२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

एक सय १० बर्षिया बृद्दासहित सुन्दरहरैचाभरिका दुई दर्जनभन्दा बढी जेष्ठ नागरिक सम्मानित

Author Uttari Morang
मंगलबार, आश्विन १६, २०७५
एक सय १० बर्षिया बृद्दासहित सुन्दरहरैचाभरिका दुई दर्जनभन्दा बढी जेष्ठ नागरिक सम्मानित

बिराटचोक, माेरङ/ सुन्दरहरैंचा नगरपालिकाले नगरभरिका जेष्ठ नागरिकहरुलाई सम्मान गरेर २८ अाैं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाएकाे छ ।

जेसिस सभाहलमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं १ का प्रमुख डा. गाेविन्द तुम्याङले  जेष्ठ नागरिकहरुलाई दाेसल्ला अाेढाएर सम्मान गरेका थिए ।

साे कार्यक्रममा सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, उद्याेग वाणिज्य संघका अध्यक्ष नवराज चापागाईँ लगायतका विशिष्ट महानुभावहरुकाे उपस्थिती रहेकाे थियाे ।

साे अवसरमा सुन्दरहरैचा वार्ड नं ७ का १ सय १० वर्षीय महेश्वरा अधिकारी र वार्ड नं ९ कि १०२ वर्षीय रामबहादुर कुमर दनुवारलाई क्रमशः नगर माता र नगर पिता घाेषणा गरिएकाे थियाे । उनीहरुलाई नगद तथा खादाले बिशेष  सम्मान गरिएकाे थियाे । उनीहरूसंगै सुन्दरहरैंचाका १२ वटै वडाका दुई दुई जना गरी २४ जना जेष्ठ नागरिकलाइ पनि सम्मान गरिएको छ ।

प्रमुख अतिथिले कार्यक्रमलाई सम्वाेधन गर्दै वृद्ध वृद्धा भनेका समस्या नभएर अवसर भएकाे वताउँदै उनीहरुकाे उचित सम्मानमा विशेष ध्यान पुर्याउनु पर्ने वताए । छाेराछाेरीले अाफ्नाे जिम्मेवारी पूरा गर्ने पर्ने कुरामा जाेड दिएका थिए ।
साथै उनले महत्वपूर्ण कार्यक्रममा अाफूलाई अामन्त्रण गरेकाेमा नगरपालिकालाई धन्यवाद पनि दिए।

सुन्दरहरैचाका मेयर शिवप्रसाद ढकालले जेष्ठ नागरिककाे हक र अधिकारका वारेमा नगरपालिका सम्वेदनशील रहेकाे वताए । उनले जेष्ठ नागरिकलाई सम्मान गर्न पाएकाे खुसी व्यक्त गरे । साे अवसरमा उपमेयर धना तामाङ, जेष्ठ नागरिक समाजका महासचिव रामप्रसाद गजुरेल, नेकपाका केदार गसरागाईँ, समाजसेवी, कृष्णबहादुर भट्टराई अादिले अाअाफ्ना मन्तव्य राखेका थिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भट्टराईले सहभागी सबैलाई स्वागत गरेका थिए ।

जेष्ठ नागरिक समाजका अध्यक्ष रामकुमार कार्कीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रमकाे संचालन नगरपालिकाका कर्मचारी निरज नेपालले गरेका थिए ।