२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

प्रसुति केन्द्रमा गएर बच्चा जन्माउने रेणुकालाई दिइयो १० हजार नगद

Author Uttari Morang
बुधबार, आश्विन १०, २०७५
प्रसुति केन्द्रमा गएर बच्चा जन्माउने रेणुकालाई  दिइयो १० हजार नगद

पथरी /  मोरङको पथरीशनिश्चरे २ मा व्यवस्थित रुपमा निर्माण भएको स्वास्थ्यचौकी भवनमा सुरु भएको प्रसुति केन्द्रमा सोही वडाकी पहिलो वच्चा जन्माउने रेणुका विश्वकर्मालाई नगरपालिका कार्यालयले प्रोत्साहन स्वरुप नगद रकम प्रदान गरेको छ ।

एक कार्यक्रमबीच मंगलबार नगरपालिका प्रमुख दिलिपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं, स्वास्थ्य संयोजक मुरारी आचार्य सहितले नगद १० हजार रुपैयाँ विश्वकर्मालाई हस्तान्तरण गर्नुभयो ।

स्वास्थ्य चौकीको प्रसुति सेवाको उपयोग गर्दै आफ्नो तेस्रो सन्तानका रुपमा छोरालाई १ महिना अघिविना अपरेशन जन्म दिनुभएको थियो ।

प्रसुति केन्द्रमा पहिलो बच्चा जन्माउने आमा र बच्चाको स्वागतमा नगरपालिकाका प्रवक्ता एवम् वडा नम्वर २ का अध्यक्ष यामप्रसाद गुरागाईंको अगुवाईमा वडा सदस्यहरुले त्यसबेला विश्वकर्मा तथा उहाँका परिवारजनलाई मिठाई प्रदान गर्नुभएको थियो ।

नगरमा प्रसुति सेवाको सुविधा नभइरहेको अवस्थामा १ महिना अघि सुरु गरिएको प्रसृति सेवाबाट स्थानीय लाभान्वित भएको सोही वडाका समाजसेवी वावुराम राईले जनाउनु भयो ।