२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी हुदै, पाँच लाख धार्मिक पर्यटकलाइ दर्शन गराउने लक्ष्य

Author Uttari Morang
सोमबार, आश्विन १५, २०७५
पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी हुदै, पाँच लाख धार्मिक पर्यटकलाइ दर्शन गराउने लक्ष्य

अनिल बराल, ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संचालन हुने भएको छ ।

वडादशैको अवसरमा सहश्रचण्डी आयोजना कमिटीको आयोजनामा यही असोज २४ गते घटस्थापनादेखि सुरु भई कार्तिक १ गते महानवमीसम्म पाथीभरा मन्दिर परिसरमा सो चण्डीपाठ हुने भएको हो ।

विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने उद्देश्यका साथ सहश्रचण्डी संचालन गरिने आयोजना कमिटी संंयोजक युवा विद्वान लक्ष्मण गुरुले बताउनुभयो । १००८ चण्डीपाठ संचालन हुने ९ दिनमा आन्तरिक तथा बाह्य गरि ५ लाख धार्मिक पर्यटकले मन्दिरमा दर्शन गर्न आउने लक्ष्य रहेको पनि आयोजकले जानकारी दिएको छ ।

भारतको सिलगडी, सिक्कीम, आसाम लगायत भुटानबाट पनि भक्तजनहरु सहभागी हुने सहश्रचण्डी युवा विद्वान लक्ष्मण गुरुकै सत्संकल्पमा सन्चालन हुन लागेको हो ।

ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । श्रीहरि आध्यात्मिक गुरुकुल मनकामना संखुवासभा र श्रीहरि आध्यात्मिक गुरुकुल बुढीगंगा ३ बाँसबारी मोरङका संस्थापक अध्यक्ष समेत रहनुभएका युवा विद्वान गुरुले १००८ चण्डीपाठ गर्न १ सय जना ब्राम्हणलाई ४ दिन लाग्ने भएतापनि यो अवसरमा भने ३० जना ब्राम्हणले ९ दिनमा पुरा गर्ने योजना रहेको पनि जानकारी दिनुभयो ।
पाथिभरा मन्दिर ताप्लेजुङको परिसरमा दैनिक रुपमा सहश्रचण्डी पाठ र वनस्पति हवन गरिने कार्यक्रममा सवा करोड दिप प्रज्वलन समेत हुनेछ ।