरुको निर्माण तथा ब्यबस्था गरी आकर्षक पर्यटकीय स्थल बनाएको हो ।
    सामुदायिक वनका अध्यक्ष प्रेम राइका अनुसार यसबर्ष पिकनिक स्पोटको पुर्वाधारका लागि सामुदायिक वनले बार्षिक बजेटमा  पर्यटन प्रबर्द्धन शिर्षकमा ६ लाख रुपैयाँ बिनियोजन गरेको थियोे । तर काम थालेपछि सो रकम अपुग भएकोले यसैबर्ष करिब १२ लाख रुपैयाँ खर्च भएको राइले बताए ।

    वनको पुर्व योजना अनुसार रमिते डांडामा ६ वटा कटेज चौतारी निर्माण भएका छन् । त्यसैगरी सो स्थानमा जाने सडकको मर्मत भएको छ भने खानेपानीको ब्यबस्थाका लागि ट्यांकी समेत निर्माण भएको छ । योजना अनुसार पुर्वपट्टीको होचो भागबाट बोरिङ गरी पानी तानेर ट्यांकीमा जम्मा गरी ठाउँ ठाउँमा धाराको ब्यबस्था हुनेछ ।

    त्यस्तै सो क्षेत्रमा शौचालयको समेत ब्यबस्था गरिनेछ ।
    मसला लगायतका विभिन्न बोटबिरुवाले गर्दा थप आकर्षक देखिने रमिते डांडाको करिब  ३ बिघा क्षेत्रफलमा तारबार समेत लगाइएको छ । यस स्थलमा बर्सेनि लगानी थप गर्दै जाने र यसलाई  पुर्वको एक आकर्षक पर्यटकीय गन्तव्य बनाउने योजना रहेको वनका अध्यक्ष राइले बताए ।

    बेलबारी नगबेलबारीले पनि रमिते डांडाको बिकास र प्रबर्द्धनका लागि सहयोग गर्ने आश्वासन दिएकोले आगामी बर्ष मिनी चिडिया घर र भ्यू टावर समेत बनाउने योजना रहेको उनले बताए ।
    पुर्व पश्चिम सडकमा अबस्थित लालभित्ती चोकबाट करिब अढाई किलोमीटर उत्तरमा अबस्थित यो ठाउँको पुर्वपट्टी बस्ती रहेको छ , जुन  बेलबारी २ र केराबारी ९ को सिमानामा पर्छ ।पश्चिमतिर चारकोसे जंगलको छेवैमा अबस्थित यो ठाउँ अग्लो स्थानमा रहेकोले यहाँबाट वरपरका दृश्यहरु अबलोकन गर्न सकिन्छ ।

  • काँग्रेसलाई समयमै नचिन्दा बर्बाद भएँ ,— उमेश गिरी , काँग्रेसका पुर्व लडाकु

    काँग्रेसलाई समयमै नचिन्दा बर्बाद भएँ ,— उमेश गिरी , काँग्रेसका पुर्व लडाकु

    बिराटनगर महानगर १० निवासी ६५ बर्षिय उमेश गिरी ४ मंसिरमा अचानक अध्यक्ष केपी ओलीको हातबाट टीका लगाएर एमालेमा प्रबेश गरे । उनकै टोल शान्चि चौकमा बिहान भएको चुनावी आमसभामा उनले ओलीको हातबाट टीका ग्रहण गरेर आफुलाई एमाले कार्यकर्ता बनाएका थिए ।

    कुनै बेला काँग्रेसका लडाकु मानिने गिरीले लामो समय काँग्रेसमा सेवा गरे । मोरंगको ५ नम्बर क्षेत्रबाट स्वर्गीय नेतृ शैलजा आर्चाय बिरुद्ध दुई पटक बागी उम्मेदवारी दिएर चुनौती मोल्दै चर्चामा आएका गिरीले २०६४ मा तमलोपाबाट पनि निर्वाचन लडेका थिए । जहाज अपहरण काण्ड , कृष्णप्रसाद भट्टराई हराउ काण्ड , उद्योगी तुलसीराम अग्रबाल अपहरण काण्ड लगायत बिभिन्न काण्डमा जोडिएका गिरी आफु जन्मजात कम्युनिष्ट स्वभावको भएको तर काँग्रेसमा लागेर बर्बाद भएको बताउँछन — गणेश लम्साल
    कहिलेदेखि काँग्रेसमा लाग्नु भएको थियो ?
