२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

उज्यालोमय बन्दै भोक्राहा नरसिंह

Author Uttari Morang
सोमबार, आश्विन १५, २०७५
उज्यालोमय बन्दै भोक्राहा नरसिंह

दिपेन्द्र यादव, सुनसरी  । लामो समयदेखि अन्धकारमय जीवन बिताउदै आएका भोक्राहा नरसिंह वार्ड ८ का बासिन्दाहरु सोमबारबाट उज्यालोमय  जीवन बिताउन थालेका छन ।

भोक्राहा नरसिंह गाउँपालिका वार्ड ८ का स्थानियबासीहरु विगत दुई दशकदेखि  अन्धकारमय जीवन बिताईरहेपनि अहिले भोक्राहा नरसिंह ८ का वडाध्यक्ष हात्तिम अंसारीको पहलमा घर घरमा विजुली बत्तीको लाइन पुगेको छ ।

विजुली बत्तीको पोल सहित घर घरमा लाइन पुगेपछि भोक्राहा नरसिंह वार्ड नं. ८ का ७ सय घर परिवार खुसी भएका छन ।

सोमबार ८ नं. वडा कार्यालयले एक दिने कार्यक्रमको आयोजना गरी भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष महेन्द्र प्रसाद यादवले ट्रान्सफर्मरमा लाईन दिई उद्घाटन गरेका छन ।

गाउँपालिका अध्यक्ष यादवले ट्रान्सफर्मरमा लाइन दिए लगतै अहिले भोक्राहा नरसिंह वार्ड नं. ८ का ७ सय घरमा उज्यालो भएको छ ।

सो वडामा १ हजारको संख्यामा घरधुरी रहेपनि हालसम्म ७० जनाको घरमा मात्र मिटर जडान गरिएको छ । पहिला स्थानियहरुले मिटर जडान गरिएपनि भोल्टेज कम भएका कारणले मोवाइल, टर्च लाईट बाल्न मात्र पुग्ने गरेको स्थानिय लुकमान अंसारीले बताए ।

यता स्थानिय अंसारीका अनुसार विगत तिन वर्ष अगाडी ४० जना र गत वर्ष मात्रै ७० जनाले आफ्नो घरमा मिटर जडान गर्नका लागि विद्युत प्राधिकरण इनरुवामा निवेदन सहित सेवा शुल्क वापत १२ सय ९० रुपैँया र १४ सय रुपैँया बुझाएपनि अहिले उनीहरुको घरमा मिटर जडान भएको छैन ।

मिटर जडान गर्न तथा अहिले डिजिटल मिटरका लागि लागु भएको शुल्क २४ सय ४३ रुपैँया तिर्नुपर्ने विद्युत प्राधिकरण इनरुवा शाखाका प्रमुख संजिव शाहले बताए । त्यसैगरी यता भोक्राहा नरसिंह गाउँपालिका वार्ड नंं. ८ का वडाध्यक्ष अंसारीले विद्युत प्राधिकरण इनरुवा शाखाको सहकार्यमा शनिबार, आईतबार र सोमबार गरी तिन दिने मिटर जडान शिविर संचालन गर्ने भएको छ ।

सो शिविरमा आएका सबै सेवाग्राहीहरुको काम एकै दिनमा गर्ने वडाध्यक्ष अंसारीले बताए । मिटर जडानका लागि वडाको सिफरिस, मिटर जडानको लागि शुल्क तिरेको रसिद वडामा नै काट्ने बतावरण मिलाई वडामा शिविरको आयोजना पहिलो पल्ट गर्न लागेको बताए । अहिले वार्ड नं. ८ मा १०० के बी क्षमताको ट्रान्सर्फमर २ वटा र ३० वटा नयाँ विद्युत पोल र अरु थप पुरानो पोलमा नै विद्युत लाइन प्रसारण गर्न अल्मुनियम तार जोडी विद्युत लाइन प्रवाह गरेको अध्यक्ष अंसारीले बताए ।