२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

ती गाउँले जसले अपहरणमा परेकी चार बर्षिया छोरीलाइ मुक्त गर्दै पक्रिए अपहरणकारीलाई पनि

Author Uttari Morang
बुधबार, भाद्र १३, २०७५
ती गाउँले जसले अपहरणमा परेकी चार बर्षिया छोरीलाइ मुक्त गर्दै पक्रिए अपहरणकारीलाई पनि

 मोरङको उर्लाबारी नगरपालिका ६ बाट चार बर्षिया बालिकालाई अपहरण गरेर लैजाने एक युवालाई स्थानीय बासिन्दाले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
स्थानीय कमलकुमार घिमिरेकी छोरी कृतिकालाई अपहरण गरेर लैजादै गर्दा  झापाको दमक ८ घर बताउने ३० वर्षीय दिनेश कार्कीलाई स्थानीयले नियन्त्रणमा लिएर बुझाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिमल्सिनाले बताए ।
घरको आँगनमै साथीहरुसंग खेल्दै गरेको अवस्थामा साँझ ७ बजे उनको अपहरण गरिएको थियो । त्यहाँबाट लगभग दुई सय मिटर पर पु¥याएपछि थाहा पाएर स्थानीयले बालिकाको उद्धार गरेका थिए ।

 प्रहरीका अनुसार उनीसंग अन्य चार/पाँच जना बालबालिका पनि खेल्दै थिए । छोरीलाई उठाउनु अघि उनीसंग खेल्दै गरेका अरुलाई लैजानका लागि फकाउने कोसिष गरे पनि अरुले नमानेपछि चकलेट किनिदिन्छु भनेर फकाउँदै अपहरणकारीले आफ्नी छोरीलाई लिएर हिडेको वालिकाका बाबु कमलकुमारले बताए । उनका अनुसार छोरी कृतिकालाई नयाँ मान्छेले लिएर गएको देखेपछि  खेल्दै गरेका बालबालिकाले घरभित्र गएर आमालाई सुनाएका थिए । उनी बाहिर निस्किएर आमाले हेर्दा छोरी नदेखेपछि वरपर होहल्ला गरेकी थिइन्  ।

त्यसपछि करिब दुई सय मिटर भन्दा पर पु¥याइसकेकी वालिकालाइ ‘होहल्ला गर्दै गाउँले भेला भएपछि अपहरणमा संलग्न केटोले छोरीलाई छाडेर भाग्ने प्रयास गरेको थियो । अपहरणकारीले भाग्ने प्रयास गरे पनि स्थानीय बासिन्दाको सहयोगमा वालिकाका परिवारले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका कार्कीका सम्बन्धमा अनुसन्धान सुरु गरे पनि उसको वास्तविक ठेगाना भने पत्ता लगाउन नसकिएको प्रहरीले जनाएको छ । अपहरणकारीको  साथबाट भारत आछामको तीनसुकिया जिल्लास्थित गोग्राहा टोलको एउटा परिचय पत्र फेला परेकोले त्यो ब्यक्ति नेपाली मुलको भारतीय नागरिक हुनसक्ने प्रहरीले जनाएको छ ।