२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

‘सहयोगी हातहरु’ द्वारा तीज कार्यक्रमको खर्च सार्वजनिक, बचेको रकमले छात्रवृत्ति कोष स्थापना गर्ने

Author Uttari Morang
सोमबार, आश्विन ०८, २०७५
‘सहयोगी हातहरु’ द्वारा तीज कार्यक्रमको खर्च सार्वजनिक, बचेको रकमले छात्रवृत्ति कोष स्थापना गर्ने

मोरङको बेलबारी २ स्थित  सहयोगी हातहरु नामक संस्थाले तीज बिशेष कार्यक्रमबाट बचेको रकमले छात्रवृत्ति कोषको स्थापना गर्ने भएको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले तीज बिशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमबाट बचत भएको रकमले गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्नका आवश्यक कोष खडा गरिने जानकारी दिएको हो ।
संस्थाले पत्रकार सम्मेलनमा कार्यक्रमको आय व्यय समेत सार्वजनिक गरेको छ ।कार्यक्रमको लागि १ लाख ७० हजार ६ सय ५ संंकलन भएको, ९५ हजार ७ सय ७५ रुपैयाँ खर्च भएको र ७४ हजार ९ सय बचत भएको कार्यक्रम संयोजक बिपीन श्रेष्ठले बताए ।

भाद्र २७ गते लालभित्ति चौकमा उक्त संस्थाले तीज विशेष साँस्कृतिक तथा श्रष्टा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा स्थानीय २ जना गायन क्षेत्रका र ९ जना साहित्य क्षेत्रका साहित्यिक ब्यक्तिहरुलाई सम्मान  गरिएको थियो । कार्यक्रममा संजिव कुमार धिमाल, यमुना पराजुली, दुर्गा न्यौपाने लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।

संस्थाले यस अघि पनि बिद्यालय परिसरमा बृक्षरोपण कार्यक्रम, बाढिपिडितहरुलाई लत्ताकपडा बितरण, बिद्यार्थीहरुलाई कपिकलम बितरण, बिज्ञान प्रयोगशाला निर्माणका लागि रकम बितरण जस्ता सामाजिक कार्य संपन्न गरेको अध्यक्ष मेघराज परियारले बताए ।

कार्यक्रममा बेलबारी वडा नं २ का वडाअध्यक्ष घनश्याम गौतमले संस्थाले स्थापनाको सुरुवातमानै यस्तो कार्यक्रम गरेर सामाजीक कार्यगर्न खोजेको तथा समयमानै आयव्यय सार्वजनिक गरेकोमा धन्यबाद दिए ।