२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

बेलबारी बहुउद्देश्यीय सहकारीकाे १७ अाैं साधारणसभा सम्पन्न

Author Uttari Morang
शनिबार, आश्विन २०, २०७५
बेलबारी बहुउद्देश्यीय सहकारीकाे १७ अाैं साधारणसभा सम्पन्न
बेलबारी, माेरङ/ बेलबारी बहुउद्देश्यीय सहकारीले विवध कार्यक्रमका साथ अाज अाफ्नाे १७ अाैं साधारणसभा सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ काे सांसकृतिक हलमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गमलामा राेपिएका विरुवामा पानीहाले कार्यक्रमकाे उद्घाटन गरेका थिए ।

साे कार्यक्रममा जिल्ला सहकारी माेरङका अध्यक्ष हरि सुवेदी, लालीगुराँस साकाेसका अध्यक्ष दुर्गा गाैतम, बेलबारी साना सहरी खानेपानी अायाेजनाका अध्यक्ष महेन्द्र सुवेदी, गाेल्डेन फ्युचर साकाेसका अध्यक्ष लक्ष्मणजङ् थापा, नेकपाका संयाेजक पर्शराम सुवेदी, लगायतकाे उपस्थिती रहेकाे थियाे ।

कार्यक्रमलाई संवाेधन गर्दै प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले सहकारीले सहकार्यकाे सिद्धान्त अनुसार अघि वढ्नु पर्ने कुरामा जाेड दिए ।

कार्यक्रममा जिल्ला सहकारी माेरङका अध्यक्ष हरि सुवेदी, लालीगुराँस साकाेसका अध्यक्ष दुर्गा गाैतम, बेलबारी साना सहरि खानेपानी अायाेजनाका अध्यक्ष महेन्द्र सुवेदी लगायतकाले कार्यक्रममा शुभकामना दिएका थिए ।

साे अवसरमा ७ जना सेयर सदस्यका वुवा अामा र १ जना सेयर सदस्य गरि जम्मा ८ जनालाई जेष्ठनागरिक सम्मान, र बेलबारी नगरपालिका कृषि शाखामा कार्यरत मत्स्य विकास अधिकृत रुद्रप्रसाद फुयललाईका साथै उत्तरी माेरङमा कार्यरत विभिन्न पत्रकारहरुलाई पनि सम्मान गरिएकाे थियाे ।

प्रताप थापाकाे अध्यक्षतामा संचालित कार्यक्रममा संस्थाका उपाध्यक्ष एवम् पूर्व जनप्रतिनिधि शिवप्रसाद बरालले उपस्थित सबैलाई स्वागत गरेका थिए भने कार्यक्रमकाे संचालन नन्दराज गिरीले गरेका थिए ।