२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

मिस वर्ल्ड प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगिन् शृङ्खला खतिवडा

Author Uttari Morang
सोमबार, मंसिर १७, २०७५
मिस वर्ल्ड प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगिन् शृङ्खला खतिवडा

मिस वल्र्डमा नेपालका तर्फबाट सहभागी शृंखला खतिवडा प्रतियोगिताको ‘फाइनल राउण्ड’मा पुगेकी छन् ।

‘मल्टिमिडिया प्रयोग’ तर्फको प्रतिस्पर्धामा पहिलो स्थान ओगट्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेकी हुन् । मिस वल्र्डको आधिकारिक फेसबुक पेजमा सोमबार साँझ राखिएको जानकारी अनुसार उत्कृष्ट तीन ‘मल्टिमिडिया फाइनलिस्ट’ मध्ये पहिलो स्थानमा रहँदै उनी फाइनल पुगेकी हुन् । यो विधामा मेक्सिको दोस्रो र केन्या तेस्रो स्थानमा छन् ।

आइतबार भएको ‘हेड टु हेड’ प्रतिस्पर्धाबाट बाहिरिए पनि मल्टिमिडिया विधाबाट उनले आफूलाई प्रतिस्पर्धामा कायम राखेकी हुन् ।
मिस नेपालको ताज विजेताका रुपमा खतिवडाले मिस वल्र्डमा सहभागिता जनाइरहेकी छन् । प्रतियोगिता चीनको सान्या शहरमा भइरहेको छ ।