२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पुर्वको एउटा स्कुल, जहाँ विद्यार्थीलाई दुना टपरी गांस्न पनि सिकाइन्छ

Author Uttari Morang
मंगलबार, भाद्र १९, २०७५
पुर्वको एउटा स्कुल, जहाँ विद्यार्थीलाई दुना टपरी गांस्न पनि सिकाइन्छ

बिद्यालयमा के के कुरा सिकाईन्छ ? उत्तर सहज छ,पढन् लेख्न अनि  खेलकुद,बादबिवाद,गायन, नृत्य आदि अतिरिक्त क्रियाकलाप, तर मोरङको सुन्दरहरैचामा रहेको एउटा बिद्यालयले बिद्यार्थीलाई टपरा गाँस्न सिकाउन थालेको छ ।
किताव कापी बोकेर अध्यायनका लागी जाने बिद्यार्थीहरु सालका पात सहित सिंन्का बोकेर टपरी गाँसिरहेको देख्दा र सुन्दा अभिभावकहरु आक्रोशित समेत होलान तर सुन्दरहरैचा १० खोर्सानेमा रहेको सिद्धार्थ ईङलिस स्कुलले कक्षा ९ र १० मा अध्यायनरत बिद्यार्थीलाई टपरी गाँस्ने तालिम नै दिन थालेको छ ।
धार्मिक तथा पितृकार्यमा हातले बुनेको टपरीको प्रयोग घटदै जाँदा बिद्यालयले बिद्यार्थीलाई सोही संस्कारको ज्ञान दिन र संस्कृति बचाईराख्न यस्तो अभियान थालेको हो ।

सोही क्रममा ९० जना भन्दा वढि छात्राहरुलाई टपरी बनाऊन सिकाईएको बिद्यालयले जनाएको छ । बजारमा पाईने प्लाष्टिकका प्राृकतिक सामाग्रीको प्रयोग बढदै जाँदा बिद्यार्थीले आफनो मौलिक कला संस्कृति समेत बिर्सिदै गएपछि टपरी गाँस्न सिकाएको बिद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले बताउँछन । यस्ता सिकाईले जंगलमा खेर गइरहेका पातको सदुपयोग गर्न सकिने र आर्थिक रुपमा समेत लाभ हुने उनको बुझाई छ ।
बिद्यार्थीले आफना परिवारलाई पातको टपरी प्रयोग गरौँ भनेर सिकाउँदा बाताबरण प्रदुषण कम हुने,बिबाह ब्रतबन्ध पुजाजस्ता धार्मिक काममा बनस्पतिको प्रयोग गर्न सकिने र छिमेकीकोहरुलाई समेत उनीहरुले सघाउने भएकाले बिद्यार्थीहरुलाई टपरी गास्न सिकाइएको बिद्यालयका सहायक प्रिन्सिपल जेबि थुलुङ बताउँछन ।

बाँसको सिन्का बनाउन समेत बिद्यार्थीलाई सिकाएको छ । छात्राहरुलाई टपरी गाँस्ने सिकाएको उत्त बिद्यालयले छात्रहरुलाइ उदघोषण तथा घर वाईरिङ समेत सिकाउन थालिएको छ । प्रत्येक हप्ताको एक दिन अतिरिक्त क्रिर्याकलापको रुपमा बिद्यार्थीहरुलाई नयाँ नयाँ सिपमुलक तालिमहरु दिईएको थुलुङ बताउँछन । – बेेेतना दैनिकबाट