२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
ताजा अपडेट

 मेलबर्नमा नेपाल फेस्टिबलको तयारी, नेपाल भ्रमण गर्न अष्ट्रेलियन सांसदको आग्रह 

Author Uttari Morang
मंगलबार, मंसिर २५, २०७५
 मेलबर्नमा नेपाल फेस्टिबलको तयारी, नेपाल भ्रमण गर्न अष्ट्रेलियन सांसदको आग्रह 
 अष्ट्रेलियाको मेलबर्नमा यही डिसेम्बर १५ मा नेपाल फेस्टिबल हुनेे भएको छ ।
नेपाली भाषा, कला, संस्कृति र परम्परा प्रबर्द्धन गर्दै नेपालमा पर्यटन प्रबर्द्धनको लागि सहयोग गर्ने हेतुले फेस्टिबल हुने भएको हो ।
 मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने लुम्बिनी कपिलवस्तु दिवस अभियानको टोलीले  भेटका क्रममा जोआन र्यानले अस्ट्रेलियन लगायत हरुलाई सो आग्रह गरेकी हुन । भिक्टोरियाको लालोरबाट प्रतिनिधि सभाकी फेडेरल सांसद जोआन र्यानले २०१५ को बिनाशकारी भूकम्पका कारण  प्रभाबित वुद्ध र सगरमाथाको देश नेपाल भ्रमण गर्न अस्ट्रेलियन नागरिकहरुलाई आग्रह गरेकी छिन् ।
नेपालमा बिनासकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले पनि नेपालमा स्कुलहरुको पुनर्निर्माणमा सहयोग गर्दै    बालबालिकाहरुलाई स्कूल फर्कन सहयोग पुर्याएको सांसद जोआनले स्मरण गरिन् ।
 जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गई त्यहाँको पर्यटन प्रबर्द्धनका लागि दीर्घकालिन रुपमा सहयोग गर्न र त्यहाँ लगानीका संभावनाहरुको खोजी गरेर सकारात्मक प्रभाब पार्दै द्धिपक्षीय साझेदारी मजबुत गर्न सकिने बताइन् ।
 नेपाल फेस्टिबलको प्रचार प्रसार गर्ने क्रममा लुम्बिनी कपिलवस्तु दिवस अभियानका बिश्व संयोजक रामकुमार श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो मध्येको एक पाको फेस्टा महोत्सव आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए । भेटघाटमा जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि सहभागी थिए ।