२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने

Author Uttari Morang
बुधबार, आश्विन ०३, २०७५
नेपालमै उत्पादन हुन थाल्यो खाना पकाउने ग्यास, केही बर्षभित्रै जताततै पाइने

नेपालमा केही बर्षपछि देशभर नेपालमै उत्पादित ग्यास प्रयोग गर्न पाइने  भएको  छ। नवलपरासीको शुक्रौलीमा रहेको इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.ले खाना पकाउने ग्याँसको उत्पादन सुरु गरेर बेच्न थालेको छ भने स्याङ्जाको पुतली बजारनजिकै प्लान्ट निर्माण कार्य सम्पन्न भएको छ । पोखरा, चितवन र धरानमा पनि प्लान्ट निर्माणको प्रक्रिया अघि बढिसकेको छ ।

भारतले नेपालमाथि २०७२ मा नाकाबन्दी लगाउँदा ग्याँसको अभाव देखेर नेपालमा नै ग्याँस उत्पादन गर्ने सोच आयो, नवलपरासीस्थित ’ इन्भिपावर एन्ड फर्टिलाइजर प्रा.लि.का कार्यकारी निर्देशक अभिरथ अग्रवालले भने, ‘अहिले हामी दैनिक १५ सय किलोग्राम बायोग्याँस उत्पादन गर्न थालिसकेका छौं ।’