    २०२२ सालमा बिराटनगरको तीनपैनीमा जन्मेको हुँ । मलाई जनता प्राबिमा दुर्गा सुबेदीले पढाउँथे । आर्दशबाट एसएलसी गरेपछि मोरंग क्याम्पसमा पनि आइए पढन भर्ना भएँ । मैले १६ सालको स्थानिय चुनावमा पहिलो पटक काँग्रेसको रुख चिन्ह देखेको थिएँ । दुर्गा दाई (सुबेदी) क्रान्तिकारी थिए । म उनको सँगतबाट प्रभाबित भएर काँग्रेस बनको हुँ । म १६ बर्षको उमेरदेखी नै होलटाइमर काँग्रेस भएको थिएँ ।
    तँपाईलाई काँग्रेसको पुरानो लडाकु किन भनिएको हो ?
    २०२२ मा बिराटनगरमा भएको नाचघर काण्ड२०२४ को ७२ लाख काण्ड २०२५ मा १० कक्षा पढदा कृष्ण पोखरेल सर सरुवा काण्डदेखी अनेकौ आन्दोलनमा सक्रृय सहभागी भएँ । पटक पटक समातिएँ , जेल परे । बिमान अपहरण काण्डको योजनामा पनि सहभागी भएँ । भुमिगत भएपछि भारतमा गिरिजासँगै बसेर शसस्त्र क्रान्तिकालागि बनेको योजना संरक्षण गर्न लागे । जनमुक्त्ति सेनाको व्यवस्थापनको रेखदेख मै गर्थे । धेरै कष्ट खेपेको छु । हण्डर सहेको छु । भोकभोकै बसेको छु ।
    आजकल दुर्गा सुबेदी आफु पनि बर्वाद भए मलाई पनि वर्बाद पारे भन्न थाल्नु भएको छ किन ?
    हाम्रो लडाकु स्वभाव बुझेपछि हामीलाई भेला गरेर दुर्गा सुवेदीले प्रशिक्षण दिएर पुर्णकालिन काँग्रेस बनाएका हुन । सिधा भन्दा दुर्गा सुवेदीकै प्रेरणाले म काँग्रेसमा सक्रृय भएको हुँ । उनि क्रान्तिकारी मान्छे हुन । म उनको फयान हुँ । नेपालमा प्रजातन्त्र फर्काउन शसस्त्र क्रान्ति गर्नुपर्छ , समान्तहरु मार्नुपर्छ लुटनुपर्छ भन्ने उनको मान्यता थियो । हामीले पार्टीलाइृ खर्च जुटाउन सँगै लुटपाट गर्ने योजना बनाउने , पोष्टर पम्पलेट टाँस्ने , आमसभामा सँगै सक्रृय भाग लिने कामदेखी जहाज अपहरण गर्ने योजना पनि सँगै बनाएका थियौ । हामी बिपीको आर्दशबाट प्रेरित थियौ । तर काँग्रेस समान्तहरु र उनका नातागोताहरुको पार्टी मात्र रहेछ त्यो हामीलाई धोका खाएपछि मात्र थाहा भयो । दुर्गा दाई र म दुबै कम्युनिष्ट रहेछौ । तर त्यो बेला गलत सँगतले काँग्रेस भएछौ । दुर्गादाई आफै पनि काँग्रेस भएर बर्बाद भए मलाई पनि बर्बाद बनाए ।

    उनले पनि काँग्रेस चिनेनन मैले पनि बुझिनछु काँग्रेस समान्तहरुको पार्टी हुन्छ भनेर  पञ्चायत फाल्न शसस्त्र क्रान्तिमा पनि सहभागीता जनाएको भएको थियो र ?
