२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार

२८ आश्विन २०८३, बुधबार
Uttari Morang
ताजा अपडेट

कार्यकाल सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्दैनन् संघ संस्था

Author Uttari Morang
शुक्रबार, मंसिर २१, २०७५
कार्यकाल सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्दैनन् संघ संस्था

मोरङको बेलबारी नगरपालिका भित्र रहेका आधा दर्जन बढी संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा पनि साधारणसभा गर्न सकेका छैनन ।
उद्योग बाणिज्य संघ बेलबारी,बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समिति, अमना सिसौली सामुदायिक बन उपभोक्ता समुह लगायतका संघसंस्थाहरुले कार्यसमितिको म्याद सकिएको बर्षौ बितिसक्दा समेत साधारणसभा गर्न सकेका छैनन ।
बेलबारी उद्योग बाणिज्य संघमा २०६९ यता साधारणसभा हुन सकेको छैन । ३ बर्षे कार्यकाल भएपनि ६ बर्ष यता संघको साधारणसभा हुन सकेको छैन । संघका अध्यक्ष तथा बेलबारी नगरपालिकाका प्रबत्ता समेत रहेका योगेन्द्र सुवेदी सहमतिमै साधारणसभा नभएको र संघको भवन निर्माण लगायतका काम बाँकी रहेका कारण साधारणसभा नगरिएको भएपनि यो आर्थिक बर्षमा जसरी पनि साधारणसभा गर्ने बताउँछन । संघमा कति ब्यबसायी आबद्ध रहेका छन भन्ने यकिन डाटा समेत संघमा उपलब्ध छैन । कार्यलय सञ्चालनमा छ तरपनि बेलबारीकै ब्यापारीहरुलाई बेलबारी उद्योग बाणिज्य संघ छ भन्ने कुरा धेरैलाई हेक्का समेत छैन ।
बेलबारी साना शहरी खानेपानी तथा सरसफाई उपभोत्ता समितिको म्याद सकिएको १ बर्ष बढी भईसकेको छ । ३ बर्षे कार्यकाल भएपनि ४ बर्ष पुरा हुँदा समेत साधारणसभा हुन सकेको छैन । समितिका अध्यक्ष नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका महेन्द्र सुवेदी समितिका सबै पदाधिकारी ब्यस्त रहेका कारण र केही योजनाहरु पुरा गर्नुपर्ने भएका कारण समयमै साधारणसभा गर्न नसकिएको बताउँछन । उनले पुष अन्तिम तथा माघ पहिलो साता सम्म साधारणसभा तोकिने बताए ।
बेलबारीमै रहेका अमना सिसाैली सामुदायिक बन उपभोक्ता र बेतना सिमसार सामुदायिक बन उपभोक्ता समुहको समेत कार्यसमितिको म्याद सकिएको महिनौ बितिसकेको छ । उनीहरुले पनि साधारणसभा गर्न सकेका छैनन ।

यी त केही उदाहरण मात्र हुन बेलबारीमा थुप्रै संघसंस्थाले साधारणसभा गर्न सकेका छैनन । नियमनकारी निकाय समेत मौन बस्दा कतिपय संस्थाहरु मनपरी गर्ने र आफनो दुनो सोझयाउने बलियो आधार समेत बनेको छ । केही साताअघि बेलबारी १ मा रहेको भानु सार्बजनिक शैक्षिक गुठीमा भने लामो समयपछि साधारणसभा सम्पन्न भएको छ, नरेन्द्र बस्नेतले बेेतना दैनिकमा लेखेेेका छन् ।