२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं

Author Uttari Morang
मंगलबार, आश्विन ३०, २०७५
अर्किड बेलबारीले बालबालिकासँग मनायाे दशैं
केशु विरही, बेलबारी, माेरङ/ विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे अर्किड बेलबारीले अाज एक कार्यक्रम गरि बालबालिकासँग दशैंकाे शुभकामना अादान प्रदान गरेकाे छ ।
बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे कार्यलयकाे प्राङ्गणमा संचालन गरिएकाे शुभकामना अादान प्रदान कार्यक्रममा बालबालिकाले टीका, जमरा तथा दक्षिणा ग्रहरण गरेका थिए ।
बालबालीकालाई ९२ वर्षीय स्थानीय जयप्रकाश पाेखरेलले कार्यलयमा उपस्थित बालबालिकाहरुलाई टीका तथा जमरा लगाईदिएका थिए ।
हरेक वर्ष झैँ यसवर्ष पनि संस्थाले दशैंकाे शुभकामना तथा टीका लगाईदिएर शुभकामना अादाप्रदान गरेकाे अर्किड बेलबारीका संयाेजक रेवती तिवारीले वताए ।
उक्त कार्यक्रममा अर्किडका वाेर्ड सदस्य तिलक लिम्बूले उपस्थित सबैलाई स्वागत गरकाे थिए।
समाजसेवी ईश्वरी गुरुङ र स्वास्थ्यकर्मी रेनुका वस्नेत चाडवाडमा खानपानमा ध्यान दिन अाग्रह गरिरहेका थिए भने संस्थाका वाेर्ड सदस्य सुनिता तिवारी हुमागाई तथा शिला पाेखरेल पनि अभिभावक तथा बालिकामा चाडवाडकाे महत्वका वारेमा दर्शाएका थिए ।
पछिल्लाे समयमा चाडवाड खर्चिलाे र भड्किलाे भैरहेकाेमा गरिएकाे यसप्रकारकाे कार्यक्रमकाे विशेष महत्व रहेकाे अर्किडका संस्थापक नवराज पाेखरेलकाे मत रहेकाे छ ।