२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ

Author Uttari Morang
आइतबार, भाद्र ३१, २०७५
ट्राफिक सचेतना कार्यक्रम सहित बेलबारी जेसिजले राजमार्गका २० ठाउँमा बनायो जेब्रा क्रसिङ

बेलबारी, माेरङ/ यात्रुहरुलाई बाटाे काट्न सहज होस भन्ने अभिप्रायले बेलबारी जेसिसले बेलबारीका विभिन्न स्थानका जेव्राक्रसिङकाे निर्माण गरेको  छ ।

बेलबारी जेसिसकाे जेसिस सप्ताह अन्तरगत जनमानसमा ट्राफिक नियम अवगत गराउने उद्येश्यका साथ  शनिबार  बेलबारी नगरपालिका वार्ड नं १० भाउन्नेमा एक कार्यक्रमकाे समेत अायाेजना गरी ट्राफिक सचेतना कार्यक्रम तथा  जेब्रा क्रसिङ निर्माण शुरु गरिएको थियो  ।

प्रदेश नं १ ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्ष कृष्ण प्रसाईं प्रमुख अतिथि रहेकाे साे कार्यक्रममा बेलबारी नगरपालिका वार्ड नं १० का वाडाध्यक्ष गंगा याख्खा, ११ का वाडाध्यक्ष राजन पाेखरेल, ४ का अध्यक्ष रामकुमार राई, ईलाका प्रहरी कार्यालय वेलवारीका प्रमुख रामकुमार राई, कार्यपालिका सदस्य खिना थापा, नेपाल जेसिसका राष्ट्रिय उपाध्यक्ष मिलन पाैड्याल, जेसिस बेलबारीका पूर्व अध्यक्ष माधवराज थापा, बेलवारी साना शहरी खानेपानी अायाेजनाका अध्यक्ष महेन्द्र सुवेदी, जिल्ला युवा खेलकुद समितिका अध्यक्ष रवि थापा लगायतका विशिष्ठ व्यक्तित्वहरु लगायत विभिन्न विद्यालयका विद्यार्थीहरुकाे पनि सहभागिता रहेकाे थियाे।

यात्रुहरुलाई बाटाे काट्न सहज भन्ने अभिप्रायले नगरपालिकाभरि विभिन्न २० स्थानमा जेव्राक्रसिङकाे निर्माण गर्ने कार्यक्रम अनुसार शनिबार भाउन्नेबाट जेब्रा क्रसिङ निर्माण शुरु गरिएको बेलबारी जेसिसका अध्यक्ष राज प्रसाईले वताए । शनिबार नै भाउन्नेदेखि लक्ष्मीमार्गसम्मका केही स्थानमा जेब्रा क्रसिङ बनाइएको थियो  । आइतबार पनि केही स्थानमा जेब्रा क्रसिङ निर्माण गरिएको र सोमबार पनि सो क्रम जारी रहने बेलबारी जेसिजले जनाएको छ ।

बेलबारी जेसिसका कार्यकारिणी उपाध्यक्ष राजेश खत्रीले स्वागत मन्तव्य राखेकाे कार्यक्रमम वर्ष २०१८ का राष्ट्रिय उपाध्यक्ष मिलन पाैड्यालले, प्रहरी नायव उपरिक्ष कृष्ण प्रसाईं, जिल्ला युवा खेलकुद समितिका अध्यक्ष रवि थापा, पत्रकार भक्तशेर लिम्बू, बेलबारी नगरपालिका वार्ड नं ४ वाडाध्यक्ष रामकुमार राई अादिले कार्यक्रमकाे सफलताकाे शुभकामना दिएका  थिए । – केशु बिरही