२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

वागदेवी सामुदायिक वनकाे दशाैं साधारणसभा सम्पन्न

Author Uttari Morang
आइतबार, मंसिर ०९, २०७५
वागदेवी सामुदायिक वनकाे दशाैं साधारणसभा सम्पन्न

केशु विरही, बेलबारी, माेरङ/ माेरङकाे बेलबारीमा रहेकाे वागदेवि सामुदायिक वनले विविध कार्यक्रमका साथ शनिवार अाफ्नाे १० अाैं वार्षिक साधारणसभा सम्पन्न गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ मा रहेकाे सिंहदेवि खेलमैदानमा सम्पन्न साधारणसभाकाे उद्घाटन बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले गरेका थिए ।

साे उद्घाटन सभामा बेलबारी नगरपालिका वार्ड नं २ का वाडाध्यक्ष घनश्याम गाैतम, नगरकार्यपालिका सदस्य खिना थापा, सामुदायिक वन उपभाेक्ता महासंघ जिल्ला अध्यक्ष अग्नि पाैडेल, सेक्टर वन कार्यालय सलकपुरका रेन्जर विजय प्रजा, इलाका वन कार्यालय खुर्सानेका रुद्रप्रसाद यादव, सामुदायिक वन उपभाेक्ता महासंघ बेलबारी नगर संयाेजक देविप्रसाद पाेखरेल, शिक्षा सन्देश शैक्षिक प्रतिष्ठानका अध्यक्ष लक्ष्मणजङ्ग थापा, शिक्षा सन्देश ई स्कुलका प्रिन्सिपल राजेश खत्री, प्रत्यक्ष साकाेसकी रामकुमारी राई, नेपाका सिताराम न्याैपाने, नेकाका कमल लिम्बू, अादिकाे सहभागिता रहेकाे थियाे ।

साधारणसभाकाे उद्घाटन पश्चात् प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदीले वागदेवि सामुदायिकले चालेका याेजनामध्ये बासुकी रिचार्ज पाेण्डकाे परियाेजना महत्वपूर्ण भएकाे त्यस्ता याेजनामा नगरपालिका सधैँ साथमा रहेकाे वताए ।

साथै उनले सामुदायिक वनलाई सामाजिक तथा पूर्वाधारका क्षेत्रमा नगरपालिकासँग मिलेर काम गर्न अाग्रह पनि गरे ।

सामुदायिक वन उपभाेक्ता महासंघ जिल्ला अध्यक्ष एवम १ नं प्रदेशका सचिव अग्नी पाैडेलले सामुदायिक वनले अब उद्यममूखी भएर अघि वढ्नु पर्नेकुरामा जाेड दिएका थिए । साथै उनले सामुदायिक वन उपभाेक्ता समितिले वितरण गर्ने सुविधाहरुमा समतामूलकता अपनाउन पनि अाग्रह गरे ।

साे कार्यक्रममा पूर्व अध्यक्षहरुकाे सम्मान, विपन्न तथा जेहेन्दार छात्रवृति, डढेल्लाे नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाउने विभिन्न महानुभावहरुलाई सम्मान गरिएकाे थियाे ।

कार्यक्रममा सचिव भिमा मगरले संस्थाकाे वार्षिक प्रगति प्रतिवेदन, काेषाध्यक्ष रामबहादुर थापाले अार्थिक तथा शिवकुमार रुपाखेतीले लेखा तथा सुपरिवेक्षण समितिकाे प्रतिवेदन पेस गरेका थिए ।

वागदेवि सामुदायिकका अध्यक्ष फणिन्द्रबहादुर थापाकाे अध्यक्षता, उपाध्यक्ष भाेला नेपालकाे स्वागत मन्तव्य रहेकाे उक्त कार्यक्रमकाे संचालन भने कार्यसमिति सदस्य विनाेदप्रसाद नेपाले गरेका थिए ।

साथै साधारणसभामा प्रस्तुत गरिएका प्रतिवेदनहरु केही संसाेधन र सुधार सहित पारित गरिएकाे वागदेवि सामुदायिक वनका अध्यक्ष फणिन्द्र बहादुर थापाले जानकारी दिएका छन् ।