२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

वार्षिक साधारणसभाकाे अवसरमा लालभित्ति साकोसले आयोजना गर्यो रक्तदान, ४० प्रिन्ट रगत संकलन

Author Uttari Morang
शुक्रबार, आश्विन १९, २०७५
वार्षिक साधारणसभाकाे अवसरमा लालभित्ति साकोसले आयोजना गर्यो रक्तदान, ४० प्रिन्ट रगत संकलन

बेलबारी, माेरङ/ बेलबारीमा रहेकाे लालभित्ती वचत तथा ऋण सहकारी संस्थाले ले अाफ्नाे १२ अाैं वार्षिक साधारणसभाकाे अवसर पारेर संचालन गरेकाे रक्तदान कार्यक्रम संचालन गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्ती चाेकमा बिहान ८ वजे देखि १० वजेसम्म संचालन गरिएकाे उक्त रक्तदान कार्यक्रममा ४० प्रिन्ट रगत जम्मा भएकाे लालभित्ति साकाेसका सचिव राजु परियारले जानकारी दिए ।

संस्थाले बर्सेनी वार्षिक अवसर पारेर यसरी नै रक्तदान कार्यक्रमकाे अायाेजना गर्दै अाएकाे र यसपालिको रक्तदान कार्यक्रममा शिक्षक कर्मचारी, व्यापारी तथा सर्वसाधारणले सहभागिता जनाएकाेे साकाेसका अध्यक्ष सिताराम न्याैपानेले वताए ।

अस्पतालहरुमा रगतकाे अभाव भैरहेकाे वेला स्थानीस्तरमा गरिएकाे रक्तदान कार्यक्रमले रगतकाे अभावलाई कमि गर्न्न सहयाेग गर्ने विस्वास गरिएकाे छ । रगत संकलनमा नेपाल रेटक्रस साेसाइटी धरान शाखाले प्राविधिक सहयाेग पुर्याएकाे थियाे ।