२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

बेलबारी नगरपालिकाको नगर प्रोफायल निर्माणकाे काम अन्तिम चरणमा

Author Uttari Morang
शुक्रबार, भाद्र २२, २०७५
बेलबारी नगरपालिकाको नगर प्रोफायल निर्माणकाे काम अन्तिम चरणमा

बेलबारी, माेरङ/ बेलबारी नगरपालिकाले नगर पाश्वचित्र अर्थात नगर प्राेफाईलकाे निर्माणकाे कार्यलाई अन्तिम चरणमा पुर्याएकाे छ ।

नगरपालिकाद्वारा शुक्रबार अायाेजित नगरकाे पाश्वचित्र निर्माणवारे एकदिने अन्तरकृया कार्यक्रम संचालन गरेर साे कुराकाे जानकारी गराएकाे हाे ।

नगरपालिकाकाे सांस्कृतिक सभाहलमा संचालन भएकाे उक्त अन्तरकृया कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, पूर्व सांसद हर्कमान तामाङ, स्थानीय समाजसेवी शिव बराल, प्रताप थापा लगायत, नेकपाका पर्शुराम सुवेदी, ईरन राई, नेकाका शम्भु भट्टराई, संघीय जनवादी फाेरमका तिलकप्रसा राई, युवा जागरण अभियानका अध्यक्ष सुजित बस्नेत लगायतकाे सहभागिता रहेकाे थियाे ।

नगरपालिकाले विगत अाठमहिनादेखि निर्माण गरिरहेकाे प्राश्व चित्र (नगरप्राेफाईल)लाई सरकाेरकारवाला समूहसँझलफल गरेर अन्तिम रुप दिनेे उद्देश्यले साे अन्तरकृया कार्यक्रमकाे अायाेजना गरिएकाे नगरपालिका प्रमुख प्रशाशकीय अधिकृत गणेशप्रसाद दाहालले वताएका छन्।

स्थानीय संघ संस्थाहरु, नागरिक समाजका प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, संचारकर्मी, अादिकाे सहभागिता रहेकाे साे अन्तरकृया कार्यक्रमकाे सहजिकरण कमिटेड नेपालका संयाेजक भिमसेन रायमाझीले गरेका थिए ।

सहभागीले नगरले तयार पारिरहेकाे प्राेफाईलले नगरकाे वास्तविक चित्र उतार्न सक्नु पर्ने कुरामा जाेड दिएका थिए ।