२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न

Author Uttari Morang
शनिबार, कार्तिक ०३, २०७५
पाथिभरा मन्दिरमा पहिलोपटक एक हजार आठ चण्डीपाठ सम्पन्न

ताप्लेजुङ । ताप्लेजुङमा अवस्थित पाथिभरा मन्दिरमा पहिलोपटक सहश्रचण्डी (१००८ चण्डीपाठ) संपन्न भएको छ । 

वडादशैको अवसरमा असोज २४ गते घटस्थापनादेखी सुरु भई कार्तिक १ गते महानवमीसम्म सहश्रचण्डी आयोजना कमिटिको आयोजनामा विश्वास, आस्था एवं पवित्रताकी देवी पाथीभराको परिसरमा सहश्रचण्डी संपन्न भएको हो ।
पाथिभरा मन्दिरमा धेरै भन्दा धेरै धार्मिक पर्यटक पु¥याउने उद्देश्यका साथ सहश्रचण्डी संचालन गरिएको आयोजना कमिटि संयोजक युवा विद्वान लक्ष्मण गुरुले बताउनुभयो । १००८ चण्डीपाठ संचालन हुने ९ दिनमा आन्तरिक तथा बाह्य गरि २ लाख धार्मिक पर्यटक मन्दिरमा दर्शनका लागि पुगेको आयोजकले जानकारी दिएको छ । नेपालका बिभिन्न स्थानबाट त्यस्तै भारतको सिलगडी, सिक्कीम, आसाम लगायतका ठाउँहरुबाट पनि भक्तजनहरु सहभागी भएका थिए ।
सहश्रचण्डी युवा विद्वान लक्ष्मण गुरुकै सत्संकल्पमा संपन्न भएको हो । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । श्रीहरि आध्यात्मिक गुरुकुल मनकामना संखुवासभा र श्रीहरि आध्यात्मिक गुरुकुल बुढीगंगा ३ बाँसबारी मोरङका संस्थापक अध्यक्ष समेत रहनुभएका युवा विद्वान गुरुले १००८ चण्डीपाठ गर्न १ सय जना ब्राम्हणलाई ४ दिन लाग्ने भएतापनि यो अवसरमा भने ४२ जना ब्राम्हणले ९ दिनमा पुरा गरेको पनि जानकारी दिनुभयो ।
पाथिभरा मन्दिर ताप्लेजुङको परिसरमा दैनिक रुपमा सहश्रचण्डी पाठ र वनस्पति हवन सन्चालन भएको कार्यक्रममा सवा करोड दिप प्रज्वलन समेत संपन्न भएको छ ।