    २०२६ मा बिपी शसस्त्र क्रान्तिको तैयारी गर्न भनेर भारत फर्किए । गिरिजापनि सँगै गए । पछि पर्यटन भिषामा बिपी लण्डन गए ।र त्यहीबाट पञ्चायत बिरुद्ध शसस्त्र क्रान्तिको घोषणा गरे । उनले नेपालमा प्रजातन्त्र फर्काउन क्रान्ति बाहेक अर्को बिकल्प छैन भनेपछि त्यो बेला बिनोद अर्याल मार्पत मैले जनमुक्त्ति सेनाको फारम भरेको थिएँ । हामीलाई दुर्गा सुबेदीले हतियार दिन्थे । जंगलमा फायरिंग गरेर तालिम लियौ । मिलेटेरी ट्रेनिंग पनि लियौ । लालटिन बालेर छयाप्छयाप्ती पोष्टर टाँस्यौ । २०२८ मा पार्टीलाई खर्च जुटाउन जहाज अपहरण गर्ने योजना बनायौ । तर पछि बिमारी भएकोले म जहाज अपहरणमा जान सकिन । तर मेरो संलग्नता खुलेपछि मैले भारत जानु परयो । भारतमा बसेर जनमुक्त्ति सेनाको क्याप रेखदेख गर्ने र काँग्रेसको आन्दोलनलाई सघाउने काम गरिरहे । प्रत्यक्ष आक्रमणमा चाँही सहभागी भइन ।
    तँपाईहरुले जहाज अपहरण गर्ने योजना किन बनाउनु परेको थियो ?
    बिहार राज्यको फरबिसगन्ज् स्थित सुल्तान पोखरीको डिलमा जनमुक्त्ति सेनाको क्याम्प थियो । आर्थिक अभावले खाना जुटाउन साह्रै कठिनाई भैरहेको थियो । रमालो झोडा काण्डले गर्दा यज्ञबहादुर थापा लगायत पुर्जी काटिएका काँग्रेस कार्यकर्ताहरु पनि त्यहीँ शरण लिन पुगेका थिए । फारबिसगन्ज्बाट सरोज कोइराला बिराटनगर आए । उनले दुई वटा रिभल्बर दिए । राम्रो खान नपाउँदा गिरिजाप्रसाद बेहोस भएर अरे भन्ने हामीले सुन्यौ । यसैले जहाज अहपरण गरेर पक्राउ गरेका कार्यकर्ता रिहा गराउने र पैसा लुटने योजना हामीले बनाएका हौ । पहिले नेपालबाट अपहरण गरेर ढाकामा ओराल्ने र पक्राउ परेका सबै कार्यकर्ताहरु छुटाउने योजना थियो । तर पछि बिराटनगरबाट अपहरण गरेर फारबिसगन्ज मा ल्याण्ड गराएर पैसा मात्र लुटने योजना भएको हो । त्यो बेला पुर्वमा जम्मा भएको भारु राष्ट्र बैकमा र यहाँबाट काठमाण्डौ लगिन्थ्यो ।

    योजनामा सहभागीता जनाएर जहाज अपहरण गर्ने बेलामा चाँही किन नजानु भएको त ? पार्टीको स्विकृति पाएपछि मदन आर्याल , दुर्गा सुबेदी , म , बिजय गच्छेदार नागेन्द्र ढुंगेल , बसन्त भट्टराई , चुन्नु अर्याल, उत्तर खतिवडा लगायतको टीम लुटपाट गरेर आर्थिक जुटाउनकालागि बन्यो । पहिले रंगेलीको बैक लुटने निधो भएपनि सुचना लिक भएपछि असफल भयो । पटक पटक बिराटनगरमा लुटपाट गर्ने योजना पनि बिभिन्न कारणले असफल भए । पछि २०२८ जेठमा बिराटनगरबाट ३० लाख भारु पैसा बिराटनगरबाट काठमाण्डौ लान लागेको सुचना आयो । जहाजमा म , दुर्गा र बसन्त जाने निधो भयो । तर म सिकिस्त बिरामी परे । मेरो साटो नगेन्द्र ढुंगेल अनि दुर्गा र बसन्त गए । जहाज अपहरण सफल भयो । म पनि योजनाकार रहेको खुलासा भयो । म भागेर फारबिसगन्ज जनमुक्त्ति सेनाको क्याम्प गएँ । धेरै वटा मुद्दा भएकोले नेपाल आउन सकिन । १ बैसाख २०३७ मा बहुदल आएसँगै आम माझी भएपछि गिरिजासँगै नेपाल फर्केको हुँ ।
    २०४६ को आन्दोलन चर्काउन मनमोहन र गिरिजाको भेटघाट गराएको दाबी गर्नुहुन्छ सत्य हो ?
