२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

उर्लाबारीमा तम्तयार भो मदन भण्डारी संग्रहालय, राष्ट्पतिबाट उद्घाटन गराइने

Author Uttari Morang
बुधबार, भाद्र ०६, २०७५
उर्लाबारीमा तम्तयार भो मदन भण्डारी संग्रहालय, राष्ट्पतिबाट उद्घाटन गराइने

पथरी/ जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारीको राजनीतिक, सामाजिक र पारिवारिक गतिविधि समेटेर मोरङको उर्लाबारी ३ मंगलवारेमा मदन भण्डारी संग्रहालयको निर्माण सम्पन्न भएको छ ।

मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको हाताभित्र प्रतिष्ठानद्धारा निर्मित संग्रहालयको एक समारोहबीच मदनकी धर्मपत्नी अर्थात राष्ट्पति विद्यादेवी भण्डारीले उद्घाटन् गर्नुहुने बुधबार पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
प्रतिष्ठानको १७ औं चुनावी साधारणसभाको अवसर पारेर चैत १६ गते संग्रहालयको उद्घाटन् हुने प्रतिष्ठान अध्यक्ष गुरुप्रसाद वरालले जनाउनु भयो । साथै उहाँले मदनको विचारलाई चरितार्थ पार्न प्रतिष्ठानले पैसा नभएर पढ्न नपाउने विद्यार्थीहरुको समस्या अन्त्य गर्नका लागि मानव संसाधन वैंकको अवधारणा ल्याइएको पनि प्रष्ट्याउनु भयो ।
वरालले सरकारी तथा प्रतिष्ठानको गरी ३ करोडमा लगानीमा १० वर्षको अवधिमा निर्माण सम्पन्न संग्रहालयले मदन भण्डारीको महत्व र योगदानलाई झल्काएको वताउनु भयो ।
पुरातत्व विभागका महानिर्देशक भेषराज दहालले व्यक्ति विशेषको वायोग्राफिक म्यूजियम पूर्वको नयाँ संग्रहालय भएको दर्शाउनु भएको छ ।
२ विगाहा क्षेत्रफलमा अवस्थित संग्रहालयमा ३ तलामा गरी १६ वटा कक्ष रहेका छन् ।
मदन दासढुंगामा दुर्घटनामा परेको जीप सहित जन्मथलो ताप्लेजुङको ढुंगेसाँघु, कर्मथलो मोरङको इटहराका साथै राजनीतिक जीवनका महत्वका सामग्री, मन्तव्य, प्रकाशित सामग्री लगायतका वस्तुहरु संग्रहालयमा राखिएका छन् ।