२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय

Author Uttari Morang
आइतबार, भाद्र ३१, २०७५
पुरानो हवाई जहाजलाई सिंगारेर गोकुलम रिसोर्टमा बनाइनेभो जहाजभित्रको संग्रहालय

मोरङको सुन्दरहरैंचा नगरपालिका स्थित बलियामा सञ्चालित गोकुलम रिसोर्टमा हवाई जहाज संग्रहालय बन्ने भएको छ ।

रिसोर्ट सञ्चालक राधेश्याम पौडेलका अनुसार बिहीबार काठमाडौंबाट ल्याइएको सो जहाज रिसोर्ट परिसरमा राखिएको छ । रिसोर्टको एक महत्वपूर्ण आकर्षणको रूपमा विकास गर्ने लक्ष्य अनुसार  सो जहाज ल्याइएको  हो ।

गोकुलम रिसोर्टमा यहि हवाई जहाज भित्र बन्ने म्युजियम प्रदेश १ को पहिलो जहाज म्युजियम हुनेछ । बिग्रिएको सो जहाजलाई आकर्षक ढङ्गले सजाएर म्युजियमको रूपमा विकास गरेपछि नेपालभरबाट पर्यटक आउने ठानिएको छ । जहाजभित्रको म्युजियम दशैंसम्ममा सञ्चालनमा आउने सञ्चालक राधेश्याम पौडेलले बताए । यसअघि काठमाडौंमा र धनगढीमा हवाई म्युजियम स्थापना गरी संचालन गरिएका छन् ।