    किन हैन त । मैले नै हो गिरिजा र मनमोहनको पहिलो डायलग गराएको । यही मेरो घरमा बसेर उनिहरुले यही कोठमा डायलग गरेका हुन २०४२ मा । तीन टोलीयामा मेरो बसोबास थियो (छ) । मनमोहन मेरा छिमेकी थिए । हाम्रो जेलमा चिनजान भैसकेकोले छुटेपछि बारम्बार भेट हुन्थयो । एक दिन मनमोहनले अब कम्युनिष्ट र काँग्रेस मिलेर आन्दोलन नगरेसम्म पञ्चायत ढाल्न सकिदैन भन्दै मनमोहनले गिरिजासँग भेट गराइदिन मलाई आग्रह गरे । र , त्यो बेला मैले मेरै घरमा भेला गराइदिएको थिएँ दुवैलाई र त्यसपछि बिस्तारै पञ्चायत बिरुद्धको आन्दोलन चर्किएको थियो । २०४६ मा बहुदल आयो ।
    तँपाई कोइराला परिवारको हनुमामन हुनुहुन्थो रे फेरि शैलजा बिरुद्ध बागी उम्मेदबारी किन दिनु भएको थियो ?
    भुमिगत कालमा शैलजा पनि फारबिसगन्ज जान्थिन । उनिसँग चिनजान त्यही बेला भएको हो । उनले मलाई बिश्वास गर्थिन । यसैले उनले नेपाल आएपछि मलाई सहयोगीको रुपमा उपयोग गरिन । २०४७ को चुनावमा मैले पनि उनलाई जिताएरै छाडे । पछि ६ वटा निर्वाचन क्षेत्र भएको मोरंग ७ वटा भयो । ५ नम्बर क्षेत्रमा मैले दावी गरे । किनकी त्यो मेरो क्षेत्र थियो । शैलजा त्यहाँकी बासिन्दा थिइनन । मैले पनि उम्मेदवारी दिने निधो गरे । गिरिजाले बोलाएर अर्को क्षेत्रबाट चुनाव लड भने । तर मैले मानिन । शैलजाले पनि मेरो क्षेत्र भन्दै ५ नम्बर छाडन मानिन । मैले काँग्रेसकालागि बुथ बिथोल्नेदेखी धेरैलाई तह लगाउने काम गरेको थिएँ । तर परिवारबादमा फसेको काँग्रेसले मलाई उपेक्षा गरयो । यसैले काँग्रेस बिशेश्वर पार्टीबाट शैलजा बिरुद्ध बागी उम्मेदवारी दिएँ । मेरो उद्देश्य जित्नु भन्दा पनि शैलजालाई हराउनु थियो पहिलो पल्ट नसकेपनि अर्को पल्ट बद्री मण्डलसँग म प्याकअप भएर भएपनि शैलजालाई हराइ छाडे । मेरो उद्देश्य पुरा भयो ।
    तँपाई आफै कोइराला परिवारको हनुमान अनि पछि त्यही कोइराला परिवारको शत्रु बन्नुभयो ?
