२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

मन्त्री लालबाबु पण्डितको उपस्थितिमा शुभकामना तथा चियापान गर्यो बेलबारी नगरपालिकाले

Author Uttari Morang
आइतबार, आश्विन २८, २०७५
मन्त्री लालबाबु पण्डितको उपस्थितिमा शुभकामना तथा चियापान गर्यो बेलबारी नगरपालिकाले

बेलबारी, माेरङ/ दशैं, तिहार तथा छठकाे अवसर पारेर  बेलबारी नगरपालिकाले शुभकामना अादानप्रदान तथा चियाापान कार्यक्रम सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिकाकाे सभाहलमा सम्पन्न शुभकामना अादानप्रदान कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, पूर्व सांसद हर्कमान तामाङ, बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, उपप्रमुख ढाकाकुमारी पराजुली, प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहाल, नेकपाका केन्द्रीय सदस्य महेश रेग्मी, वाडाध्यक्षहरु, विषयगत समितिका प्रमुखहरु, राजनैतिक पार्टी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु अादिकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले संघीय प्रणालि अलि जटिल खर्चिलाे तथा केही झण्झटिलाे रहेकाे विकासकाे काममा केही ढिला भएकाे तर वताए । कानुन निर्माण प्रकृयाले गर्दा केही ढिला भएकाेले अब चाँडै जनताले परिवर्तनकाे अनुभूति गर्ने वताए । उनले बेलबारी नगरपालिकामा आदिबासीको बसोबास रहेको क्षेत्रमा बहु सांस्कृतिक सामुदायिक भवन बनाउन यसै क्षेत्रका सांसद तथा कानुन मन्त्री भानुभक्त ढकालसंग सल्लाह भए अनुसार नगरपालिकाले प्रस्ताव पेश गरेमा यसै बर्ष एक करोडसम्मको बजेट दिने घोषणा पनि गरे । हरेक स्थानीय तहमा एउटा दमकल र बिकास निर्माणका लागि आवश्यक पर्ने ह्याभी स्कावेटर उपलब्ध गराउने योजना रहेकोे र त्यसका लागि बिदेशी दाताहरुसंग कुराकानी भइरहेको बताए ।

नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले सबै नगरवासीलाई शुभकामना दिदै चाडवाडले सबैलाई एकतामा वाध्ने अासा गरे ।

राजनैतिक पार्टिहरुकाे तर्फबाट वाेल्दै नेकपाका पर्शुराम सुवेदीले नगरपालिकाले लगाएकाे कर पुनर्विचार गर्नु पर्ने कुरामा जाेड दिए ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालले स्वागत गरेकाे उक्त कार्यक्रमकाे संचालन सामाजिक विकास शाखा प्रमुख झमक भट्टराईले गरेका थिए ।