२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एकै परिवारमा बाबु छोरी नै मिर्गौला पीडित, सहयोगको याचना

Author Uttari Morang
शुक्रबार, भाद्र ०८, २०७५
एकै परिवारमा बाबु छोरी नै मिर्गौला पीडित, सहयोगको याचना

झापाको गौरादह –९ दहगाउँको एक परिवारमा बाबु छोरी नै मिर्गौला पीडित भएका छन् ।

३८ बर्षिय बोधराज खनालका दुबै मिर्गौंलाले काम गर्न छोडेका छन भने ७ वर्षीया छोरी आयुषा समेत मृगौलाकै समस्याबाट पीडित छिन् । आर्थिक अवस्था कमजोर भएका बाबू बोधराजले रेडियो, टिभी मर्मतको काम गरेर गुजारा गर्दै आएका छन्  ।

२०७१ सालमा बोधराजकी आमाको मृगौला सम्बन्धि समस्याकै कारण मृृृत्युु भएको थियो । बृद्ध अवस्थामा रहेका बुबा भिमप्रसाद खनालले दुखेसो पोख्दै भने –  कहाँबाट पैसा जुटाएर छोरा र नातिनीको उपचार गर्ने ? नातिनीको उपचार गर्ने कि छोराको उपचार गर्ने ? जीवनको उत्तरार्धमा पुगेका बाबु त्यही पिरले रन्थनाउदै बसेेेेका छन् ।

गरिबीको पीडाले थिचिएको परिवारको यस्तो अवस्था देखेर गाउँलेे र छिमेकीहरु समेत पीडामा छन् । मलमपट्टी लगाइदिने सहयोगी हातहरुको खोजीमा छरछिमेकी र आफन्तजन पनि लागि परिरहेका छन् ।   यति धेरै पीडासंग भिमप्रसादकी बुहारी अर्थात  बाेधराजकी श्रीमति कमला साहस र धैर्यता बटुलेर जुधेकी छिन् ।

आफ्नो पति र छोरीको उपचार गराएरै छाड्ने अठोट उनीमा देखिन्छ । जस्तोसुकै पिर परेता पनि धैर्यताले काम लिन सकिन्छ भन्ने बिश्वास लिएकी कमलाले आफ्नो १० बर्षिय छोरा आदर्शको आँखा पुछ्दै सहयोगको अपेक्षा सुनाइन् । उनको उपचारमा सहयोग गर्ने महानुभावहरुले ९८१६३५६९२१ मा बिरामी बोधराजलाई सोझै सम्पर्क गर्न सक्नुहुनेछ  ।