    फारबिसगन्ज क्याम्पमा हुँदै म कोइराला खलकको बिश्वासपात्र भैसकेको थिएँ । म खरो स्वभावको , निर्भक , निडर र इमान्दार युवा थिएँ । यसैले त्यो बेलै मलाई नोना र गिरिजाले आफनो नाताको बोल्ड केटीसँग बिबाह गरिदिने भनेका थिए । पछि नेपाल फर्केपछि नोनाले आफनो भाई अम्बप्रसादकी छोरी तनुजा उपाध्यायसँग बिबाह गरिदिएकी हुन । हामीले दुई छोरा जन्मायौ । म नोना , शैलजा सबैको प्यारो थिएँ । जसलाई पनि म नै चाहिन्थ्यो । सबै चुनौतीपुर्ण काम म नै गर्ने गर्थे । एक दिन निवासमा गएन भने उमेश किन आएन भनेर खोजी हुन्थयो । साइकल लिएर मान्छे खोज्न घरमै आइपुग्थे । गिरिजा र नोनाले त झन औधी प्यारो मान्छे । एक दिन म निवास नभै तीन टोलीया स्थित घरमै बसिरहेको थिएँ । रिक्सा चढेर नोना र गिरिजा दुवै आएका थिए मलाई लिन ।
    कोइराला परिवारको म जति नजिक कोइ थिएन । तर त्यही परिवार पछि मेरो कट्टर सत्रु बन्यो । मैले हैन उनिहरुले मलाई शत्रु बनाएका हुन । २०४८ मा काँग्रेसको सरकार बन्यो । उनिहरु मन्त्री ,प्रधानमन्त्री भए । अनि क्रान्तिकालागि लडेका भन्नेहरुको चर्तिकला सुरु भो । प्रजातन्त्रका नाममा लुटतन्त्र सुरु भो । परिवारबाद हाबी भयो । बहुदल आउनासाथ सुजाता जर्मिनीबाट नेपाल आइन र सुषमा कोइराला ट्रस्टका नाममा समाजसेवाको नाममा सक्रृय हुन थालिन । अमेरिकामा रहेका डा शेखरका दाजु आएर पर्यटन मन्त्रीका सल्लाहकार बनेर दुई जहाज बिक्रि गरेर अकुत कमाएर फर्किए । अहिले उनि दिल्लीमा छन । डाक्टरी गरिररहेका शेखर कोइराला बिपीको उपकुलपति बनेर कुस्त कुमल्याए । शेखरको अहिले पनि भारतको नोयडामा पनि घर छ । त्यो बेला नै उनको रिजर्व बैकको रेकर्डमा ५० लाख भारु फेला परेको थियो ।महेश आर्चायको खानदानै पञ्चायत सर्मथक थियो । उनकी एक जना दिदी रापंस थिएन । अर्की रानी ऐश्वर्यकी सल्लाहकार थिइन । महेश मोरंग क्याम्पसमा नेबिसंघको सर्मथक जस्तो मात्र थिए । सक्रृय थिएनन । पछि बनारस हिन्दु बिश्वबिद्यालयमा पढन बनारस गए । त्यही बेला बनारसमा मसँग महेशको भेट भएको थियो र मैले २०३३ मा बनारसमा गिरिजाप्रसादसँग भेटाइदिएको थिए । त्यो बेला जोडिएको उनिहरुको नातो ईन्ट्रेस मिलेपछि झन झन कसिएको न हो । तर तीनै महेश पछि अचानक अर्थमन्त्री बनाइए । जीवन भर त्याग गरेको म चाँही गलहत्याइएँ । चुनाव लडने अधिकार माग्नु के मेरो गल्ति थियो र । मैले हैन उनिहरुले मलाई शत्रु बनाएका हुन ।
    तँपाई कृष्णप्रसाद भट्टराईलाई हराउने अभियानमा सक्रृय हुनुभएको थियो , किन ?
