२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

डेढ करोडभन्दा बढी लगानीमा गुवाबारी डाँडामा बन्यो भ्यु टावर सहितको होटल

Author Uttari Morang
मंगलबार, भाद्र ०५, २०७५
डेढ करोडभन्दा बढी लगानीमा गुवाबारी डाँडामा बन्यो भ्यु टावर सहितको होटल

प्रशान्त निरौला, लेटाङ  मोरङ ।  पछिल्लो समय पर्यटकीयस्थलका रुपमा परिचित हुदै गएको लेटाङ नगरपालिका  ६ स्थित गुवाबारीको डाँडामा करोड लगानीमा भ्यु  टावर संचालनमा आएको छ ।

लेटाङ ६ निवासी कृष्ण चेम्जोङको परिवारले  डेढ करोडको लागतमा ‘क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट’ निर्माण गरी सञ्चालनमा ल्याएको हो ।  भ्यु टावर निर्माण भएसँगै हाल सो क्षेत्र आकर्षणको केन्द्र बनेको छ । १९ रापनी जग्गामा निर्मित  ‘क्रिमिया होटेल एण्ड भ्यु पोईन्ट’  संचालनमा ल्याउन  १ करोड ५० लाख लगानी गरिएको संचालकले जनाएका छन्  ।

चार तले टावरबाट तराइका बिभिन्न स्थानहरुको मनोरम दृष्यसंगै खासगरी गर्मी समयमा शितलता ताप्न  सकिने छ ।  गुवावारीको आर्कषणका रुपमा रहेको भ्य् टावरले लेटाङ नगरपालिका क्षेत्रकै लागि सुनमा  सुगन्ध थपेको स्थानीयाबासी बताउछन् ।