२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

युएईमा राम्रो कमाइ हुने युवालाई माया जालमा पारेर सम्पत्ति हत्याउने महिलाहरुको गिरोह सक्रिय

Author Uttari Morang
मंगलबार, आश्विन १६, २०७५
युएईमा राम्रो कमाइ हुने युवालाई माया जालमा पारेर सम्पत्ति हत्याउने महिलाहरुको गिरोह सक्रिय

राम्रो कमाइ हुने नेपाली युवाहरुलाई छानीछानी माया जालमा फसाएर सम्बन्ध जोड्दै उनीहरूको सम्पत्ति हत्याउने नेपाली महिलाहरुको एक गिरोह युएईमा सक्रिय रहेको खुलासा भएको छ ।

त्यस्तो गिरोहले युएईमा एक्लै बसेका नेपालीहरुलाई मात्र होइन, त्यहाँ परिवार हुने युवाहरूलाई पनि विभिन्न तबरले मायाजालमा पार्ने कोशिश गर्ने गरेको छ । सो समूहले एक्लै बसिरहेका युवाहरूसंग ‘लिभिङ टुगेदर’ गरेरै सम्बन्ध गास्ने गरेको छ । धेरैजसो बिवाहित ती महिलाहरुसंग सम्बन्ध गासेर फस्नेमा धैरैजसो लाखभन्दा बढी कमाइ हुने नेपाली युवाहरू छन् । त्यतिमात्र होईन, युरोपको भन्दा राम्रो कमाई हुने एक दुई जना युवा पनि उनीहरूको मायाजालमा फसेपछि ती युवाले हाल नेपालमा रहेका परिवारलाई पैसा नै पठाउन छाडेको पाइएको छ ।

पूर्वी नेपालमै घर बताउने एक महिलाले आफ्नो श्रीमानले पनि त्यस्तै महिलाको मायाजालमा फसेर दुई चार महिनादेखि पैसा पठाउन छाडेको र आफ्नो र छोराछोरीको बिजोग भएको दुखेसो गरिन् । उनले पारिवारिक सम्बन्धमा असर नपुगोस भनेर आफ्नो नाम बताउन चाहिनन् तर युएईमा आफ्नो श्रीमानको कमाइ निकै राम्रो भएको तर केही महिनादेखि श्रीमानले सम्पर्क गर्न पनि छाडेको र पैसा पनि नपठाएको बताइन् ।

उनले वास्ताकोटी थरकी एक बिवाहित महिलाले आफ्नो श्रीमानलाई फसाएको दाबी गरिन् । ती महिला युएईमै रहेका उनका श्रीमानलाई छाडेर आफ्नो श्रीमानलाई फसाएको नेपालमा रहेकी पीडित महिलाले बताइन् । बास्ताकोटी थरकी ती महिलाले पहिले चितवनका एकजना र झापातिरका अर्का पुरुषलाई पनि फसाउने कोशिश गरेको उनले दाबी गरिन् ।

उनले श्रीमानले पैसा नपठाएको कारण केही महिनादेखि घर किन्नका लागि बैंकबाट लिएको ऋणको किस्ता तिर्न नसक्दा बैंकले ताकेता गर्न थालेको र त्यही तनावका कारण आफू अन्यत्र बस्दै आएको बताइन् । आजकाल श्रीमानले फोन उठाउन पनि छाडेको र र कहिलेकाहीँ फोन गर्दा आफू समस्यामा परेको बताउने गरेको उनले बताइन् ।

हाल छोराछोरीको बोर्डिङको शुल्क तिर्ने र बिरामी पर्दा उपचार गर्ने खर्च समेत नभएको ती महिलाले सञ्चारकर्मीलाई बताइन् ।