२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
गाउँ/समाज

कानुन मन्त्रीले भनेको कि अाउने वजेटमा जेष्ठ नागरिककाे भत्ता वढ्छ रे

Author Uttari Morang
बुधबार, कार्तिक ०७, २०७५
कानुन मन्त्रीले भनेको कि अाउने वजेटमा जेष्ठ नागरिककाे भत्ता वढ्छ रे

केशु विरही, सुन्दरहरैचा, माेरङ/ संघीय सरकारका कानुन, न्याय तथा अान्तरिक मामिला मन्त्री भानुभक्त ढकालले अब अाउने वजेटबाट सरकारले जेष्ठ नागरिकले पाउने सामाजिक सुरक्षा भत्ता वढाउने वताएका छन ।

नेपाल सरकारकाे युवा तथा खेलकुद मन्त्रालय अन्तरगतकाे युवा तथा साना व्यवसायी स्वराेजगार काेषकाे अायाेजनामा सुन्दरहरैचा नगरपालिकामा अन्तरक्रिया तथा व्याज अनुदान फिर्ता कार्यक्रममा वाेल्दै कानुन मन्त्री ढकालले साे कुरा वताएका हुन ।

साथै उनले सरकार अाफ्नाे काम नियमित रुपमा गरिरहेकाे अब चाँडै त्यसकाे परिणाम देखिने पनि पनि वताएका छन् ।

माेरङ निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य समेत रहेका संघीस सरकारका कानुन मन्त्री ढकाललले कम्युनिष्टकाे सरकार भएकाेले निर्वाचनताका जनतासामू राखेका वाचाहरु कहिल्यै नभुल्ने समेत वताएका छन ।

 

प्रदेशसभा सदस्य राजकुमार अाेझाले सहकारीमा अाम जनताकाे पहुच हुनु पर्ने कुरामा जाेडदिएका थिए ।

युवा तथा साना व्यवसायी स्वराेजगार काेषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दङ्गालले सुरुमा कानुनी जटिलताका कारण केही समस्या देखिए पनि पछिल्लाे समयमा ती जटिलताहरु हट्दै अाएकाे वताए ।

साे कार्यक्रममा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, पुर्व सांसद ऋषिकेश पाेखरेल, माेरङका प्रमुख जिल्ला अधिकारी रमेश केसी, काेसीहरैचा उद्याेघ वाणिज्य संघका अध्यक्ष नवराज चापागाईँ, सुकुना बहुमुखी क्याम्पसका प्रमुख प्रेमप्रसाद भट्टराई, पूर्व प्रमुख पितकुमार श्रेष्ठ, जिल्ला सहकारी माेरङका सचिव विरेन्द्र यादव अादिकाे सहभागिता रहेकाे थियाे।

त्यहाँ वाेल्ने सहकारी अभियन्ताहरुले राज्यकाे नीति केही झन्झटिलाे भएकाे त्यसलाई सरल वनाउने पर्ने जाेड दिएका थिए ।

माेरङका विभिन्ज ८ वटा सहकारीमार्फत रु ४५ लाख वरावरकाे व्याज फिर्ता गरिएकाे अायाेजकले जनाएकाे छ ।