२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

धन्य लोकतन्त्र ! मन्त्रीलाई कालो झण्डा देखाउनेहरुलाइ राज्य बिरुद्दको मुद्दा 

Author Uttari Morang
शनिबार, भाद्र ०९, २०७५
धन्य लोकतन्त्र ! मन्त्रीलाई कालो झण्डा देखाउनेहरुलाइ राज्य बिरुद्दको मुद्दा 

विहीबार जिल्ला समन्वय समिति बर्दियाको सभा हलमा फोरम नेपालले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्याक्रममा यादवलाई सहभागीहरुले मधेश आन्दोलनबारे प्रश्न गरेका थिए।

त्यस क्रममा केही युवाले संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका यादवलाई बर्दियामा कालो झण्डा देखाएका थिए  । मधेश आन्दोलनका शहीदको भावना विपरीत सरकारमा गएको भन्दै युवाहरुले आक्रोश व्यक्त गर्न थालेपछि करिब एक दर्जन युवालाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यसपछि सभा हल बाहिर यादवलाई ती युवाहरुले कालो झण्डा देखाएका थिए।

जिल्ला प्रहरी कार्यालय वर्दियाका अनुसार त्यहाँबाट पक्राउ गरिएका चार जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ। उनीहरुमाथि राज्य विरुद्धको अपराधमा मुद्दा चलाउन शुक्रबार  सरकारी वकिलको कार्यालय लगिएको छ।

पक्राउ पर्नेहरुमा हरपाल सिंह, राममनोहर यादव, इरफान शेख, राजित राम वर्मा रहेका छन्। स्वतन्त्र मधेश गठबन्धनका प्रवक्ता अब्दुल खानले पक्राउ परेकाहरु गठबन्धनका कार्यकर्ता रहेको बताएका छन्।