२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

सुन्दरहरैचामा बन्नेभो विश्वकै अग्लाे गाईकाे प्रतिमा

Author Uttari Morang
सोमबार, भाद्र १८, २०७५
सुन्दरहरैचामा बन्नेभो विश्वकै अग्लाे गाईकाे प्रतिमा

सुन्दरहरैचा, माेरङ/ सुन्दरहरैचा नगरपालिका वार्ड नं ५ नयाँ वृन्दावन गाैशालामा विस्वकै सवभन्दा अग्लाे गाईकाे प्रतिमा बन्ने भएकाे छ ।

श्री राघेश्याम सेवाा ट्रष्ट नयाँ वृन्दावन सुन्दरहरैचा ५ ले कृष्ण जन्माष्ठमी दिन पारेर संचालन गरेकाे कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले साे प्रतिमाकाे शिलन्यास गरेका हुन ।

प्रतिमाकाे शिलान्यास तथा नृत्य प्रतियाेगिता समेत रहेकाे साे कार्यक्रममा सुन्दरहरैचा नगरपालिका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, बरिष्ट साहित्यकार अनिल पाैड्याल लगायत विशिष्ठ व्यक्तित्वहरुकाे सहभागिता रहेकाे थियाे ।

समाराेहलाई संवाेधन गर्दै प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अामाकाे महत्वका वारेमा दर्शाउँदै सुन्दरहरैचामा वन्दै गरेकाे गाैमाताकाे प्रतिमाले यस क्षेत्रलाई धार्मिक पर्यटनकाे केन्द्रविन्दु वनाउने वताए ।

मेयर शिवप्रसाद ढकालले सुन्दरहरैचालाई सहि अर्थमा विकासकाे बगैँचा वनाउने तर्फ लाग्नु पर्ने कुरामा जाेड दिएका थिए ।

साे अवसरमा उपप्रमुख धनमाया तामाङ, साहित्यकार अनिल पाैडेल लगायतका महानुभावहरुले मन्तव्य राखेका थिए ।

नगरकै गाैरवकाे याेजनाकाे रुपमा रहेकाे यस गाैशाला वृन्दावनकाे विकासकाे लागि भनेर नगरपालिकाले अा.व. २०७५/७६ रु १ कराेड वजेट छुट्याएकाे छ ।

सोमबार शिलन्यास भएकाे मूर्ति १०० फिट लम्वाईकाे हुने वताईएकाे छ ।

गंगादेवि काफ्लेकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमकाे संचालन रामप्रसाद भट्टराईले गरेका थिए ।

साथै साेहि अवसरमा विद्यालयस्तरीय नृत्य प्रतियाेगिता पनि संचालय भएकाे थियाे ।