२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

समाजसेवामा जुट्दै नारी जागरण समूह

Author Uttari Morang
शनिबार, आश्विन २०, २०७५
समाजसेवामा जुट्दै नारी जागरण समूह

केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि महिला सशक्तिकरणकाे अान्दाेलनमा सक्रिय भूमिका निभाउँदै अाएकाे नारी जागरण समूह, बेलबारीले अाफ्नाे पाँचाैं वार्षिक साधारणसभाकाे अवसर पारेर शनिबार सुक्रपथ सडककाे सरसफाई कार्यक्रम संचालन गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ कार्यलय रहे पनि सुन्दरहरैचामा समेत कार्यक्षेत्र रहेकाे यस संस्थाले पूर्वपश्चिम लाेकमार्गकाे लालभित्ती चाेकदेखि सुन्दरहरैचाकाे सिमानासम्मकाे सुक्रपथ सडक सफाई गरेकाे नारी जागरण समूहकी अध्यक्ष रामकुमारी राईले वताईन् ।

प्रत्येक वर्ष पनि संस्थाले यसरी नै सडक सफाई गर्दै अाएकाे र यसपटक पनि साे अभियानलाई निरन्तरता दिएकाे नारी जागरण समूहकाे पुत्री संस्था प्रत्यक्ष वचत तथा ऋण सहकारीका व्यवस्थापक मन्जु पाेखरेलकाे मत रहेकाे छ ।

नारी जागरणले अायाेजना गरेकाे साे सफाई अभियानलाई स्थानीय समाजसेवीले पनि सहभागिता जनाएका थिए ।

हातमा झाडु र कुचाे लिएर निस्किएका महिलाहरुले सडकमा झाडु मात्र लाएनन् सडक अतिक्रमण गरेर राेपिएका बिरुवा समेत काटिदिएका छन् ।

यसरी सडक अतिक्रमण गरेर राेपेका बिरुवा फाँडेपछि सडक सफा र फराकिलाे देखिएकाे छ ।