२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
खबर

बिराटचोकबाट जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले झेल्ने परे अदालती मुद्दा

Author Uttari Morang
आइतबार, कार्तिक २५, २०७५
बिराटचोकबाट जुवा खेल्दाखेल्दै पक्राउ परेकाहरुले झेल्ने परे अदालती मुद्दा

जुवा खेल्दै गरेको अवस्थामा सुन्दरहरैंचाको विराटचोकबाट भाइटिकाको अघिल्लो दिन पक्राउ परेका १० जनालाई प्रहरीले  जुवा ऐन अन्तर्गत मुद्दा चलाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बिशेष सूचनाको आधारमा ईप्रका बेलबारीबाट खटिएको प्रहरी टोलीले घरधनी सहित जुवा खेल्दै गरेका १० जना ब्यक्तिहरूबाट नगद  ४ लाख १५ हजार ४ सय ५५ रुपैयाँ  र जुवा खेल्न प्रयोग भएको कौडा १५ थान र  ३ बुक तास बरामद गरेको थियाेे ।

पक्राउ पर्नेेहरूमा मोरङ सुन्दर हरैचा १० बस्ने घरधनी कुमार मिजार, सुुुन्दरहरैंचा ९ बस्ने पुष्प भुजेल, सुुुन्दरहरैंचा १२ बस्ने भुपाल थापा, सुुुन्दरहरैंचा १ बस्ने जनक मास्के, सुुुन्दरहरैंचा ९ बस्ने विनोद गौतम, सुुुन्दरहरैंचा १० बस्ने जय बहादुर सार्की, सुुुन्दरहरैंचा बस्ने कमल खड्का, सुुुन्दरहरैंचा १२ बस्ने प्रशान्त कार्की, उर्लाबारी नगरपालिका २ बस्ने जित बहादुर पुरी र सुनबर्षी नगरपालिका ६ बस्ने मकर तामाङ छन् ।

उनीहरू १० जनालाई नै म्याद थप गरी थुनामा राखिएकोमा आइतबार सबै विरुद्ध जुवा मुद्दा दायर भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

सोही समूहलाई दशैंको समयमा पनि प्रहरीले पक्राउ गरेको र त्यसबेला  मुद्दा नचलाई छाडेको प्रहरी श्रोतले जनाएको  छ ।