२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

पुर्व प्रवासीहरुको संगठन रिटर्नी माइग्रेण्ट नेपालको मोरङ र सुनसरी जिल्ला समिति गठन

Author Uttari Morang
आइतबार, मंसिर ०९, २०७५
पुर्व प्रवासीहरुको संगठन रिटर्नी माइग्रेण्ट नेपालको मोरङ र सुनसरी जिल्ला समिति गठन

बिदेश बसेर फर्केकाहरुको संस्था रिटर्नी माइग्रेण्ट नेपालको मोरङसुनसरी संयुक्त भेलाले मोरङ र सुनसरीका छुट्टाछुट्टै जिल्ला समिति गठन गरेको छ ।

मोरङ सुन्दरहरैंचाको बिराटचोकमा सम्पन्न भएको भेलाले ती समितिहरु बनाएको हो । प्रवासी र पुर्व प्रवासीहरुको हक हित र प्रबासमा रहेर सिकेका ज्ञान सीप र पुंजीलाइ उपयोगका लागि नितिगत र आर्थिक ब्यबस्थापनका लागि सरकारसंग सहकार्य गर्दै रोजगारी सृजना गर्ने र राष्ट्र निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गत बर्ष भएको राष्ट्रिय भेलाबाट स्थापित संस्थाको जिल्ला जिल्लामा समिति गठन गर्ने क्रममा सो भेला भेला भएको हो ।

भेलाले  राजु भट्टराई को अध्यक्षतामा २३ सदस्यीय जिल्ला समिती गठन भएको छ भने खगेन्द्र कार्कीको अध्यक्षतामा ११ सदस्यीय सुनसरी जिल्ला समिती गठन भएको छ ।

नवगठित मोरङ जिल्ला समितिमा उपाध्यक्ष तेज बहादुर गिरी, सचिव भिम बहादुर खत्री, सहसचिव बिष्णु कार्की र कोषाध्यक्ष रमेश अधिकारी चयन भएका छन् । सदस्यहरुमा रमेश कुमार तामाङ, चन्द्रप्रसाद अधिकारी, पुष्प फुंयाल, केदार पोख्रेल, अनिल सरदार, अर्जुन खड्का, दुर्गाप्रसाद मिश्र, गणेश अधिकारी, राजकुमार कार्की, खेम बहादुर दुलाल, ज्ञानेन्द्र बहादुर भट्टराई, जस बहादुर राई, लक्ष्मी तिम्सिना, गगन खवास, दिपेन्द्र दाहाल र डिल्ली कट्टेल छन् ।

त्यसैगरी सोही भेलाबाट खगेन्द्र कार्कीको अध्यक्षतामा ११ सदस्यीय रिटर्नी माइग्रेण्ट नेपालको सुनसरी जिल्ला समिति पनि गठन भएको छ । सुनसरी जिल्ला समितिमा रेवती भट्टराई उपाध्यक्ष, प्रकाश ढकाल  सचिव, इश्वर कार्की सहसचिव र मिलन कार्की कोषाध्यक्षमा चुनिएका छन् ।

त्यसैगरी सदस्यहरुमा चक्र गुरुङ, लेखनाथ भण्डारी, टेक बहादुर खड्का, राजु गिरी र तारा पराजुली (तिम्सिना) र राजु बस्नेत चयन भएका छन् ।

भेलामा रिटर्नी माइग्रेंट नेपालका केन्द्रिय महासचिव लक्ष्मीप्रसाद आचार्यको प्रमुख आतिथ्यता तथा केन्द्रिय सदस्य छत्र मिश्र,  प्रदेश १ का संयोजक गोकुल बहादुर थापा, सचिव भरत शिवाकोटी लगायत संस्थाको झापा र धनकुटाका अध्यक्ष, मोरङसुनसरी सेवा समाजका पदाधिकारी लगायतको आतिथ्यता थियो । भेलामा सयभन्दा बढी पुर्व प्रवासीहरुको सहभागिता थियो । संयुक्त भेलामा खगेन्द्र कार्कीको सभापतित्व र राजु भट्टराईको संचालनमा भएको थियो ।