२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
कला/संस्कृति

बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा

Author Uttari Morang
शनिबार, आश्विन २७, २०७५
बेलबारी साहित्य विकास समितिले धनपालगढीमा गर्यो दोस्रो साहित्य परिक्रमा
बेलबारी, मोरङ । मोरङको बेलबारीमा अबस्थित बेलबारी साहित्य विकास समितिले धनपालगढीमा साहित्य परिक्रमा कार्यक्रम सम्पन्न गरेको छ ।
शनिबार धनपालगढीकै परिसरभित्र भएको साहित्य परिक्रमा कार्यक्रममा सर्जकहरुले धनपालगढीकै बिषयबस्तुमा आधारित भएर सिर्जना तयार गरी आफ्ना रचना प्रस्तुत गरेका थिए ।

करिब दर्जन सर्जकहरुको सहभागिता रहेको कार्यक्रममा सर्जकहरुले त्यहीँ पुगेपछि  धनपालगढी परिसरभित्रै सिर्जना गरिएका रचनाहरु वाचन गरेका थिए ।कार्यक्रममा मदन भन्डारी स्मृति प्रतिष्ठानका अध्यक्ष गुरु बराल, पुर्व माननिय मधु गुरुङ, वडा नं ५ का वडाध्यक्ष विश्वबन्धु बस्नेत लगायत बेलबारीका साहित्यकारहरुको उपस्थिति थियो ।

लेखन तथा वाचन क्षमताको बिकासका साथै ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रको प्रचारप्रसार पनि गर्ने उद्देश्यले साहित्य परिक्रमा अभियान शुरु गरिएको बेलबारी साहित्य विकास समिति अध्यक्ष रेखा सुवेदीले बताइन । ऐतिहासिक, साँस्कृतिक, धार्मिक क्षेत्रमा गरिने अभियान अब निरन्तर रुपमा प्रत्येक महिनाको १ पटक आयोजना गर्ने सुवेदीले बताइन् ।

अघिल्लो महिना पहिलोपटक बेतना सिमसरमा साहित्य परिक्रमा कार्यक्रम गरिएको थियो । शनिबार धनपालगढीमा गरिएको साहित्य परिक्रमाको दोस्रो  कार्यक्रम हो । तेस्रो कार्यक्रमका रूपमा अर्को  महिना बेलबारी २ रमितेमा साहित्य परिक्रमा गरिने बेलबारी साहित्य विकास समितिले जनाएको छ ।