२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

प्रेस युनियन मोरङमा दुइ अध्यक्ष निर्वाचित, चिट्ठा तानेर कार्यकाल बाँडफांड

Author Uttari Morang
शुक्रबार, आश्विन १२, २०७५
प्रेस युनियन मोरङमा दुइ अध्यक्ष निर्वाचित, चिट्ठा तानेर कार्यकाल बाँडफांड

नेपाल प्रेस युनियन मोरङको चार बर्षमध्ये दुई बर्षे अध्यक्षमा रोहितकुमार लुइँटेल निर्वाचित भएका छन् । चार वर्षमध्ये पहिलो दुई वर्षे कार्यकालका लागि लुइँटेल विजयी भएका हुन भने अर्को दुई बर्षे कार्यकालका लागि भोजराज बस्नेत बिजयी भएका छन् ।
शुक्रबार विराटनगरमा सम्पन्न आठौ महाधिवेशनले सर्वसम्मत रुपमा कूल चार वर्षे कार्यकालका अध्यक्षमा लुइँटेल र भोजराज बस्नेतलाई निर्वाचित गरेको थियो । गोलाप्रथाबाट पहिलो दुई वर्षका लागि लुइँटेल निर्वाचित भए । आधा आधा पद बाँडफाँट हुने गरी समिति चयन गरिएको निर्वाचन समितिले जनाएको छ ।
उपाध्यक्षमा बिनोद सुवेदी, हरि कोइराला, कौशल निरौला र जितेन्द्रनारायण ठाकुर (समावेशी), सचिव गोपालप्रसाद पोखरेल, कोषाध्यक्ष केशव न्यौपाने, सह–सचिव रञ्जिता पोखेरेल, विवेक मिश्र र धिरज दाहाल, खुल्ला सदस्यतर्फ मणिराम दाहाल, अशोक गौतम, अनुज सापकोटा, भीमरजा अधिकारी, सुजन निरौला, महिला सदस्य जीनाजंग कार्की, रोशिका अधिकारी, निशा दाहाल, आदिवासी रश्मिता उदास, मधेशी सदस्य विरेन्द्रकुमार साह र पिछडिएको अल्पसंख्यकमा सोनुकुमार दास सर्वसम्मत निर्वाचित भएका छन् ।
यसअघि पूर्वमन्त्री आनन्दप्रसाद ढुंगानाका प्रमुख आतिथ्यमा भएको उद्घाटन सत्रमा शैलजा आचार्य स्मृति अग्रज पत्रकारिता पुरस्कार मदनबाबु प्रसाईं, युवा पत्रकारिता पुरस्कार नरेन्द्र बस्नेत, महिला पत्रकारिता पुरस्कार रञ्जिता पोखरेल, रमाप्रसाद मायादेवी रिजाल पत्रकारिता पुरस्कार कुमोद अधिकारी र अम्बे मुरारी महिला पत्रकारिता पुरस्कार सुशीला पाठकलाई प्रदान गरियो । ती पुरस्कारको राशी नगद एघार हजार छ । आचार्य स्मृति पत्रकारिता पुरस्कारका संरक्षक काँग्रेस केन्द्रीय सदस्य अमृत अर्याल, रिजाल पत्रकारिता पुरस्कारको संरक्षक सुभाष रिजाल र अम्बे–मुरारीका संरक्षक भारती उपाध्याय रहेका छन् । कार्यक्रममा पत्रकार शेखर रेग्मी, सुनिल पोखरेल, ब्रम्हदेव यादव, कौशल निरौला र प्रशान्त निरौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा काँग्रेस नेता ढुंगाना, केन्द्रीय सदस्य अमृत अर्याल, पूवमन्त्री नमिनराज जोशीलगायतले लोकतन्त्रलाई बलियो बनाउन प्रेसको भूमिका महत्वपूर्ण हुने बताएका थिए ।