    काँग्रेकालागि । त्यो बेला म गिरिजाको प्यारो थिएँ । उनले जे भन्थे म त्यो गर्थे । त्यो बेला काठमाण्डौबाट कृष्णप्रसाद भट्टराइ उठने भए । चुनाव जितेमा उनि प्रधानमन्त्री बन्ने पक्का थियो । यसैले गिरिजाप्रसाद उनलाई चुनाव लडन दिन चाहदैन थे । उनले किसुनजीलाई चुनाव नलडन आग्रह पनि गरे । तर किसुनले मानेनन । त्यसपछि गिरिजाले कृष्णप्रसादलाई जसरी पनि हराउने गोप्य योजना बनाए । मलाई काठमाण्डौ बोलाए । पावर दिए । म सक्रृय भएर कृष्णप्रसाद हराउ अभियानमा खटिएँ । के के गरिन त्यो अभियान सफल बनाउन । कतिलाई अपहरण गराएँ । कतिलाई कुटाएँ , धमक्याएँ । गिरिजाप्रसादले दिएको पाँच करोड रुपैया त मैले मात्र खर्च गरे । देशभरका कोइराला पक्षधर कार्यकर्ता काठमाण्डौ ओसारेर कृष्ण प्रसादलाई हराउन आग्रह गराएँ ।अनि त २०५० मा कृष्णप्रसाद हारेर बिद्या भण्डारीले जितेकी हुन ।
    तँपाईको नाम बिराटनगरका उद्योगी तुलसीराम अग्रवाल अपहरण काण्डमा बारम्बार जोडिएर आउँछ नि ?
    मेरो र शैलजाको सत्रुता सुरु भएपछि गुण्डाको संरक्षणकालागि शैलजाले जोगबनीको तस्कर गुण्डा भगवान यादबलाई प्रयोग गर्न थालिन । भगवान खुँखार तस्कर थियो । उसको जोगबनीकै गुण्डाहरु भोला तिवारी र जाकिर हुसैनसँग दुश्मनी थियो । मैले त्यो बेला जोगबनीमा जिन्स कर्नर भन्ने कपडा पसल पनि चलाएको थिएँ । त्यहाँबाट कमाएको पैसा सबै नोना कोइरालालाई दिन्थे । व्यपारकालागि बोर्डर गइरहने भएकोले भगवान यादवले मलाई पावरवाला मान्छे भनेर भेटने गर्दथ्यो । चाकरी गथ्र्यो । तर पछि थाहा भयो उसले मेरो संगत भजाएर प्रहरी र भन्सार कर्मचारीलाई हप्काउने , समान लुटपाट गर्ने सम्म गरेर तस्करी गर्न थालेछ । मैले रिर्पोट पाएपछि फोन गरेर सक्दो गाली गरे । नेपालमा केही गरिस भने ठीक हुँदैन भनेर चेतावनी दिएँ । उसले आइन्दा गर्दिथन भन्यो । पछि उ सुनसरीमा हतिार काण्डमा पक्राउ परयो र जेल गयो । उसले उमेश गिरीले पक्राउन लगाएको भन्ने ठान्यो । पछि नेपाल प्रहरीले उसलाई भारतको सुर्पुदगी गरयो । जोगबनीका गुण्डाहरु जाकिर हुसैन र भोला तिवारीहरु उनिहरुका दुश्मन थिए । उनिहरुले उसलाई मार्ने प्रत्यन गरेछन । तर असफल भएपछि भागेर सिलिगुडीतिर बस्न थालेका रहेछन ।
    भारतमा छँदा जोगबनीका एक जना मिश्रा थरका राजनिज्ञि थिए । उनि फारबिसगन्ज क्याम्पसमा आइरहन्थे जाकिरलाई लिएर । उनले बहुदलको सर्मथनमा जोगबनीमा जुलुस पनि निकालेका थिए । मलाई तीनै मिश्राले फोन गरेर बिराटनगरमा उनिहरुलाई शरणकालागि सहयोग गर्न आग्रह गरे । मैले पनि खुमबहादुरजी मार्फत डिआजीलाई भनेर उनिहरुलाई बिराटनगरमा शरण दिलाएँ । केही गलत नगर्नु भनेर पनि भने । उनिहरुले बिराटनगरमा सेल्टर लिएपछि सबै मारवाडी व्यपारीहरु थर्कमान भएछन । उनिहरुले मलाई एउटा बोलेरो दिएका थिए मैले त्यसलाई भन्सार तिरेर बैध बनाउन पाएकै थिइन । भन्सार काटन ८ लाख लाग्थ्यो । मागेपछि खुमबहादुरले दिन्छु भनेका थिए । यसैले मैले छिमेकी बिनोद कोइरालाको घरमा राख्न लगाएको थिएँ । बेला बेला ड्राइभर आएर चेक गरयो भने दिनु भनेको थिएँ ।
