२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

भब्य कार्यक्रम सहित समापन भयो बेलबारी जेसिजको  जेसिज सप्ताह

Author Uttari Morang
शुक्रबार, आश्विन १२, २०७५
भब्य कार्यक्रम सहित समापन भयो बेलबारी जेसिजको  जेसिज सप्ताह

बेलबारी जेसिजद्वारा आयोजित जेसिज सप्ताह २०७५ समापन  भएको छ ।

 कुसे औंसी अर्थात्  बाबुको मुख हेर्ने दिनको अबसर पारेर शुरु भएको  जेसिज सप्ताह शुक्रबार समापन भएको हो ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बत्स्यालको प्रमुख आतिथ्य र नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्ष अशोक शंकर र नेपाल जेसिज २०१७ का कार्यकारीणी उपाध्यक्ष महेश पौडेलको बिशेष आतिथ्यतामा भएको कार्यक्रममा स्थानीय संघ  संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, नेतागण, संचारकर्मी तथा विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।

समापन समारोहकै दिन माध्यमिक र निम्न माध्यमिक विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुलाइ उत्प्रेरणा तालिम समेत दिइएको छ । जेसिजका राष्ट्रिय अध्यक्ष श्रीधर बत्स्यालले उत्प्रेरणा तालिम दिएका थिए । तालिममा करिब तीन सय विद्यार्थीहरु सहभागी भएका थिए । समापन कार्यक्रमको अध्यक्षता बेलबारी जेसिजका अध्यक्ष राजन प्रसाइंले गरेका थिए भने बेलबारी जेसिजका महासचिव राजेन्द्र अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए ।

जेसिज सप्ताह कार्यक्रम अन्तरगत यसअधि राजमार्गका विभिन्न १६ ठाउँमा जेब्रा क्रसिङ निर्माण गरिएको छ । त्यसैगरी जेसिजका सदस्यहरुलाइ नेतृत्व बिकास तालिम, बेलबारी ४ को श्रीजंघा आधारभूत विद्यालयमा अध्ययनरत सबै अर्थात २६ जना  विद्यार्थीलाई पाठ्यसामग्री र पोषाक बितरण, नगरपालिका र बेलबारी जेसिजबिच मैत्रीपुर्ण फुटबल, उत्प्रेरणा तालिम जस्ता कार्यक्रम सम्पन्न भएको बेलबारी जेसिजका कार्यकारिणी उपाध्यक्ष दीपेन्द्र खुलालले जानकारी दिए ।