२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
कला/संस्कृति

१२ बर्ष खाडी बसेर फर्केपछि यसरी चर्चित गायक बने धनकुटेली युवा नन्दु

Author Uttari Morang
बुधबार, मंसिर ०५, २०७५
१२ बर्ष खाडी बसेर फर्केपछि यसरी चर्चित गायक बने धनकुटेली युवा नन्दु

देशमा कामको अभाव भएपछि दाम कमाउन वैदेशिक रोजगारीका लागि १२ वर्ष अगाडि युएई गएका धनकुटाका नन्दु राई गत वर्ष नेपाल फर्कदा दाम होइन, नाम कमाएर आए । नेपाली गायनको क्षेत्रमा लामो साधना गरेका राई नेपाल फर्किएपछि निरन्तर रूपमा नेपाली संगीतमै समर्पित भएका छन् ।

नेपाली आधुनिक, लोक, लोकपप क्षेत्रमा गीत रेकर्ड गरी एल्बम समेत सार्वजनिक गरेका राईको पछिल्लो पटक आई लभ यु बोलको आधुनिक गीत सर्वाधिक रुचाइएको थियो ।

गायिका शिला राईका साथमा गाइएको उक्त गीतले बक्सअफिस इन्टरनेशनल ग्रुप तथा बक्स अफिस फिल्मी क्लब नेपालको आयोजनामा नेशनल बक्स अफिस म्यूजिक भिडियो अवार्डमा बेस्ट अफ डुएट सङ अवार्ड समेत हात पारेको छ ।

भेडेटार, धनकुटाका स्थायी वासिन्दा गायक राई स्वदेश फर्किएर पनि नेपाली सांगीतिक क्षेत्रमै समर्पित भएका छन् । नेपाली संगितको उर्वर र केन्द्रीय थलो काठमाडौंमा बसी समसामयिक गीत गाउन सफल गायक राईले पछिल्लो पटक सिरियाको आन्तरिक द्वन्द्वले सिर्जित अवस्थालाई चित्रण गर्दै मर्मस्पर्शी गीत सार्वजनिक गरेका छन् ।