    १० माघ २०५८मा माओबादी युद्धले गर्दा इमरजेन्सी लागेको थियो । हो त्यही बेला मेरो लुकाएर राखेको बोलेरो प्रयोग गरेर उनिहरुले बिहान मर्निङबाकमा गएका उद्योगी तुलसीरामलाई अपहरण गरेछन । म काठमाण्डौमा थिएँ । जीप नै मेरो भएपछि म संकटमा परे । होइन भन्दा कसैले बिश्वास गर्ने थिएनन । मैले नभागी धरै पाइन । कालिम्पोंग गएर लुकेँ । यता मलाई नियोजित रुपमा राष्ट्रिय गुण्डा बनाइएछ । आज सम्म मैले कुनै नेपालीलाई दुख दिएको छैन । नत केही लागू पर्दाथ खान्छु । सुपारी धर नखाने म राष्ट्रिय गुण्डा कहलिएँ । परिबन्दमा परेपछि केही लाग्दो रहेछन । म ६ महिनापछि काँग्रेस फुटेपछि मात्र नेपाल फर्के ।
    पछि मैले नै हो भोला र जाकिरलाई सिलिुडीबाट बोलाएर मुद्दा मिलाइदिने बहानामा काकडभिटाबाट त्यो केसमा पक्राउ गराएको । भोला मोरंग अदालतबाट सादा तारेखमा रिहा भयो । जाकिर पुर्पक्षमा गयो । चार बर्षपछि उ पनि छुटयो । मैले पनि सर्बोच्चबाट सफाइ पाएँ ।
    मेरो उनिहरुसँग साँठगाँठ भएको भए वा म तुलसीरामलाई अपहरण गराउने योजनाकार भएको भए मैले किन उनिहरुलाई पक्राउ गराथे होला र ? मलाई शंका छ त्यो अपहरण गिरिजाप्रसादको योजनामा त गराइएको थिएन भन्नेमा ? किनभने आग्रह नमानी उम्मेदबारी दिएर बिद्रोह गरेपछि गिरिजाप्रसाद मलाई सिध्याउन चाहन्थे । उनी सधै मौकाको खोजीमा हुन्थे । उनले २०६४ तिर बिराटनगरको मस्जिदमा डिफेन्स आर्मीले बम पडकाउँदा पनि मलाई फसाउन चाहेका थिए । उनले डिआइजी रबिन्द्रप्रतापलाई निवासमा बोलाएर यो सबै उमेशले गराएको हो उसलाई पक्राउ गरेर जाक भनेर अह्राएका थिए । तर डिआजीले यसमा उमेशको कुनै रोल छैन भनेर पक्राउ गर्न नमानेकोले म जोगिएको थिएँ । म त्यो मान्छे हुँ जसले काँग्रेसकालागि के चाँही गरिन । तर त्यही काँग्रेसले आफनो खलकको बिरासतकालागि हामीलाई गलहत्यायो ।
    अचानक एमालेमा किन प्रबेश गर्नुभएको सुरक्षाकालागि हो ?
    म कसैसँग डराउँदिन । यो झुठो कुरा हो । मैले कसैलाई केही बिगारेको छैन किन डराउनु ।म बीपीको आर्दशलाई पछयाएर काँग्रेस लडेको मान्छे । तर सामान्तहरुले काँग्रेसलाई सके । बाहुनबादको जालोले काँग्रेसलार्य खायो । थर र गोत्रको माखेसांङलोमा काँग्रेस फस्यो । काँग्रेसमा लाग्नु मेरो गल्ति थियो । त्यो मैले धेरै ढिलो बुझे । कम्तीमा एमाले काँग्रेस जस्तो नाताबाद , कृपाबादमा छैन ।यसैले ढिलै भएपनि म एमालेमा प्रबेश गरेको हु । मेरै आग्रहमा पुर्व गृहराज्य मन्त्री भीमराज राजबंशी पनि प्रबेश गरेका हुन । म केही पाउँछु भनेर एमालेमा आएको होइन । म यो देशबाट समान्तबाद मासियोस भन्ने चाहन्छु ।