२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कृषि/सहकारी

साना किसान सहकारीको १२ अाैं साधारणसभा सम्पन्न

Author Uttari Morang
शनिबार, आश्विन २०, २०७५
साना किसान सहकारीको १२ अाैं साधारणसभा सम्पन्न

अनिल बराल, बेलबारी, माेरङ / साना किसान कृषि सहकारीले अाफ्नाे अाफ्नाे बाह्राै साधारणसभा सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं १ मा रहेकाे बाैद्ध गुम्बाकाे सभाहलमा संचालन भएकाे साधारणसभाकाे उद्घाटन नेपाल कृषि सहकारी संघका केन्द्रीय उपाध्यक्ष मदनकुमार दाहालले गरेका थिए ।

उक्त कार्यक्रममा कृषि सहकारीका प्रदेश समितिका अध्यक्ष खगेन्द्रराज भण्डारी, साना किसान बिकास बैंक इटहरी प्रबन्धक सरोज भटराई लगायत विभिन्न महानुभावकाे सहभागीता रहेकाे थियाे ।

उक्त अवसरमा ७०-७५ वर्षसम्मका विभिन्न ५ जना जेष्ठ सदस्यहरुलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा आ.व.२०७४/७५ को कार्यप्रगति तथा आ.व.२०७५/७६ को प्रस्तावित कार्ययोजना अध्यक्ष ओझाले प्रस्तुत गरेका थिए भने आर्थिक प्रगति प्रतिवेदन संस्था प्रवन्धक बाबुराम खड्काले प्रस्तुत गरेका थिए । त्यस्तै पशु धन सुरक्षण समितिको तर्फबाट संयोजक गुणराज सुवेदीले, लेखा तथा सुपरिवेक्षणको प्रतिवेदन गोमा खुलालले प्रस्तुत गरेका थिइन ।

सहकारीले आ.व.२०७४/७५ मा १४ लाख १९ हजार ३ सय ६ रुपैया खुद बचत गर्न सफल भएको छ ।

कार्यक्रममा उत्कृष्ट अन्तर समुह अन्तर्गत पहिलो, दोस्रो र तेस्रोलाई पुरस्कृत गरिएको थियो त्यस्तै उत्कृष्ट ऋणी कृषक १ जना र उत्कृष्ट व्यबसायिक खेति गर्ने १ जनालाई ५ कित्ता शेयर थप गरिएको थियो ।
संस्थालाई सहयोग गर्ने पुर्व सन्चालक १ जना, इजरायबाट कृषि तालिम सकेर फर्केका २ जना र संस्थालाई वित्तिय सेवा प्रदान गर्ने साना किसान विकास लघुवित्त इटहरीलाई पनि सम्मान गरिएको थियो ।

माधव अाेझाकाे सभापतित्वमा संचालिम कार्यक्रममा उपाध्यक्ष दुर्गा बरालले गरेका थिए भने संस्थाका कार्य समिति सदस्य राजेन्द्र सापकाेटाले गरेका थिए ।वि.सं. २०६४ सालमा स्थापना भएको सहकारीमा अहिले जम्मा १५२ वटा समुह रहेका छन ।