२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

कारबाही भएन बेलचौरीको पुल ठेक्का लिएर पाँच बर्षसम्म काम नगर्ने ठेकेदारलाई

Author Uttari Morang
शुक्रबार, आश्विन १९, २०७५
कारबाही भएन बेलचौरीको पुल ठेक्का लिएर पाँच बर्षसम्म काम नगर्ने ठेकेदारलाई

करिब पाँचवर्ष अगाडि निर्माण कार्य शुरु गरेेेर पुलका ठेकेदार सम्पर्क विहीन भएपछि मोरङको केराबारी गाउँपालिका वडा नं. ९ स्थित तुर्के खोलामा निर्माणाधीन पुल बेवारिसे अबस्थामा पुुुगेको छ  ।

त्यसलाई पुरा गर्न गाउँमा धेरै आश्वासनहरु राजनैतिक दलहरुबाट आए । स्थानीय तहको निर्वाचनमा त्यही पुललाई देखाएर भोट नेताहरुले मागे । अनि प्रदेश र संघको चुनावमा पनि त्यही पुल बनाईदिने भन्दै गाउँलेहरुलाई भोट मागे । तर अहिले तुर्केखोलाको पुल जस्ताको तस्तै छ । लथालिङ्ग अवस्थामा रहेको भालुगौंडे र बेलचौरी जोड्ने तुर्के खोलाको पुलको निर्माण कार्य अझै सुचारु हुन सकेको छैन ।
आर्थिक बर्ष २०७१/७२ मा पुल निर्माणको लागि केन्द्रिय योजनाबाट निलगिरी कम्पनीले ३ करोढ ६० लाखमा ठेक्का परेको थियो । तीन वर्ष भित्रमा योजना सम्पन्न गरी हस्तान्तरण गर्ने सम्झौता  थियो । तर योजनाको काम शुरु गरेर पुरा नगरी ठेकेदार वेपत्ता भएपछि पुल निर्माण कार्य लथालिङ्ग अवस्थामा छ ।

गृहमन्त्री रामबहादुर थापाले योजनाहरु अलपत्र छाडेर भाग्ने ठेकेदारलाई थुन्ने घोषणा गरेपछि ठेकेदारहरुले केहि ठाडो कान लगाएपनि अहिले भने उनीहरुलाई कुनै चासो देखिएका छैनन् ।

पुल नहुंदा वर्षातको समयमा केराबारी ९ का भलुवा, खयरघरी र घंघरुवासीले निकै पिडा भोेग्दै आएका छन् । केही महिनाअघि  पुलका ठेकेदार युवराज डाँगीले असोजदेखि काम थालनी गर्ने जनाएका थिए । तर अहिले सम्म ठेकेदारले काम गर्ने छनक देखाएका छैनन् ।
तीनवटा आधा पीलर खडा गरेर ठेकेदार नै वेपत्ता भएपछि निर्माण कार्य अधुरो छ । योजना अलपत्र भएपछि स्थानीय वासिन्दाहरु ठेकेदारप्रति रुष्ट भएका छन् । पुल निर्माणका लागि स्थानीय स्तरमा सुरेन्द्र गुरुङको संयोजकत्वमा अनुगमन समिति निर्माण गरिएको भएता पनि ठेकेदार बेपत्ता भएपछि समिति पनि योजनाका बारेमा बेखबर छ  । गत जेष्ठ महिनामा ठेकेदारले कामदारहरुलाई पठाएर काम गरेजस्तो गरे । तर निर्माण स्थलमा ल्याएका निर्माण सामाग्रीहरु यत्रतत्र छाडेर कामदार पनि सम्पर्क विहीन भए  ।
पुल निर्माण कार्य सम्पन्न नहुँदा यसको अशर केराबारी ९ को भलुवा,घंघरु,भालुगौंडे लगायतका वासिन्दाहरुले प्रत्यक्ष रुपमा भोग्नु परिरहेको छ । वर्षायाममा तुर्के खोलामा बाढी आउन साथ स्थानीय बासिन्दाहरु आवतजावत गर्न समस्या झेल्दै आउनु परेको छ ।
ठेकेदारले पुल निर्माण गरेको ढिला सुस्तीको विषयमा अब स्थानीय सरकारले जिम्मा लिनुपर्ने आवाज उठ्न थालेको छ । कि त ठेकदारलाई कारवाही गर्नु प¥यो , कि त काम लगाउनु पर्ने  स्थानीय वासिन्दा बताउँछन् । यस विषयमा केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्कीले यो पुलको काम शुरु नगर्ने ठेकेदारलाई कारवाहीको लागि प्रक्रिया अगाडि बढाउने बताएपनि कारवाही प्रक्रिया भने अगाडि बढेेको छैैन । –  भक्तशेर लिम्बु (ब्लाष्ट टाइम्स)