२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

केराबारी गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत, आउने-जाने दुवैलाई स्वागत र सम्मान

Author Uttari Morang
बिहिबार, भाद्र १४, २०७५
केराबारी गाउँपालिकामा नयाँ प्रशासकीय अधिकृत, आउने-जाने दुवैलाई स्वागत र सम्मान

केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएर अन्यत्र गएका छन् भने नयाँ प्रशासकीय अधिकृत सरुवा भएर आएका छन् ।

करिब डेढ बर्षदेखि कार्यालय प्रमुखको रूपमा कार्यरत डम्मरु बल्लभ बराल सरुवा भएर संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा गएका छन् । त्यसैगरी हालसम्म लेटाङमा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रूपमा कार्यरत पुण्यप्रसाद पौडेल केराबारीमा प्रमुख प्रशासकीय अधिकृत भएर आएका छन् ।

त्यसैगरी केराबारी गाउँपालिकामा पहिलोपटक लेखा अधिकृत आएका छन् । कृष्णप्रसाद न्यौपाने लेखा अधिकृत भएर आएका हुन् । केराबारीमा हालसम्म लेखा अधिकृतको दरबन्दी नभएकोले सुब्बा तहका कर्मचारीले लेखा सम्हाल्दै आएका थिए ।

केराबारी गाउँपालिकाले बिहीबार एक कार्यक्रम गरी सरुवा भएर गएका प्रमुख प्रशासकीय अधिकृतलाई बिदाइ गरेको छ भने सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई स्वागत गरेको छ ।

केराबारी गाउँपालिकाको हलमा आयोजित कार्यक्रममा उमेर हदका कारण अबकास पाएका केराबारी ६ याङ्शिलाका वडासचिब नरेन्द्र बहादुर बस्नेतलाइ बिदाइ समेत गरिएको छ ।

बिदाइ गरिएका र स्वागत गरिएका सबैलाई केराबारी गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्कीले ढाकाटोपी लगाइदिएका थिए । त्यस्तै बिदाइ गरिएकाहरुलाइ मायाको चिनो पनि दिइएको थियोे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष लगायत वडा नम्बर ९ का वडा सचिब सिताराम बुढाथोकी, नेकपाका नेता खड्ग लुइँटेल, ब्यापार संघ केराबारीका अध्यक्ष चुरानसिं बिश्वकर्मा, केराबारी गाउँपालिकाका भर्खरै जिम्मेवारी पाएका प्रबक्ता तथा वडा नम्बर १० का वडाध्यक्ष जंगराज खवास लगायतले सरुवा भएर गएका डम्मरु बल्ल्भ बरालले केराबारी रहंदा खेलेको भुमिकाको प्रशंसा गरेका थिए । केराबारी गाउँपालिकामा रहेकै बेला बराल उत्कृष्ट कर्मचारीको रूपमा सामान्य प्रसासन मन्त्रालयबाट पुरस्कृत समेत भएका थिए । बराल २१ दिनको पुर्वाधार बिकास सम्बन्धि अध्ययन भ्रमणका लागि चीन जाने निश्चित भइसकेको छ ।  कार्यक्रममा नयाँ र पुराना प्रमुख प्रशासकीय अधिकृतहरुले पनि आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रोहित बहादुर कार्की, उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) सहित धेरैजसो जनप्रतिनिधि र अधिकांश कर्मचारी सहित विभिन्न संघ संस्था र दलका नेताहरू सहित थुप्रैको उपस्थिति थियोे ।   कार्यक्रम गाउँपालिकाको हलमै गरिएको थियोे । तर हल सांघुरो भएका कारण सबैले बस्न समेत पाएनन् । – अम्बिका भण्डारी