२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

अर्किड बेलबारीद्वारा गरिब तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण

Author Uttari Morang
मंगलबार, मंसिर २५, २०७५
अर्किड बेलबारीद्वारा गरिब तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण

केशु विरही, बेलबारी, माेरङ / विगत लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे संस्था अर्किड बेलबारीले मंगलबार  एक कार्यक्रम गरेर गरीव तथा विपन्न वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेकाे छ ।

बेलबारी नगरपालिका वार्ड नं २ लालभित्तीमा रहेकाे संस्थाकाे कार्यालयमा एक कार्यक्रमकाे अायाेजना गरेर विभिन्न कविर माविमा अध्ययनरत विभिन्न गरीव तथा विपन्न वालवालिकाहरुलाई झाेला तथा स्टेसनरी सामग्रीहरु वितरण गरेकाे हाे ।

साे अवसरमा अर्किड बेलबारीका संयाेजक रेवती तिवारी, वाेर्ड सदश्यहरु कलम लिम्बू, सुनिता तिवारी हुमागाई, शिला पाेख्रेल तथा स्थानीय शिक्षक करण धिमाल लगायतका महानुभावहरुकाे सहभिगता रहेकाे थियाे ।

यसरी अर्किडले बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गर्दा उनीहरुका अभिभावकहरु पनि त्यहाँ सहभागी थिए ।

अर्किड बेलबारी प्रमुख रेवती तिवारीले दिएकाे जानकारी अनुसार अाजकाे कार्यक्रममा स्थानीय कविर माविका विभिन्न ८५ जना गरिव तथा विपन्न बालबालिकाहरुलाई झाेला तथा ष्टेसनरी वितरण गरिएकाे र सुन्दरहरैचा, ईटहरी तथा झापा लगायतका क्षेत्रका वाँकी थप बालिबालिकालाई पनि झाेला तथा ष्टेसनरी सामग्री वितरण गर्ने कार्यक्रम रहेकाे छ ।

लामाे समयदेखि बालबालिकाका क्षेत्रमा काम गर्दै अाएकाे यस संस्थाले पछिल्लाे समयमा अर्किड वाेल्डेक क्लव मार्फत जेष्ठ सदश्यहरुकाे क्षेत्रमा पनि काम गर्न थालेकाे छ ।