२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार

२७ आश्विन २०८३, मंगलबार
Uttari Morang
खबर

आफ्नो तलवभत्ताबाट विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरे जनप्रतिनिधिले

Author Uttari Morang
बुधबार, मंसिर २६, २०७५
आफ्नो तलवभत्ताबाट विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरे जनप्रतिनिधिले

मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्वर २ का जनप्रतिनिधिहरुले आफ्नो तलवभत्ताको रकमबाट सोही वडाको सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गरेका छन् ।

सो विद्यालयको भौतिक सहित शैक्षिक व्यवस्थापनमा जुटेका वडाका जनप्रतिनिधिहरुले आज एक कार्यक्रमकाबीच त्यहाँ अध्ययनरत सवै ५० जना विद्यार्थीलाई एक एक थान स्वीटर प्रदान गरेका हुन् ।

नगरपालिका उपप्रमुख यमुना विष्ट वास्तोलाको प्रमुख आतिथ्यतामा स्वीटर वितरण भएको छ ।

वडाध्यक्ष यामप्रसाद गुरागाई, सदस्य अरुणा राई, अग्नी गुरुङ, सीता भुसाल र पर्शुराम न्यौपानेले १५ हजार रुपैयाँ बराबरको स्वीटर किनेर विद्यालयलाई प्रदान गर्नुभयो । यस अघि उहाँहरुले ५० हजार रुपैयाँ बराबरको भौतिक सामग्री खरिदमा सहयोग गर्नुभएको थियो ।